धरान÷एसियाकै प्रतिष्ठित अस्पताल, सुरक्षाको हिसाबले मतबुत मानिएको
धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरक्षाको हिसाबले अत्यन्तै कमजोर बन्दै गएको छ ।
यसको प्रत्यक्ष उदाहरणका रुपमा प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको सनराइज बैंकको शाखामा अज्ञात समूह प्रवेश गरेर चोरी गरेबाट प्रष्ट हुन्छ ।
प्रतिष्ठानको सुरक्षालाई मजबुत बनाउन प्रतिष्ठानको आकष्मिक कक्षमा सहायक प्रहरी निरीक्षकको कमान्ड रहने गरी नेपाल प्रहरीको सुरक्षा पोष्ट राखिएको छ भने केटिएम सर्भिसले प्रतिष्ठानको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिएको छ । यति हुदाहुदै पनि सनराइज बैंकको शाखामा चोरी हुनुमा जोकोहीलाई बुझ्न अफ्ठयारो पर्दैन ।
विगतदेखि प्रतिष्ठानभित्र पार्किङमा राखिएका मोटर साइकल, विरामी तथा विरामीले चार्जमा राखिएका मोवाइल हराउने कार्यले अझै पनि निरन्तरतान पाइरहेको समयमा प्रतिष्ठानभित्र रहेको बैंकभित्र नै चोरी हुने घट्ना भने नौलो भएपनि प्रहरीको सक्रियतामा चोरी गर्नेलाई प्रक्राउ नगर्ने हो र सुरक्षा स्थितिलाई मजबुत नबनाउने हो भने भोलि यो भन्दा ठूला ठूला घट्ना नहोला भन्न सकिन्न ।
यस विषयमा प्रतिष्ठानको सुरक्षाको जिम्मा लिइएको केटिएम सर्भिसका इन्चार्ज दिलिप श्रेष्ठले आफूहरुले सम्पूर्ण प्रतिष्ठानभित्रको सुरक्षाको जिम्मेवारी नपाएको गैर जिम्मेवारी जवाफ दिनुभयो । उहाले अहिले
चोरी भएको स्थानमा राति १० बजेपछि केटिएमले सुरक्षा नदिने बताउदै प्रतिष्ठानका झ्याल ढोका तथा सम्पूर्ण भौतिक पूर्वाधार कमजोर हुदै गएकोले पनि यो समस्या आएको उहाले बताउनुभयो । प्रतिष्ठानमा भएको कमजोर झ्याल ढोकाको विषयमा बारम्बार प्रशासनलाई जानकारी गराएपनि वेवास्ता गरेकै कारण अहिले यस्तो अवस्था आएको उहाले बताउनुभयो ।
सो बैंकमा रहेको पहिलो लकरमा राखिएको ४ लाख ४७ हजार २ सय ६६ रुपैया चोरी भएको छ भने दोस्रो लक्करमा राखिएको १० लाख ७६ हजार भने चोरले फोर्न नसकेकै कारण सुरक्षित रहेको संघीय इकाई प्रहरी कार्यालय धरानका डिएसपी भिम दाहालले बताउनुभयो । यसबारेमा थप अनुसन्धान भइहेकोले चोरीमा संलग्नलाई चाडै प्रक्राउ गर्ने उहाले जानकारी दिनुभयो ।
प्रतिष्ठानको सो बैंकमा अर्को अचम्मको कुरा के छ भने प्रतिष्ठानको भित्रबाहिर सबैतिर ‘तपाई सिसी क्यामराको निगरानीमा हुनुहुन्छ’ भनेर लेखिएको प्लेट टासिएको भएपनि त्यस्तो नभएको पाइएको छ । यसैको फाइदा उठाएर चोरले पनि बाहिरबाट भित्र लगेको सिसी क्यामरा जडान गरेको तार काटेर भित्र पसी चोरी गरिएको पाइएको छ भने सिसी क्यामेरामा प्रयोग गरिने डिवाइस बक्स चोरले नै लिएर गएका छन् ।
अर्को कुरा चोरी हुनुमा करोडौको रकमको जिम्मा लिएर बसेको
सनराइज बैंकको पनि लापारबाही भएको स्पष्ट हुन्छ । करोर्डौको कारोबार गर्ने बैंकमा प्रतिष्ठानभित्र खोलिएको बैंकको सुरक्षाका लागि एक जना पनि सुरक्षा गार्ड राखेको पाइदैन । यो कुरा बैंकमा काम गर्ने कर्मचारीको भनाई बाट स्पष्ट हुन्छ ।
सुरक्षा चुनौतिकै कारण विरामीका उपचारमा ल्याएको रकम, मोवाइल तथा मोटरसाइकल चोरी हुनु नौलो कुरा नभएपनि प्रतिष्ठानभित्र रहेको बैंक नै चोरी हुनुले सर्वसाधारणमा समेत प्रतिष्ठानभित्रको सुरक्षामा मानसिक त्रास बढेको पाइएको छ । प्रतिष्ठानजस्तो अति सम्बेदनशील क्षेत्रमा यसरी चोरी डकैति हुनु अत्यन्तै गम्भीर कुरा भएपनि प्रतिष्ठान पदाधिकारी, सुरक्षाकर्मीले यसलाई गम्भीरता पूर्वक नलिएको स्पष्ट हुन्छ । यसतर्फ सम्बन्धित पक्ष गम्भीर हुन जरुरी छ ।
