हावा भन्थे हैन रै छ
हाम्रा पर्धानमन्तरी खप्रओ बालाई सबैले हावा भन्थे । बाको कम्ता खिल्ली उडाएका थे’नन् । खिल्ली उडाउन पनि कम्ता उडाएनन् । अब खप्रओले हावाबाट बिजुली निकाल्ने रे, घर घरमा ग्याँस पाइप पु¥याइदिने रे, पानी जहाज कुदाउने रे, हा…हा…..हा । खप्रओ बाको त्यतिबेला खिल्ली उडाउनसम्म उडायो । अब अहिले आएर खप्रओका सबै कुरा पूरा होलान होलान जस्तो देखियो । पानी जहाज नेपालसम्म आउने करिब करिब टुंगो लाग्या छ यसभन्दा अगाडि नै मनाङ्ग मुस्ताङ्गतिर हावाबाट निकाल्या विजुलीको खप्रओले उद्घभाट नै गरिसक्या छन्, पूर्व पश्चिम रेल अव फिलिली दौडनबाट कुनै प्रतिपक्षेले
रोक्न नसक्ने भएको छ । अब खुट्टामात्र उचालेर बस्नुस् रेल चढ्न भन्थे साँच्चि पो रै’छ । ओली बाले देख्या सपना साँच्चिकै रै’छ । अब सबै कुरा पूरा हुने भएसी’ यहाँका विपक्षेहरुको यतिेबला ओठ तालु मात्र सुक्या छैन विचराहरुको अपानवायु नै बन्द भएको छ । सबैले हावा भन्थे हैन रै’छ ।
सबै धुर्मुस सुन्तली
अहिलेका मन्तरीहरु काम भन्दा बक बक ज्यादा गर्ने खालका देखिएका छन् । हुुन त विचाराहरुले काम गर्नु ? सबै काम धुर्मुस सुन्तलीले गरिहाल्छन् । काम नभएर घरैमा बसेका मन्त्रीलाई श्रीमतिले सोधिछन् भुकम्प पीडितहरुको घर कस्ले बनाउँछ ? मन्त्रीले प्लाट्ट जवाफ दिएछन् धुर्मुस सुन्तलीले । क्रिकेट मैदान कस्ले बनाउँछ त्यो पनि धुर्मुस सुन्तलीले बनाइहाल्छन् नि । अति भएपछि श्रीमतिले भनिछन् भात पस्केको छ खान पनि धुर्मुस सुन्तलीलाई बोलाउँ कि ? त्यसपछि मन्त्री जुरुक्क उठेर भनेछन् भैगो छोडिदेउ मै खान्छ विचरा धुर्मु सुन्तलीलाई कति दुःख दिनु ?
प्रचण्डाउको फिप्टी फिप्टी
नयाँ नयाँ झमेला र लफडा गर्न सिक्नु छ भने प्रचण्डाउलाई थपक्क गुरु माने पुग्छ । नयाँ नयाँ फन्डा, लफडा र झमेलाका लागि प्रचण्डाउसँग कैयौ सुत्रहरु रहेका छन् । कहिले उनी चितौनतिर पुगेर भन्छन् म राजनीतिमा छलाङ्ग पनि मार्न सक्छु । माने चित्त बुझेन भने खप्रओलई द्या समर्थन फिर्ता पनि लिन्छु । चुनाउ लड्दा ६० र ४० को भागबण्डा गरेर चुनाउ लडे र त जन्ताले माउवादीलाई ३० को हैसयितमा झारी दिए । त्यसपछि झलेमालेका अध्येक्षे खप्रओले यही अनुपातमा पार्टी एकीकरण हुने भनेर प्लाक्कै बोलिदए । जन्ताले जुन हैसियत दिए त्यही हैसियत दिन्छु भनेर खप्रओले बोल्या सोह«ैआना जायज छ ।, तर प्रचण्डाउ यतिबेला फिप्टी–फिप्टीको आधारमा मात्र पार्टी एकीकरण हुनुपर्छ भनेर डम्फू बजाउन थाल्या छन् । एउटै थलोमा बसिररहन नसक्ने प्रचण्डाउले भोलि पार्टी फुटाउन ४० प्रतिशत होल्ड चाहिने राम्रोसँग बुझ्या छन् । ४० प्रतिशत नभए पार्टीले मान्यता पाउँदैन संसदीय दलमा माओवादीको अंश २८ प्रतिशतमात्र छ । ४० प्रतिशत पु¥याउन १२ प्रतिशत चोर्नैपर्छ । त्यसैले प्रचण्डाउले फिप्टी फिप्टी भन्या रै’छन् । क्या
चतुर वा †
नियमै नियम
सरकार नियम कानुन बनाउँन बडो माहिर छ । तर बनाएका नियम कानुन कार्यान्वयन गर्न भने सरकार श्राद्धमा बाबुलाई पिण्ड दिन जत्तिकै अप्ठेरो मान्छ । नियम बनायो कानुन बनायो अनि धोति लगाइदियो । ख्याल गब्जबको छैन
सरकार ? अब हेरौ न कहिले सार्वजनिक यातायातको झ्यालबाट बाहिर थुक्न नपाइने नियम बनाउँछ, कहिले हर्न बजाउन नपाइने नियम बनाउँछ, कहिले केटीहरुलाई छुन त परै जाओस् एकोहोरो हेर्नु पनि नहुने नियम बनाउँछ । अहिले जथाभाविको रुट परमिट लिन पाउन नियम बनाएको छ गीत संगीत बजाए
रोयल्टी तिर्नुपर्ने नियम बनाएको छ । ए बाबा हो आजसम्म कुनै नियम लागू भा’छैन अनि नियम मात्र बनाएर फुइøया हुन्छ । साँच्चै नै बजेको गीतको रोयल्टी दिन हो भने नेपालका गीतकार
संगीतकारको जीवन स्तर हवात्तै बढ्ने थियो । टकन टाँक भएर सडकमा
विचाराहरुले हिड्नुपर्ने थिएन । यो नियमचाहिँ अलि कडाइका साथ कार्यान्वयन गर्ने हो कि सरकार ।
जादव किन मौन ?
खै कुन्नि के जाति मन्त्री हुन् ?
विरालाले छाउरा छाउरी जन्माएझै ६÷६ महिनामा नयाँ नयाँ थोपडा भएकाहरु मन्त्री हुन्छन् । नाम याद गरेर साध्यै नहुने । अब हेरौ न मन्त्री मातृका यादव पहिलाको तुलनामा सप्रिएका हुन कि बिग्रिएका हुन् ? पहिला वन मन्त्री हुँदा कर्मचारीहरुको दोहोलै काढेका थिए । भ्याकुरालाई खेदे झै खेदी खेदी लगेर ट्वाइलेटमा थुन्थे, भकुर्थे । जताततै जादवकै नाम चर्चामा रहन्थ्यो । जादव नाम सुन्नासाथ कर्मचारीले सुरुवालमै विताइदिन्थे । तर अहिले उनी मन्तरी हुँदा कुनै काम गर्दैनन् । के भयो कुन्नि ? पहिला पहिला आफै अनुगमनमा दौडन्थे अहिले अनुगमनमा जाने कर्मचारीलाई नि बाटैबाट फिर्ता बोलाउँछन् । जादव माल खानै सप्रिए जस्तो छ । कि कसो हौ ?
गतिविधि अतिवादी
माउवादी केन्द्रबाट प्रचण्डाउको सिफारिसमा घरेलुमन्त्री भएका रामबहादुर थापाले अस्तिका दिन नेकपाका संयोजक नेत्रविक्रम चन्दलाई अतिवादी गतिविधि रोक्न भनेछन् । विप्लवले ग¥या गतिविधि अतिवादी हो रे थापाले भन्या । हिजो तिनै चन्दसँग १० बर्ष अतिवादी गतिविधि थापाले नि ग¥या थे । त्यसबेलाको आफूले गरेको गतिविधिचाहिँ राजनीतिक अनि अहिले विप्लवले गरेको गतिविधिचाहिँ अतिवादी । देख्नेलाई भन्दा सुन्नेलाई लाज भनेको यही हो । आज घरेलु मन्तरी हुँदैमा हिजो आफूले गरेका काम त्यसरी विर्सनु त भएन नि । हुन त सत्तामा गएर सरररर कार चढ्न पाएसी बातै खलास । विगत कस्ले फर्किएर हेरेको छ र ?
छाया“ सरकार
कही नभएको जात्रा हाँडी गाउँमा भनेझै पत्याउने नपत्याउने सबै घट्ना नेपालमै हुँदा रै’छैन । अब हेरौ न घाम सरकारका मुखिया माने पर्धानमन्तरी बडो ठाँटका साथ
भारतको तीनदिने राजकीय भमण
गरेर स्वदेश फर्किए । प्रसन्न मुद्रामा घाम सरकारका मुखिया फर्किए । तर छायाँ सकारका मुखिया माने स्यालबहादुरको अत्तोपत्तो छैन । न खाखाक छ न खुखुक छ । बाख्रे कटले बूढा निलकण्ठतिरै हिड्दै होलान् । नत्र घाम सरकार सँगसँगै भारत जानु पर्दैन ? आफू नगए आफ्ना हनुमान पठाउनु पथ्र्यो । घाम सरकारले के के विगा¥यो, ओराई ग¥यो हेर्नु पर्दैन
थ्यो । आफ्नै संगठन तहस नहस बनायो आफ्नैलाई छिर्के लगायो हिही र हाहा ग¥यो सिधियो । छायाँ सरकार भन्या यस्तै रै’छ ।
अन्तेमा
मुलुकाँ यतिबेला सबैभन्दा बेकामे भन्या प्रदेश सरकार नै भएछ । न काम छ, न दाम छ, न केही गर्नु प¥या छ, मुख्ये मन्त्री भन्यो, सभामुख भन्यो, मन्त्री भन्यो सिद्धियो । प्रदेश सरकार भन्दा त स्थानीय निकायका वडाअध्यक्षेहरु कामकाजी छन् । कमसेकम वडाका बाटाघाटाका खाल्डाखुल्डी पुर्छन, सरसफाइ गर्छन्, वडाबासीका समस्यालाई सुन्छन् । तर प्रदेश सरकार हरिलठ्ठक भएर हिड्या छ । ट्वाइलेटको उद्घाटन गर्न नि पुग्या छ, मेलाको उद्घाटन गर्न पनि पुग्या छ । नीति नियम बनाएर धुँवाधार विकास गर्छौ भनेर फुइँ गाएको छ । क्या हाइ सञ्चो ? अब कसैे आÏना छोराछोरीलाई आर्शीवाद दिँदा प्रदेशको मन्त्री, मुख्ये मन्त्री, सभामुख भएस भनेर आर्शीवाद दिनु राम्रो होला । कि कसो हौ ?
