भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्क कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासले आगामी महिना आयोजना हुन लागेको भारत–नपाल स्टार्टअप पार्टनरसीप नेटवर्क (In-Span) को पहिलो कार्यक्रम सम्बन्धी कार्तिक १८ गते मंगलबार अभिमुखीकरण सत्र सम्पन्न गरेको छ । भारत र नेपालका स्टार्टअप इकोनोमिस्टहरु बीचको अन्तरक्रियालाई प्रभावकारी र व्यापक बनाउने उद्देश्यका साथ आयोजना गरिने पहिलो पटकको In-Span कार्यक्रम मंसिर तेस्रो साता आइआइटी मद्रासमा शुरु हुने कार्यक्रम रहेको छ । उक्त...

एशियन मापदण्डमा निर्माण भइरहेको का“कडभिट्टा लविपुर सडकको २५ प्रतिशत काम सम्पन्न

धरान । दुई बर्ष अगाडिदेखि एशियन मापदण्डमा निर्माण भइरहेको पूर्व पश्चिम महेन्द्र राजमार्गको काँकडभिट्टा लविपुर सडकको काम हालसम्म २५ प्रतिशत पूरा भएको छ । निर्माणाधीन ६ लेनको सडक सञ्जालले एशियाली राष्ट्रहरुलाई जोड्ने उद्देश्यले राखिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा तीन बर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको काँकडभट्टा–लौकही (हाल इटहरीको लविपुरसम्म) सडकको हालसम्मको समग्र भौतिक प्रगति २५ प्रतिशतमात्र पूरा...

अब अनलाइन सूचिकरण नहुने

काठमाण्डौ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमका रुपमा सञ्चालन हुँदै आएको अनलाइन सञ्चारमाध्यमलाई अब सूचिकरण नगर्ने जनाएको छ । काउन्सिलले आइतबार एक सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्दै जाने उद्देश्यका साथ २०७० साउन १६ गते सार्वजनिक सूचना प्रकाशित गरी अनलाइन सूचिकरण प्रारम्भ गरेको थियो । नेपाल सरकारले २०७३ चैत्र ७ गतेबाट लागू हुने गरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दशिका २०७३ जारी...

भारत र नेपालबीच ऊर्जा सहकार्य सुदृढ : भारतको पावर ग्रिड र नेपालको प्राधिकरणबीच हस्ताक्षर

पिआइवी (नयाँदिल्ली) । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङको कार्तिक १३ गते भएको भारत भ्रमणका क्रममा भारत र नेपालबीच ऊर्जा सहकार्यलाई सदुढ गर्ने सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । पिआइवी दिल्लीद्वारा कार्तिक १३ गते जारी विज्ञप्तीका अनुसार मन्त्री घिसिङ र भारतका केन्द्रीय ऊर्जा तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल बीच भएको भेटवार्ता पश्चात नेपालको इनरुवा–भारतको पूर्णियाबीच ४...

भारत नेपाल स्टार्टअप साझेदारी नेटवर्कद्वारा आवेदन माग

धरान । नयाँ स्टार्टअप प्लेट फर्म, In-span द्वारा नेपाल र भारतको जीवन्त स्टार्टअप इको स्टिमलाई जोड्ने नविन सीमापार पहलमा भाग लिन परिवर्तनकारी विचार भएका नेपाली उद्यमीहरुबाट आवेदन माग गरेको छ । In-span मा आइटी म्रदासमा ८ हप्ताको पूर्ण वित्त पोषित तालिम र नव प्रवर्तन कार्यक्रम रहेको छ । जुन आइटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुनेछ । आइटी म्रदास प्रवर्तक...

संविधान विपरीत गठन भएको वर्तमान सरकारले आन्दोलन घोषणा गर्नेलाई वार्तामा बोलायो जनअपेक्षा विपरीत एनजिओ र आइएनजिओ कठपुतली भन्दै विभिन्न समूहले आन्दोलन गर्दै

धरान । वर्तमान सरकारका भ्रष्टहरूलाई कारबाही, उनीहरूको सम्पत्ति जफत, सुशासन, प्रदेशसभा खारेज, राष्ट्रिय सभा विघटन, वर्तमान संविधान निलम्बन गरी अन्तरिम संविधान घोषणा लगायतका माग जेनजी आन्दोलन पश्चात गठन भएको अन्तरिम सरकारले सम्बोधन गर्न नसकेपछि विभिन्न समूहहरूले आन्दोलनको घोषणा गरेका छन् । जनअपेक्षा विपरीत एनजिओ र आइएनजिओको निर्देशन र हस्तक्षेपमा अन्तरिम सरकार उनीहरूकै कठपुतली भएको, भ्रष्टहरूलाई सुरक्षा दिएर संरक्षण गरेको आरोप...

भारत सरकारद्वारा नेपालका शिक्षण संस्थाहरुलाई एकै पटक ८१ स्कुल बसहरु प्रदान

धरान । नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, जलविद्युत्, सडक लगायतका भौतिक पूर्वाधारमा अनुदान सहयोग गर्दै आएको भारत सरकारले भर्खरै नेपालका शिक्षण संस्थाहरुलाई एकैपटक ८१ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरेको छ । कार्तिक ५ गते नेपाल–भारत विकास साझेदारी अन्तर्गत भारत सरकारले ती ८१ वटा बसहरू उपहारस्वरूप हस्तान्तरण गरेको हो । नेपाल र भारतबीचको दशकौँदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै नेपालका...

भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा स्वतन्त्र तिब्बत मोभमेन्ट देखिएपछि चिनियाँ सतर्कता उत्तरका १५ जिल्लामा १८ सीमा नाकाहरुमा चिनिया“ जनमुक्ति सेनाले निगरानी बढायो

संखुवासभा (किमाथांका) । नेपालको राजनीतमा चरम भ्रष्टाचार, विकृति, विसंगति, दण्डहीनता विरुद्ध जनेजी युवाहरुले स्वस्फूर्त रुपमा भाद्र २३ र २४ गते गरेको देशव्यापी आन्दोलनका क्रममा काठमाण्डौमा स्वतन्त्र तिब्बत मोभमेन्ट देखिएपछि चीनले उच्च शतर्कता अपनाएको छ । चीनसँग सीमा जोडिएका नेपालका उत्तरका १५ जिल्लामा रहेका १८ वटा सीमा नाकाहरुमा चिनियाँ जनमुक्ति सेनाले एकाएक निगरानी बढाएको हो । जेनजी मोभमेन्टका क्रममा फ्रि तिब्बत...

भ्रष्ट खड्का विदेश पलायन

धरान । नेपाली काँग्रेस संखुवासभाका नेता तथा निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का जेनजी आन्दोलन पश्चात् विदेश पलायन भएका छन् । जेनजी आन्दोलन पश्चात् नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अन्तरिम मन्त्री मण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नु र निजको बुढानिलकण्ठस्थित घरमा आन्दोलनका क्रममा अकूत रकम भेटिएपछि भूमिगत जस्तै भएका खड्का परिवारसहित विदेश पलायन भएको...

फेरि विद्रोहमा जान बाध्य पारिदैँछ : जेनजी एलाइन्स फोर मोनार्की

धरान । जेनजी एलाइन्स फोर मोनार्कीले वर्तमान अन्तरिम सरकारको कार्यशैलीले आफूहरूलाई फेरि विद्रोहमा जान बाध्य पारिएको जनाएको छ । जेनजी एलाइन्स फोर मोनार्कीले शनिवार राष्ट्रपति, प्रधानमन्त्री, सञ्चारमाध्यम, दलहरू, ओपिनियन लिडरहरूको नाममा सचेतना अपिल जारी गर्दै त्यस्तो चेतावनी दिएको हो । जेनजी एलाइन्स फोर मोनार्कीका प्रवक्ता सनातन रिजालद्वारा हस्ताक्षरित अपिलमा जेनजी पुस्ताले जुन उद्देश्य र भावनाका साथ आन्दोलन गरेका थिए, वर्तमान...