धरान/अत्यन्तै जीर्ण अवस्थामा रहेको, सडकमा खाल्डै खाल्डा मात्र देखिने, सवारी साधन आउजाउमा कठिनाई व्यहोर्दै अएका धरान–१३
अमर पथका बासिन्दाले अब भने रात पाउने भएका छन् ।
भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानको पहल र भारतीय भूतपूर्व सैनिकहरुको सक्रियतामा भारतीय दुतावासले १६ लाख ४५ हजारको लागतमा ग्राभेलिङ्ग सहितको सडक कालोपत्रे गरिदिने भएपछि सो स्थानका बासिन्दाले राहत पाउने भएका हुन् ।
झण्डै १४ बर्ष अगाडि भारतीय सहयोगमै कालोपत्रे भएको नेपाल
भारत मैत्री अमरपथ पुन: भारतीय सहयोगमै कालोपत्रे हुन लागेको हो । यसका लागि भारतीय राजदुतावासका प्रथम सचिव मदन सिंह भण्डारी र धरान नरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईका बीचमा शुक्रबार १२:३० बजे सम्झौतामा हस्ताक्षर भएको छ ।
जिरोप्वाइन्टदेखि पेन्सन वितरण कार्यालयसम्मको १ सय २८ मिटर सडकको निर्माण कार्य १५ महिना भित्रमा सिध्याउने गरी सम्झौता भएको धरान नगरपालिकाका कार्यकारी अधिकृत राईले बताउनुभयो । अधिकृत राईका अनुसार निर्माण कार्यको जिम्मा सकभर स्थानीय उपभोक्तालाई दिने र त्यसो हुन नसकेमात्र ठेक्का प्रक्रियामा जाने समेत उहााले बताउनुभयो । ठेक्का प्रक्रियामा जाादा झन्झटिलो हुने, लफाडा हुने भएकोले पनि पहिलो प्राथमिकता स्थानीय उपभोक्तालाई नै दिने सहमति समेत भएको उहााले प्रष्ट पार्नुभयो । निर्माण परियोजना धरान नगरपालिकाले नेपाल सरकारको नियम अनुसार नै कार्यान्वयन गरिने समेत राईको भनाई छ ।
नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा सबैभन्दा ठूलो सहयोगीका रुपमा रहेको भारतले
धरानमामात्र अरबौ लगानी गरेको छ । दक्षिण एसियामै उत्कृष्ट मानिएको
अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग कलेज बीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरानमा भारतीय लगानीको उत्कृष्ट नमूना हो । चार दशक अगाडि नै
करोडौ लगानीमा निर्माण भएको धरान औद्योगिक क्षेत्र, झण्डै चार करोडको लगनीमा तत्कालीत भारतीय राजदुत श्याम शरणको पालामा निर्माण भएको महेन्द्र वहुमुखी क्याम्पस धरानको गहना बनेका छन् । गोरखा भूतपूर्व सैनिक संघ, जियाउल हक मेमोरियल ट्रष्ट, बीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठान लगायतलाई एम्बुलेन्स प्रदान गरेको छ । यी परियोजनाका अतिरिक्त भारत
सरकारको १० करोड ३ लाख ६० हजारमा सुनसरीमा सातवटा विभिन्न
परियोजनाहरु सम्पन्न गरिसकेको छ । ११ करोड १ लाख २० हजारमा थप चारवटा परियोजनाहरु यतिबेला
सुनसरी जिल्लामा सञ्चालन भइरहेका छन् । भारत सरकारले सुनसरी जिल्लामा रहेका विभिन्न सामाजिक संघ संगठनलाई १५ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ भने चारवटा स्कुल बस विभिन्न विद्यालयलाई प्रदान गरेको छ ।
त्र
