धरान÷विगत केही समय यता मुलुकका विभिन्न धार्मिक एवम् साँस्कृतिक स्थलहरुको भ्रमणमा व्यस्त रहँदै आउनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले मंगलबार सुनसरीको ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको छ ।
तीन साता बसाइको क्रममा झापा दमकस्थित फागुन २० गते हिमालय टि स्टेटमा पत्नी कोमलसँगै आउनु भएका शाहको रामधुनी मन्दिरको पूजाअर्चना नै पहिलो कार्यक्रम भएको बताइएको छ । तीन साता पूर्वको भ्रमणलाई केद्रविन्दु बनाएर शाह हिमालय टि स्टेटमा बस्नु भएको हो ।
स्वागत समितिका सदस्य एवम् नागरिक अभियन्ता दुर्गा बस्नेतका अनुसार पूर्व राजा शाहको यो नितान्त धार्मिक भ्रमण हो । शाहको भ्रमणलाई व्यवस्थित गर्नका लागि भाषी–रामधुनी नगरपालिकाका प्रमुख, उपप्रमुख सहित विभिन्न राजनीतिक दल सम्मलित, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय निकायका निर्वाचित जन प्रतिनिधि, समाजसेवीहरुको ३ सय ५१ सदस्यीय समिति समेत गठन गरिएको थियो । पूर्व राजा शाह अपरान्ह २ः३० बजे निजी सवारी साधनबाट झुम्का बजर आइपुग्दा लाखौ सर्वसाधारणले लामवद्ध भएर स्वागतमात्र गरेका थिएनन् राजा आऊ देश बचाऊ भन्ने नारा समेत लगाएका थिए ।
पूर्व राजा शाहले भाषी रामधुनी नगरपालिकाको गेट अगाडिबाट झुक्का चतरा नहरको पुलसम्म पैदलै हिडेर नागरिकको स्वागत ग्रहण गर्नुभएको थियो । स्वागतका लागि आएका
हजारौ नागरिकहरुको भिडले केही समय झुक्का बजार अस्तव्यस्त देखिन्थ्यो । सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राखेर ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरीहरु पूर्व पश्चिम राजमार्गमा मात्र नभएर रामधुनी मन्दिरसम्म तैनाथी अवस्थामा रहेका थिए । झण्डै आधा घण्टा झुक्का बजारमा सर्वसाधारणको स्वागत ग्रहणपश्चात पूर्व राजा ज्ञानेन्द्र शाह सिंगिया, लालपुर हुँदै ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिर पुग्नु भएको थियो । उहाँले मन्दिरमा झण्डै आधा घण्टा विधिपूर्वक पूजा अर्चना गर्नुभएको थियो । सो अवसरम मन्दिर परिषरमा हजारौको संख्यामा सर्वधारणको उपस्थिति रहेको थियो भने उहाँलाई नागरिकका तर्फबाट अभिनन्दन समेत गरिएको थियो ।
रामधुनी मन्दिरको पूजाअर्जना पश्चात पूर्व राजा ज्ञानेन्द्र साह चकरघट्टी महेन्द्रनगर पुग्नु भएको थियो । चकघट्टीमा स्वामी श्री निवासाचार्यले निर्माण गर्नुभएको मन्दिर, धर्मशालाको अवलोकन गर्नुका साथै पुराण समापनको प्रसाद ग्रहण गर्नुभएको थियो । कही समय चकरघट्टीको बसाई पश्चात कोशी बाँध हुँदे भोक्राहा भएर इनरुवा आइपुग्नु भएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाहलाई भोक्राहा, इनरुवा लगायतका स्थनमा सर्वसाधारणले भव्य स्वागत गरेका थिए । पूर्व राजाको धार्मिक भ्रमणका क्रममा सडकको अवस्था बुझ्न सचिव सागर तिम्सिनाले दुई दिन अगाडि झुक्का, रामधुनी र चक्करघट्टी आएर निरीक्षण गर्नुभएका थियो । पूर्व राजा ज्ञानेन्द्र शाहको भ्रमणले आफूहरु अत्यन्तै उत्साहित भएको नेपाली काँगेसका जिल्ला सदस्य एवम् नागरिक अभियन्ता डिल्ली कार्कीले बताउनुभयो । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आउनु भएका वृहत राष्ट्रवादी मोर्चाका अध्यक्ष सिनेट श्रेष्ठले भन्नुभयो पूर्व राजा शाहको आगमनले यस क्षेत्रका सर्वसाधारण अत्यन्तै उत्साहित भएको बताउनुभयो । राजतन्त्रको पक्षमा आम सर्वसाधारण रहेको स्वागतमा आएका सर्वसाधारणको उपस्थितिले पुष्टि गरेको पनि बताउनुभयो ।
यहाँ स्मरणीय कुरा के छ भने केही समय अगाडि पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिम नेपालगञ्जको भ्रमणमा जानु भएको थियो । त्यहीबाट उहाँ
भारतको उत्तर प्रदेश पुगेर त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नुभएको थियो । उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले सम्राटको रुपमा सम्मान गर्नुभएको थियो ।
