राजधानी÷जनतासंगको सामिप्यता,बिपद ब्यावस्थापन,उद्दार, पर्यावरण,संस्कृति,रास्ट्रिय अस्मिताको संरक्षणमा समर्पित नेपाली सेनाद्वारा आयोजित नौ उत्कृष्ट लघु चलचित्र प्रतियोगिताको बिबिध बिद्यामा पुरस्कार वितरण गरेको छ ।
नागरिक सम्बन्ध बिस्तार, पर्यावरण,संस्कृतिको संरक्षण,प्राकृतिक प्रकोपमा उद्दार,रास्ट्रिय अस्मिताको जगेर्ना एवं रास्ट्र र रास्ट्रप्रेमप्रती ओतप्रोत नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७४ को पुरस्कार वितरण सम्पन्न भएको हो ।
काठमान्डौको त्रिभुवन आर्मी अफिसर्स क्लब सभामन्डपमा सोमवार नेपाली सेनाले देशका विभिन्न क्षेत्रमा पु¥याउंदै आएको अतुलनिय योगदानलाइ समेटेर चलचित्रकर्मीहरुले तैयार पारेको ९ वटा उत्कृष्ट लघु चलचित्रहरुलाइ मुल्यांकन समितिले प्रतियोगितामा समाबेश गराएका थिए ।
नेपाली सेनाले २०६१साल देखि यस्ता उत्कृष्ट लघु चलचित्रहरुको प्रतियोगिता गराउंदै आएको छ । चलचित्र निर्माणमा४१ वटा स्कृप्ट आए पनि १० वटामा चलचित्र निर्माण भएको र ९ वटामात्र प्रतियोगितामा समाबेश गरिएको मुल्याङ्क बिधिबारे जानकारी दिदै बरिस्ठ अभिनेत्री
गौरी मल्लले जानकारी गराउनु भएको थियो । लघुचलचित्र मुल्याङ्कका लागि चलचित्र क्षेत्रसंग आवद्ध बरिस्ठ लेखक, सम्पादक, निर्देशकहरु सम्मिलित सात सदस्यीय समिति बनाइएकोले मुल्यांकन पारदर्शी र स्वच्छ भएको मल्लले जानकारी दिनु भएको थियो ।
प्रतियोगितामा प्रधुम्न्न मिस्रको ईतिहास निर्माणको यात्रामा,अप्रतियोगी नेपाली सेनाको डकुमेन्ट्री ,सन्जिव पौडेललेको अटुट नाता,दिनेश डिसिको अप्रतियोगी रातो र चन्द्र सूर्य म्युजिक भिडियो,सम्भु सेन थापाको त्याग लगायतका लघु चलचित्र समावेश गरिएका थिए । समाबेश भएका ९ लघु चलचित्र मध्ये अटुट नाता प्रथम,त्याग दोस्रो र इतिहास निर्माणको यात्रा तेस्रो भएका थिए । पहिलो,दोस्रो र तेस्रो भएका लघु चलचित्रहरुलाइ नेपाली सेनाका
महारथी प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एक लाख, एकलाख पचास हजार र दुइलाख नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यसै गरी प्रधान सेनापति क्षेत्रीले ३ जनालाइ कसम, बैशाखी लगायतका लघु चलचित्र निर्माताहरुलाइ सान्त्वना पुरस्कार वापत २५ हजार प्रदान गर्नु भएको थियो । यसैगरी प्रधान सेनापती क्षेत्रीले चलचित्र मुल्यांकन मन्डलका सदस्यहरुलाइ नगद पुरस्कार तथा प्रशंसा पत्रप्रदान गर्नु भएको थियो । चलचित्रमा कतिपय भुमिकामा नेपाली सेनाका अधिकारीहरुको समेत सहभागीता रहेको थियो । उहाँहरुलाइ प्रसंसापत्र र मोमेन्टो प्रदान गरिएको थियो ।कार्यक्रममा बरिस्ठ संचारकर्मी भुसण दहाल, दिनेस डिसि,सुरज सिंह ठकुरीलाइ प्रशंसा पत्र प्रदान गर्नुको साथै सिपाही बार्सिक तथा शिवपुरी जर्नलमा प्रकाशित मध्ये उत्कृष्ट लेख रचनाका लेखकहरुलाइ नगद पुरस्कार ,कदर पत्र तथा शिल्ड प्रदान गरिएको थियो ।
