धरान । एक दशक अगाडि आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा वीरेन्द्रसिंह थापाद्वारा गठन गरिएको शारा थापा स्मृति प्रतिष्ठानको आयोजनामा धरानमा मावि स्तरीय वृहत् निबन्ध प्रतियोगिता आयोजना हुने भएको छ । ‘हाम्रो धरान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ आयोजना हुने निबन्ध प्रतियोगितामा निबन्धकारहरूले धरानको सांस्कृतिक तथा शैक्षिक उन्नयनका सम्बन्धमा आफ्ना विचार र सिर्जनशीलताहरू प्रस्तुत गर्नुपर्ने सीमा निर्धारण गरिएको छ । आयोजक...
विराटनगर । विराटनगरमा राष्ट्रव्यापी कविता प्रतियोगितासँगै नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पु¥याउनुहुने स्रष्टाहरुलाई सम्मान गरिएको छ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.ले शनिवार आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा नेपाली साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै धरानका प्रा.डा. टंक न्यौपाने, इटहरीका प्रा. बद्री विशाल पोख्रेल र बसुन्धरा झालाई सम्मान गरेको हो । चार दर्जनभन्दा बढी कवि तथा कवयित्रीहरुको सहभागिता रहेको...
खोटाङ । कवि, साहित्यकार एवम् शिक्षासेवी विष्णुभक्त राई उर्फ साहित्यिक उपनाम विभरा किराँतीको चौथो कविता संग्रह आदिम फूलको लोकार्पण भएसँगै बजारमा आएको छ ।
खोटाङ जिल्लाको बुइपामा जन्मनु भएका राईको बाल्यकाल भञ्ज्याङ, रावाखोलाको मनमोहन बेँसी, लामिडाँडा, सुनकोशीको किनारको माझी बस्ती, हलेसीकै सेरोफेरोको प्राकृतिक सौन्दर्यका बीचमा बितेको थियो । गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा पश्चात् उच्च शिक्षाका लागि राजधानी हानिनुभएका राईलाई खोटाङको बाल्यकालका...
धनकुटा । चार दशक अगाडि आफ्नो जन्मथलो धनकुटा छाडेर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आउनु भएका बरिष्ठ साहित्यकार अशेष मल्लको उपस्थितिमा धनकुटाको तल्लो कोप्चेमा गत बिहीबार कवि गोष्ठी तथा साहित्यिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
केही दिनका लागि काठमाण्डौंबाट धनकुटा आउनु भएका मल्लसँगै अर्का बरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाको समेत कार्यक्रममा भएको उपस्थितिले थप रौनकता थपेको थियो ।
आफ्नै परिवेश, बाल्यकालका सुमधुर स्मरणहरू,...
उदयपुर । उदयपुरका वरिष्ठ पत्रकार, लेखक एवम् इतिहासकार कौशल चेम्जोङद्वारा लिखित नेपालको इतिहासमा उदयपुर नामक कृतिको शुक्रबार विमोचन भएको छ । नेपालको इतिहासमा खास गरेर वि.सं. १९०० देखि २००७ सालसम्मका घटनाक्रमलाई समेटिएको छ । बोलीमा ठट्ट्यौलीपन भएपनि ऐतिहासिक दस्तावेजहरूको गहन अध्ययन गर्दै आउनुभएका चेम्जोङले आफ्नो पछिल्लो पुस्तक नेपालको इतिहासमा उदयपुरमा १७ वर्ष अवधिका ऐतिहासिक दस्तावेजहरूलाई समेट्नुभएको छ ।
त्रियुगा नगरपालिकाको सभाहलमा...
धरान । पाँचथरमा जन्मनु भएपनि उच्च शिक्षाका लागि ३० वर्ष अगाडि धरान बस्नु भएका साहित्यकार सुरेन उप्रेतीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । धरान बसाइँका क्रममा उहाँले २०५३ सालमा ‘आजका स्वरहरू’ कविता संग्रह, २०५८ सालमा ‘अजम्बरी माया’ बाल कथा संग्रह प्रकाशित गरी साहित्यिक यात्रा प्रारम्भ गर्नुभएको थियो ।
आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित...
बसन्तपुर । पर्यटकका लागि पकेट क्षेत्र मानिने तेह्रथुमको बसन्तपुरस्थित लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वैसाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा चोत्लुङ पार्कमा साहित्यकारहरूको छुट्टै साहित्यिक रौनक थियो । गुराँसको राजधानीको रूपमा रहेको तीनजुरे–मिल्के–जलजलेको प्रवेशद्वार बसन्तपुरको चोत्लुङ पार्कमा साहित्यिक स्रष्टाहरू प्रकृतिसँगै पौठेजोरी खेल्न मात्र नभएर आफ्ना सिर्जना वाचनका लागि जुर्मुराएका थिए ।
नेपाल र...
दमक । झापाको दमकस्थित साहित्य कला संगमले नौ जना श्रष्टाहरूलाई पुरस्कृत एवम् सम्मानित गरेको छ । शनिवार दमकमा आयोजित एक कार्यक्रमका बीच संगमले विगत लामो समयदेखि भाषा, साहित्य, कला, संस्कृति, संगीत, खेलकुद क्षेत्रमा योगदान पु¥याउनेहरूलाई पुरस्कृत एवम् सम्मानित गर्ने कार्यलाई निरन्तता दिएको हो । सम्मानित एवम् पुरस्कृत हुनेहरूमा झापाका साहित्यकार, सुनसरीका साहित्यकार प्रा.डा. भीम खतिवडालाई कलश्री पुरस्कार, भवानी मिश्र अन्तर्राष्ट्रिय...
धरान । कोशी प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको सल्लेरी बजारमा दुई दिने कला–साहित्य यात्राको मैझारो भएको छ । नेपाली कला साहित्य डटकमको आयोजनामा वैशाख ३ र ४ गते १९ औं श्रृंखलाको यात्रा सम्पन्न भएको हो । हरेक वर्ष भिन्न भिन्न स्थानमा साहित्यिक यात्राको आयोजना गर्दै आएको साहित्यिक डटकमले यस पटक सल्लेरीलाई छनौट गरेको थियो । यात्राको दोस्रो दिन साहित्यिक डटकमले योगेश्वर...
धरान । भारतको विख्यात गायिका एवं कालजयी आवाजकी धनी आशा भोषलेको आइतबार ९२ वर्षको उमेरमा महाराष्ट्रस्थित मुम्बईमा निधन भएको छ ।
सन् १९३३ मा भारतको सांगलीमा जन्मनु भएकी भोषलेले दर्जनौं नेपाली गीतहरू गाउनु भएको छ । उहाँ हिन्दी चलचित्रकी प्रसिद्ध पाश्र्व गायिका हुनुहुन्थ्यो । विश्व प्रसिद्ध गायिका लता मंगेशकरकी बहिनी आशा भोषलेले चलचित्र र गैर चलचित्रमा गरी १६ हजारभन्दा बढी गीत...