काँग्रेसबाट आउट गर्ने रे
लाउरेसका बाख्रे साहेबले अस्तिका दिन बडो गज्जबको निर्णय गरेछन् । बोल्नमा केपी ओली गोता गा’का बाख्रेले जेठ २१ गतेसम्म क्रियाशील सदस्य नविकरण नगरे लाउरेसबाटै आउट गर्दिने रे । गज्जब छैन त निर्णय ? संसद छिर्न औकात समेत नभएका, ताइ न तुइको हावादारी गफ दिएर काँग्रेसको हुर्मतै लिएका छन् । जरा, फेद, टुप्पो खै के जाति हो कुन्नि...
गनगने चुपचाप नबस्ने रे
खप्रओपछि सबैभन्दा बढी झुट बोल्ने, हावा गफ दिने लाउरेसका विशेष सभापति गनगने थापा अब चुप नबस्ने रे । प्रधानमन्त्री बालेन साहले तिनका झोले उत्पादन गर्ने विद्यार्थी संगठन, मजदुर संगठन, शिक्षक संगठन, कर्मचारी संगठन, प्राध्यापक संगठनहरू सबै क्लिनस्विप गरेदेखि गनगनेको दिमागले काम गर्न छाड्या छ । गफमा आकाश पाताल जोड्ने कला भएका गनगनेले चिच्याए पनि चुप बसे पनि...
हुत्याइदिनुपर्छ
सुस्ला आमैले अस्तिका दिन कडै दिइछन् । सरकारले ल्याएको अध्यादेशमा राष्ट्रपति कागती बाजेले हलो अड्काइदिए पदबाटै हुत्याइदिनुपर्छ भनिछन् । बहुत ठीक भनिन् आमैले । झालेमाले, लाउरेस र खाउवादीले कागते बाजेलाई सडकबाट उठाएर शीतल निवासमा छिराएथे । बाजेले उनीहरूका गुण पनि चटक्कै बिर्सनु भएन । अबरदार सरकारले ल्याएका अध्यादेश पारित गर्लास् भनेर चेतावनी दिइराख्या छन् । बडो द्विविधामा पर्या छन् बाजे...
फेरि ६५ को झैँ वहुमत ल्याउछौं
हिजोआज प्रचण्डले ४० को दशकमा बनेका मुंगेरिलालको हँसिन सपना झैँ सपनाझैँ सपना देख्न थालेका छन् । मुंगेरिलाल दिउँसै सपना देख्थे । टक–टाँक तन्नम मुंगेरिलाल अलिसान महलको मालिक भएका, अगाडि पछाडि नोकरचाकरहरू दौडिएको, गाडी घोडाको लस्कर लागेको, सबैले सम्मान गरेको सपना देख्दा देख्दै श्रीमतीको झापु खाएपछि झसङ्ग भएर ब्युँझँदा आफूलाई झोपडी र फाटेको लुगामा पाउँथे ।...
जाबो आइफोन दिँदा ल्याङ्ग
पर्धानमन्तरी बालेन साहले आफ्ना मन्तरीहरुलाई आइफोन दियो भनेर एकथरिले ल्याङ गरेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । जाबो आइफोन दिँदैमा किन ल्याङ ल्याङ ग¥या होलान् ? हिजो खप्रओले ल्यापटपकै बाँड्या थे, स्यालबहादुर काजीले पजेरो नै बाँड्या थे, प्रचण्डाउले भरिया लगाएर सुन ओसारेर किलोका किलो बाँड्या थिए, माकुनेले ललिता निवासको जग्गै बाँड्या थिए । बाँड्ने र दिने चलन...
बाख्रे हार्नुको कारण पत्ता लाग्यो
आफन्ै घर ध्वस्त बनँएर खरानी ताप्दै गरेको लाउरेसका सभापति बाख्रे थापा हार्नुको कारण पत्ता लाग्यो रे । चुनाउ सिद्धिएपनि डेढ महिनापछि चुनाव लड्ने लुर समेत नभाका आच्या बाख्रेका पवक्ता समेत रहेका मुसुे शर्माले गहन अध्ययन, अनुसन्धान पछि यो कुरा पत्ता लगाएछन् । बाख्रे थापाले चुनाव हार्नुको मुख्य कारण सिंगापुरमा राजानीको उपचार गराएर बसेका ल्यापल्यापे काजी र...
देश दुर्घटनामा जान्छ रे
झालेमालेका अध्येक्षे खप्रश्रओ र लाउरेसका विश्व विख्यात राइटरलाई सरकारले घण्टी हल्लाएर अँठएसी फुलेर गदगद भा’का प्रचण्डाउको यतिबेला बर्बराहट शुरु भा’छ । सम्प िसुद्धीकरणमा प्रचण्डाउ, तिनका छोरी ज्वाई, नातिनीको लिष्ट तयार भएसी’ उनको अपानवायु बन्द भएको हो । खप्रओ र राइटर पक्राउ पर्दा खुशीले गदगदव भएर जुँगामा ताउ लगाउँद ै माने उनीहरु पक्राउ पर्नु स्वभाविक भएको भन्दै उफ्रेका...
खप्रओको अपानवायु बन्द
घरेलु मन्तरीले झालेमालेका अध्येक्षे खप्रओको अपानवायु नै बन्द गर्देछन् । हुन त नयाँ जोगीले खरानी ज्यादा घस्छ भन्ने हो कि क्या हो ? ताइफाइ गर्ने हाम्रा घरेलु मन्तरी सुदन गुरुङले पर्धानमन्तरी भैसक्या खप्रओलाई क¥यापझ्याप पारेछन् । थुतुनो बझानमा ख्याति आर्जन ग¥या खप्रओलाई क¥यापझ्याप पारेसी’ झालेमालेका ठेट्नाहरु रन्थनिएका छन् । गुण्डुको गुण्डाकाजीले त आन्दोलनको घोषकै ग¥या छन् । दुई...
किन खप्पर दुखाएको होला
आÏनो ह्याउ नभएसी’ अर्काको कुरा काटेर गदगद हुने त कोदेहरुको स्वभावै हो । अब हेरम न अस्तिका दिन नेपालको सबैभन्दा ठूलो पार्टी घण्टेहरुले पाँचतारे होटलमा बसेर छलफल गरेछन् । घण्टेहरुले पाँचतारे होटलमा बसेर छलफल गरेपछि अरु झोले झ्याम्टेहरुलाई त्यसै त्यसै भाउन्न भएर आएछ । सुशासनको पाठ सिकाउनेले पाँचतारे होटलमा बसेर सादगीको गीत सुनाएछन् भन्दै उत्पादत मच्चाएका छन्...
बाख्रै साहेव ब्याक भए रे
सर्लाहीमा घण्टीले बाह्र बजाएर लखेटेसी लाउरेसका अल्पकालीन सभापति बाख्रे साहेवले राजीनामा दिम कि नदिम भनेर सामाजिक सञ्जाल ट्रायल गरे । सामाजिक सञ्जालमा आफ्ना नन्दीभृंगीहरुको ठूलो संख्या परिचालन गरेर दिनुहुँदैन भन्ने रिप्लाई गर्न लगाए । तुरुन्तै राजीनामा दिनुपर्छ भन्नेहरुको थुतुनो थुन्न तथानाम गालीको बर्षा गर्न लगाए । जाबो एउटा अमरेन्द्र कुमार सिंहसँग पाहा पछारिए झै पछारिएका बाख्रे...