विद्यालय भर्नामा संघीय सरकारको निर्णयले अभिभावक र विद्यालय सञ्चालक तनावमा

धरान । संघीय सरकारले संस्थागत विद्यालयहरूलाई विद्यार्थी भर्ना वैसाख १५ गतेदेखि मात्र गर्न निर्देशन दिएपछि अभिभावक र विद्यालय सञ्चालकहरू तनावमा देखिएका छन् । यद्यपि, कोशी प्रदेशका अधिकांश जिल्लाका स्थानीय निकायका शिक्षा महाशाखाले केन्द्रको निर्णयको अवज्ञा गर्दै वैसाख १ गतेबाटै विद्यार्थी भर्नाका लागि निर्देशन दिएसँगै कार्यान्वयनमा आएको छ भने प्रदेशका ठूला सहरहरू धरान, विराटनगर, बिर्तामोड, दमक, इटहरी लगायतका स्थानमा भर्ना अभियान...

मातातीर्थ औशीमा आमाहरुलाई सम्मान

धरान । ज्येष्ठ नागरिक समाजका अभिन्न अंग हुन् । उहाँहरुबाट समाजले धेरै कुरा सिक्न सक्छ । त्यसमा पनि ‘आमा’ को भूमिका सन्तानका लागि महत्वपूर्ण हुन्छ । यसलाई मध्यनजर गरी क्लोथ फाउन्डेशन धरानले समाजले भुल्नै नहुने आमालाई सम्मान गर्ने उद्देश्यले सम्मान गरेको छ । क्लोथ फाउन्डेशन धरानले जेष्ठ नागरिक तथा अपांगता र विपन्नता भएका व्यक्तिहरूका लागि विगतदेखि नै केही न केही...

बेलका नगरपालिकाद्वारा पर्यटनका दीर्घकालीन योजना सार्वजनिक

उदयपुर । उदयपुरको बेलका नगर क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित उदयपुर विकास समितिले ‘कोशी रिभर पार्क’देखि ‘पर्यटन विश्वविद्यालय स्थापना’सम्मका दीर्घकालीन योजना सार्वजनिक गरेको छ । बेलका पर्यटन महोत्सवको समापन कार्यक्रममा आइतबार प्रस्तुत गरिएको उक्त योजनामा छोटो, मध्यम र दीर्घकालीन रणनीति समेटिएको छ । समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका पूर्वप्रमुख वलदेव चौधरीले बेलकाको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई...

वीपी प्रतिष्ठान र आविष्कार केन्द्रबीच सहकार्य

धरान । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको राष्ट्रिय आविष्कार केन्द्र बीच स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारीपत्र Mou मा हस्ताक्षर भएको छ । २०८३ वैशाख २ गते (१५ अप्रिल, २०२६) काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद र आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक संजय...

लागूऔषधसहित दुई पक्राउ

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन क्षेत्रअन्तर्गत पकली–चतरा सडक खण्डमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उदयपुर चौदण्डीगढी–६ का २६ वर्षीय राज राई र पछाडि सवार २७ वर्षीय खुसे राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका...

इटहरीमा लागूऔषधसहित युवक पक्राउ

सुनसरीको इटहरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । गत वैशाख १ गते बिहान करिब ८ बजे इटहरी उपमहानगरपालिका–६ धरान स्टेण्ड क्षेत्रमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी चेकिङ टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका भोजपुर नगरपालिका–७ निवासी २१ वर्षीय युजिन श्रेष्ठलाई जाँच गरेको थियो । जाँचका क्रममा उनको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८० क्याप्सुल,...

पूर्वमा सवारी दुर्घटनामा वृद्धि

धरान । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा एकै दिन भएका सवारी दुर्घटनाहरूमा कम्तीमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । अधिकांश दुर्घटनामा मोटरसाइकल (मोसा) संलग्न रहेका छन् भने तिव्रगति, चालकको लापरबाही र पैदलयात्रीको असावधानी प्रमुख कारणका रूपमा देखिएका छन् । सुनसरी जिल्लामा मात्रै धेरै दुर्घटना भएका छन् । बर्जु गाउँपालिका–५ स्थित हुलाकी राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा ७२ वर्षीया धनमाया खड्का सामान्य...

युवालाई स्वरोजगार बनाउन मोवाइल मर्मत तालिम

धरान । धरानमा युवाहरूलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्ने उद्देश्यसहित स्वरोजगारमूलक तालिम कार्यक्रमहरू विस्तार हुँदै गइरहेका छन् । यही क्रमलाई थप मजबुत बनाउँदै धरान उपमहानगरपालिकाको समन्वयमा सिटिइभिटीको पाठ्यक्रममा आधारित ३९० घण्टे मोबाइल मर्मत तालिमको उदघाटन भव्य रूपमा सम्पन्न भएको छ । धरानस्थित भान्जा मोबाइल मर्मत केन्द्रमा आयोजित उक्त कार्यक्रम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सञ्चालन भएको हो ।...

धरान सांस्कृतिक र भौगोलिक दृष्टिले वैभव छ–अभियन्ता वीरेन्द्रसिंह थापा

धरान । सामाजिक अभियन्ता तथा शारा फाउन्डेशनका अध्यक्ष वीरेन्द्रसिंह थापाले धरान सांस्कृतिक र भौगोलिक दृष्टिले वैभव रहेको बताउनुभएको छ । धरान उपमहानगरपालिकाको समग्र विकास र उत्थानको लक्ष्य लिएर एक वर्ष अगाडि धरानका विभिन्न क्षेत्रका प्रबुद्ध वर्गहरूको सक्रियतामा गठन भएको धरान विचार मञ्चद्वारा सोमबार यहाँ आयोजित २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रममा धरानको समग्र समस्याहरूको एकीकृत समाधानका लागि कार्यपत्र प्रस्तुत गर्दै...

प्रक्रियागत रुपमा सञ्चालनमा आएका ग्रिल उद्योगी मारमा

धरान । व्यवसायिक प्रक्रिया पूरा गरेर सञ्चालन भएका ग्रिल उद्योगहरू अनाधिकृत रूपमा प्रक्रिया पूरा नगरी जथाभावी सञ्चालन भइरहेका व्यवसायीका कारण आफूहरूको व्यवसाय नै धरापमा परेको गुनासो ग्रिल व्यवसायीहरूले गरेका छन् । उनीहरूले सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नवौँ अधिवेशनमा राज्यले समेत यस्ता अवैध व्यवसायीहरूलाई नियन्त्रण गर्न नसक्दा समस्या भोग्नु परेको बताएका हुन् । आयोजित सभालाई सम्बोधन गर्दै ग्रिल तथा...