गोरखा डिपार्टमेन्ट स्टोर शाखा विस्तारसागै गा्रहकरुको लोकप्रिय बन्दै

पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का,
धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
गोरखाको पाँचौ तला पनि उस्तै
गोरखा डिपार्टमेन्ट स्टोरको पााचौ तलाको विशेषता नै बेग्लै छ । नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक कपडाले अभिभावक र बच्च दुवैको मन लोभ्याउाछ । खास गरी भर्खर जन्मिएका बच्चादेखि १५ बर्ष उमेरका बच्चाहरुका कपडा, आकर्षक खेलौना, स्टेशनरीका सामान, स्कुल व्याग आदि खरिद गर्न उक्त तलामा विहानैदेखि ग्राहकको भीड लाग्ने गरेको छ । जाडोका समयमा न्याना लुगा र गर्मीका लागि अत्यन्नै हलुका कपडा छान्नेहरु ताछाडमछाड
गरिरहेका हुन्छन् । झापाको सुरुङ्गा २ बाट आएकी अस्मिता शिवाकोटीले सोमबार झण्डै दुई घण्टा लगाएर दुई जना नानीका लागि कपडा किनेको बताइन् । जुन हेर्‍यो त्यही राम्रो लाग्छ, हल्का र सस्तो समेत भएपछि नकिनी त मनै थामिएन । उनीसागै रहेका पति अर्जुन उप्रेतिले भने श्रीमति लिएर हिाड्नै अप्ठेरो । जे देख्यो त्यही किन्छन् । पतिले यसो भन्दा उनी खित्का छाडेर हाास्दै थिइन् ।
ताजा र स्वादिष्ट खाना नास्ता
गोरखा किचनेको विशेषता
इटहरी/आजभन्दा १५ बर्ष अगाडि अर्थात २०५६ साल असार २ गते बलराम आचार्यको एकल सोच र लगानीबाट शुरुवात भएको गोरखा डिपार्टमेन्ट स्टोर आज पूर्वाञ्चलमामात्र नभएर मुलुक र मुलुक बाहिर समेत ग्राहकहरुका लागि ब्राण्डेड नाम भएको छ ।
डिपार्टमेन्ट स्टोरको छैठौ तलामा दुई बर्ष अगाडि सञ्चालनमा आएको गोरखा किचेनले त्यहाा पुग्ने सबै ग्राहकको आकर्षणको केन्द्र बनेको छ । ग्राहकहरुको आकषाको प्रमुख कारणका सम्बन्धमा सुपर भाइजर खेम खत्रीको आफ्नै अनुभव छ। उहाा भन्नुहुन्छ ग्राहकले चाहे अनुसारको हरेक आइटमका नास्ता, खाना उपलब्ध हुन्ु हो । ताजा र विसुद्ध खाजा नास्तकै लागि विहान खुलेदेखि बेलुकासम्म भीडभाड हुन्े गरेको छ । डिपार्टमेन्ट स्टोरको छैठौ तलामा सञ्चालित गोरखा किचेन प्रतिकूल वातावरण अर्थात गर्मीमा ठन्डा र जाडोमा न्यानो भएका कारण पनि ग्राहकको चाप बढेको मेनेजर खत्रीको अनुभव छ । भेटघाटको समेत माध्यम बनेको किेचनमा ग्राहककै चापका कारण कार्यरत कर्मचारीहरुलाई भ्याइ नभ्याई हुन्े गरेको छ ।
मानवीय स्वास्थ्यमा सचेत किचेनका कर्मचारीहरु ग्राहकलाई नि:शुल्क मिनरल वाटर नै दिन्छन् । म्यानेर खत्री भन्नुहुन्छ, हामी ग्राहककको स्वास्थ्यप्रति सम्बेदनशील छौं । कुनैपनि खानेकुराहरु बासी हुादैनन्, ग्राहकले अर्डर गरेपछि मात्र खानेकुरा तयार गरिन्छ, चौबीसै घण्टा सरसफाई, मेशिनबाट तातो वाफले भााडाकुाडा सफाई गरेपछि त्यसलाई सफा कपडाले पुछेर मात्र प्रयोग गरिने भएकोले सफाइमा कसैले गुनासो गर्न सक्दैनन् । किचेनबाट उत्तरमा भेडेटारलगायतका पहाडी दृश्य, दक्षिणका रमाइला घना बस्ती र तराईका फााटले ग्राहकको मनै लोभ्याउने गर्छ । किनेचनमा छुट्टीको समयमा परिवारका साथमा खाना नास्ताका लागि आउने परिवार पनि प्रसस्त भेटिन्छन् । भारतको विहार, पश्चिम बंगाल, विराटनगर, धरानबाट परिवारै सहित छुट्टीका दिन पुग्ने कर्मचारी तथा अन्य सर्वसाधारण बढो रुचीका साथ खाना नास्ता लिइरहेका हुन्छन् । अर्डर बमोजिम विभिन्न देशका परिकार पाइने भएकोले पनि भीड बढेको हुन् सक्छ, म्यानेजर खत्री भन्नुहुन्छ ।
दैनिक हजारौ ग्राहकको भीड
गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा दैनिक यतिबेला दैनिक हजारौ ग्राहकहरु कुनै न कुनै समान खरिदका लागि आउने गर्छन् । मोरङ्गको विराटचौकमा समेत ग्राहकको भीड बढेको सञ्चालनको जिम्मेवारी पाउनु भएका धर्मराज आचार्य बताउनुहुन्छ । दैनिक उपभोग्य सामान, इलेक्ट्रोनिक्स ब्राण्डेड सामान, बच्चाहरुको आकर्षक कपडा, जुत्ता चप्पल, रेडिमेट कपडाहरु, फ्रोजन आइटमहरु, फलफूल, आफैले उत्पादन गरेका च्याउ लगायत लाखौ प्रकारका सामानहरुले ग्राहकहरुलाई लोभ्याउने गरेको छ । डिपार्टमेन्ट स्टोरमा पूर्वाञ्चलका मात्र नभएर भारतको विहार, सिक्किम, आसाम, दार्जिलिङ्ग लगायतका स्थानबाट ग्राहकहरु आउने गरेको सञ्चालक बलराम आचार्य बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया