धरानमा स्थानीय स्तरबाट लागू औषध नियन्त्रणमा जुटे

धरान/धरान १६ सखुवागाछीलाई लागू औषध प्रयोगकर्ताहरुले लागू औषधको अखडा बनाउन थालेपछि स्थानीय बासिन्दाहरु चिन्तित बन्न थालेका छन् ।
धरानको अन्य स्थानको रुपमा खुल्ला स्थान, प्रहरी प्रशासनको आाखा झट्ट त्यस स्थानमा नपुग्ने भएपछि सााझ र विहान कुलतामा लागेका युवाहरु यस स्थानमा आएर निर्धक्क रुपमा लागू औषध प्रयोग गर्न थालेपछि स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालयसाग सहकार्य गरेर नियन्त्रणको प्रयास थालेका छन् ।
धरान १६ सियोन स्कुलमा इलाका प्रहरी कार्यालय र धरान १६ का स्थानीयहरुबीच यस स्थानलाई युवाहरुले अखडाको रुपमा लिन थालेको भन्दै यसको न्यूनिकरणका लागि छलफल शुरु गरेका हुन् ।
जोर सखुवागाछी सुधार समितिका अध्यक्ष दिलकुमार गिरीले साझ र विहान लागू औषध प्रयोग गर्ने युवाहरुले लागू औषध प्रयोग गर्ने होहल्ला गर्ने क्रम बढेपछि नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयसाग छलफल गरेको बताउनुभयो । उहाले प्रयोगकर्ताका लागि यस स्थान सुरक्षित भएकोले पनि धरान तथा आसपासका कुलतमा फसेका युवाहरु लागू औषध प्रयोगकै लागि आउने गरेको बताउनुभयो । उहाले अब यस क्षेत्रलाई पनि प्रहरी र स्थानीय बासिन्दा मिलेर लागू औषधमुक्त बनाउने योजनामा जुटेको समेत जानकारी दिनुभयो ।
यस्तै लागू औषधको प्रयोगबाट परिवारलाई पर्ने पीर सम्बन्धमा आफूले भोगेको बताउनुहुने प्रहलाद भट्टराईले आफूले जीवनमा भोगेका र दु:ख पाएका घटनालाई आत्मसात गरी युवाहरुलाई कुलतबाट बचाउने आफ्नो अभियानलाई तिब्रता दिएको बताउनुभयो । उहाले आफ्नो अभियानले धेरै ठाउामा सार्थकता पाएको बताउनुहुादै धरानमा पनि यो अभियानमा जुटेर लाग्ने बताउनुभयो ।
यता कार्यक्रमको आयोजना गरेको इलाका प्रहरी कार्यालय धरानले भने धरान लागू औषध प्रयोगकर्ताको डरलाग्दो स्थान बन्दै गएकोप्रति स्थानीय स्तरबाट नै चिन्ता व्यक्त गरेर यसलाई नियन्त्रण गर्न खोज्नु सकारात्मक कार्य भएको बताउदै स्थानीयले धरानलाई लागू औषधमुक्त बनाउन सहयोग गरे सोचेभन्दा चाडो सफलता मिल्ने बताउनुभयो ।
धरानको एकान्त स्थान मानिएको यस स्थानमा  सुरक्षाकर्मीहरुको एकदमै कम उपस्थिति भएको बताउदै अब यसलाई निरन्तसाहित बनाउन प्रहरी समेत  सक्रिय रुपमा लाग्ने बताउनुभयो ।
धरानमा हाल ५ सय भन्दा बढी युवायुवतीहरुले लागू औषध प्रयोग गर्ने
गरेको पाइएको छ । यसमध्ये पनि १५ बर्षदेखि २५ बर्ष ननाघेका अर्थात उच्च शिक्षा हासिल गर्दै गरेका युवायुवतीको संख्या ९० प्रतिशत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया