श्रमसँस्कृतिले धरानको विकास योजनामा पारेको प्रभाव

गोविन्द बस्नेत धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपनाम समेत थपेको छ । त्यो हो जनसहभागिताको सहर, श्रम सँस्कृतिको नमूना शहर । श्रमदान र जनसहभागिता धरानको पहिचान बनेको छ । धरानको इतिहास विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको मानिन्छ । विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो...

ज्येष्ठ नागरिकलाई भ्रमणमा लगियो

धरान । स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको हुन्छ । सोही बजेटबाट लक्षित वर्ग, समुदाय र जातिको उत्थानका लागि सदुपयोग गर्ने गर्छ । यसै क्रममा धरान उपमहानगरपालिका ३ नं. वडा समितिले ज्येष्ठ नागरिक लक्षित बजेटबाट वडाका ७० जना ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । धरान उपमहानगरपालिका ३ नं. वडा समितिले धार्मिक क्षेत्रको पहिचानसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप छुट्याएका...

नेपाल भारत सीमा सिल

इनरुवा । छिमेकी राष्ट्र  भारतमा हिजो भएको तेस्रो चरणको लोकसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले राति १२ बजे सम्मको लागि नेपाल भारत सीमा सिल गरेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले वैसाख २१ गते नै एक सूचना प्रकाशित गरी २३ गते साँझ ६ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि जिल्ला स्थित नेपाल–भारत सीमा नाकाहरु बन्द रहने जानकारी...

आमा छोराको जलेर मृत्यु

ओखलढुंगा । ओखलढुंगामा एकै घर परिवारका आमा छोराको सोमबार जलेर मृत्यु भएको छ । ओखलढुगाको सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका आमा छोराको जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सोमबार ्रअपरान्ह हरिबोले बसाह सामुदायिक वनमा लागेको डढेलो घर नजिकको खरघारीमा फैलिएको थियो । घर नजिक बस्तु भाउका लागि कुन्यु बनाएर राखिएको खर जोगाउने प्रयास गर्दा ५५...

फिनिसिङ्ग गुड्स र कच्चा पदार्थको एउटै भन्सार दरले नेपाली उद्योगहरु धरासायी

सरकारको गलत नीति अर्थात निर्यातलाई हतोत्साहित गरी आयातलाई बढावा दिएका कारण नेपाली उद्योगहरु एकपछि अर्को गरि बन्द हुँदै गएका छन् । कतिपय रुग्ण अवस्थामा पुगेका छन् भने कतिपय भने बन्द हुने अवस्थामा पुगेका छन् । आयात गरिने फिनिसिङ्ग गुड्स र नेपाली उद्योगका लागि चाहिन कच्चा पदार्थ आयातमा सरकारले समान भन्सार शुल्क कायम गरिनु नै नेपाली उद्योग बन्दको प्रमुख कारण मान्नुहुन्छ धरान...

धारामा पानी नआएपछि सर्वसाधारणले नगरपालिका गरे घेराउ

धरान, धरानमा अहिले खानेपानीको चरम अभाव छ । खानेपानी जोहोका लागि धरानेहरुका लागि टाउको दुखाइको विषय बनेको । विगत १५ दिन भन्दा अगाडिदेखि धरानका सर्वसाधारणले राम्ररी खानेपानी पाएका छ्रैनन् । चरम अभावका बाबजुद धरान उपमहानगरपालिकाले ट्यांकरमार्फत पानी वितरण गरेपनि पर्याप्त छैन । खानोपानीको चरम अभावबाट आजित बनेका धरानेहरुले आज धरानका मेयर हर्कराज राईको कार्यकक्षमा नै घेराउ गरेका छन् । दैनिक...

पिण्डेश्वर मन्दिर प्रांगरणमा बाटिका निर्माण गरिने

धरान, धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अगाडि बाटिका निर्माण हुने भएको छ । पिण्डेश्वर मन्दिर अगाडि सडक छेउमा सर्वसाधारणको फोहोर फाल्ने स्थानको रुपमा प्रयोग हुदै आएको थियो । सो स्थानमा बाटिका निर्माण गरिने भएको हो । लाइन्स क्लब धरानले सो स्थानमा बाटिका निर्माण गर्ने भएको हो । स्थानीय सरकारको सहयोगमा क्लबले फोहोर फाल्ने दुर्गन्धित स्थानमा रमणीय पार्कसहितको वाटिका निर्माण...

सँस्कृतिलाई जीवन्ता दिन करुवामार्फत पानी वितरण

धरान । सुनसरीको चतरामा सञ्चालन भएको पूर्ण पिण्डेश्वर कुम्भ मेलामा सहभागी हुनेहरुलाई लक्षित गरी नेवार एकता समाज धरानले निःशुल्क खानेपानी वितरण गरेको छ । भक्तजनको सुविधाको लागि चतरामै पुगेर अन्य संघ संस्थले पानी वितरण गरिरहेको बेला समाजले भने पिण्डेश्वर मन्दिरमा जल चढाउन आउनेलाई लक्षित गरी धरान १४ पिण्डेश्वर मन्दिर प्रांगरणमा पानी वितरण गरेको हो ।  नेवारी जातिलाई एकताबद्ध बनाउदै सामाजिक...

काँग्रेसद्वारा निःशुल्क स्वास्थ्य सेवा

धरान । सुनसरीको चतरामा पूर्ण पिण्डेश्र कुम्भ मेला सञ्चालन भएदेखि नै विभिन्न सामाजिक, धार्मिक संघ संस्थासँगै राजनीतिक दलहरु समेत सक्रिय बन्दै गएका छन् । कतिपय समाजिक तथा धार्मिक संघ संस्थाले मेलामा आउने भक्तजनहरुको सहजतालाई मध्यनगर गरी निःशुल्क खानेपानी वितरण गर्दै आएको छ भने कतिपयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेका छन् । यसै क्रममा नेपाली काँग्रेस क्षेत्रीय समितिले समेत कुम्भ...

रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको समापन

विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको तत्वावधानमा गत फागुन ११ गते देखि संचालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको तालिम समापन भएको छ ।  कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका...