धरान÷भारतीय राजदुत मन्जिभ सिंह पुरीले नेपाल भारतबीचको जस्तो अद्वितीय सम्बन्ध संसारका अन्य कुनै पनि देशका बीचमा नभएको बताउनुुभएको छ ।
राजदूत पुरीले उक्त कुरा आइतबार धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २५ औं बर्षगाँठ तथा
रजत महोत्सवको अवसरमा बोल्दै बताउनु भएको हो ।
उहाँले भन्नुभयो नेपाल भारत बीचको सम्बन्ध परापूर्वकाल अर्थात भगवानको समयदेखि प्रगाढ रहेको र यो सम्बन्धलाई थप उचाइँमा पु¥याउने काम भावि पुस्ताले समेत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको
रजत महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई गर्भ महसुस भएको छ । प्रतिष्ठान नेपाल भारतको संयुक्त लगानीमा निर्माण भएको अत्यन्तै सफल प्रोजेक्ट हो । यहाँबाट उत्पादन भएका चिकित्सक भारत लगायत संसारका जुनसकै देशमा विक्ने भन्दै
राजदूत पुरीले प्रतिष्ठान सुधारमा अझ धेरै काम गर्नुपर्ने औल्याउनुभयो । प्रतिष्ठानमा आइसियु पाउनु गाह«ो भएको भनाइप्रति संकेत गर्दै पुरीले छोरीका लागि घर खोज्न सहज छ तर आइसियुको सवाल यहाँ मात्र नभएर भारतमा समेत उस्तै भएको बताउनुभयो ।
राजदूत पुरीले भन्नुभयो प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, अनुसन्धानमा महत्पूर्ण भूमिका निर्वाह गरेको, पूर्वी क्षेत्रका बासिन्दाहरुलाई मात्र नभएर भारतको विहार, उत्तर प्रदेश सम्मका विरामीहरुलाई समेत सेवा उपलब्ध गराएको छ । आगामी दिनमा प्रतिष्ठानको थप स्तरोन्नतिका लागि भारत सरकार तयार रहेको समेत प्रष्ट पार्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ पार्न प्रतिष्ठानले समेत अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले भन्नुभयो २५ बर्ष अगाडि जन्मेर विस्तारै बामे सर्दे सर्दै आजको अवस्थामा आइपगेको र अबका दिन काम गर्ने दिन भएको बताउनुभयो । उहाँले भन्नुभयो
प्रारम्भमा ३० जना विद्यार्थी र २५–३० जना विरामीका लागि संरचना तयार गरेको स्मरण गर्दै आज विरामीको चाप थैेग्न सक्ने अवस्थामा नरहेको र प्रत्येक बर्र्ष विभिन्न Ïयाकल्टीमा गरी १६११ जनाले अध्ययन गर्ने अवसर पाएको र हालसम्म ४ हजार १ सय ६१ जना दिक्षित भइसकेको जानकारी दिनुभयो । प्रतिष्ठानले विरामीलाई गुणस्तरीय अस्पताल सेवा प्रदान
गरेकैले विरामीको अत्याधिक चाप बढेको प्रष्ट पार्नुभयो । उपकुलपति रौनियारले भन्नुभयो, प्रतिष्ठानमा धेरै चुनौति छन् । यावत चुनौतिलाई चिर्दै एक ढिक्का भएर अगाडि बढ्नुपर्ने अवस्था छ । उहाँले प्रतिष्ठानलाई जिरो रिफरल सेन्टर बनाउन प्रत्यत्न भइरहेको भन्दै इन्डो नेपालको सफल लार्जेस्ट प्रोजेक्टका रुपमा रहेको बताउनुभयो ।
उपकुलति रौनियारले भन्नुभयो ३ सय ५० बेडबाट शुरु भएको अस्पताल आज ८ सय २० वेडको र ८ वटा सुपर स्पेशियालिटी सेवा दिन सकिएको छ । उहाँले अस्पताल सेवालाई सुधार गर्दे किड्नी, वन, हार्ट, ट्रान्सप्लान्ट गर्ने सपना देखेको समेत बताउनुभयो । हाल
इमरजेन्सी सेवालाई विस्तार गरी ५० शैøया पु¥याउने, चाँडै नै नयाँ अक्सिन प्लाट शुरु गर्ने, ३६ र ४१ औं सिनेट बैठकले प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउन प्रत्यत्न गरेको समेत प्रष्ट पार्नुभयो । उहाँको प्रश्न थियो, प्रतिष्ठानको आर्थिक दायित्व कस्को
हो ? प्रतिष्ठानको आम्दानीको स्रोत विद्यार्थी, अस्पताल हो । यहाँ दुई सय जनालाई एमविविएस पढाउन सक्छौ तर मेडिकल काउन्सिलले कोटा तोकिदिएको छ । आज मेडिकल साइन्समा क्रान्ति आएको छ । हामी सोही अनुरुप अगाडि बढ्नुको विकल्प छैन । उपकुलपति रौनियारले उच्च स्तरीय तलवमान आयोगले सिफारिस गरेको तलब साउनेखि भत्तामा गाभेर दिने समेत बताउनुभयो । प्रतिष्ठानमा
विरामीको चापलाई कम गर्न प्रतिष्ठानको मातहतमा आएको छाताचोकको जग्गामा ओपिडी सेवा सञ्चालन गर्ने, सरकारले लागू गरेको सामाजिक स्वास्थ्य विमा सेवा समेत पूर्ण रुपमा प्रतिष्ठानले लागू गरेको बताउनुभयो । प्रतिष्ठानका पूर्व निर्देशक प्रा.डा सुन्दरमणि दिक्षितले २० बर्ष अगाडि आफूले छाड्दाको प्रतिष्ठन र आहिलेको प्रतिष्ठानमा धेरै परिर्वन आएको भएपनि अझ धेरै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो मलाई आउन त मन थिएन तर अर्को २५ बर्ष म नै रहन्न भन्ने लागेर आएको हुँ भन्दा एकछिन हाँसो गुन्जिएको थियो ।
कार्यक्रममा पूर्व उपकुुलपति प्रा.डा. लोकविक्रम थापा, भारतीय राजदूत मन्जिभ सिंह पुरी, पूर्व रजिष्टार नन्दबहादुर थापा, पूर्व अस्पताल निर्देशक नाराणकुमार लगायतलाई सम्मान गरिएको थियो ।
