धरान/धरानका प्रतिष्ठित व्यवसायी एवम् समाजसेवी श्याम सुन्दर अगवालले आफ्नी दिवंगत अर्धाङ्गिनी अञ्जना अग्रवालको स्मृतिमा २० लाख रुपैयााको अक्षयकोष सहितको अञ्जना अग्रवाल स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको छ ।
प्रतिष्ठानको मुख्य उद्देश्य मुटु
रोगबाट पीडित असहायहरुको उपचारमा सहयोग गर्ने रहेको अग्रवालले जानकारी दिनुभयो । वि.सं. २०३७ सालमा जन्मिनु भएकी अञ्जना अग्रवालको हृदयघातकै कारण यही कार्तिक ४ गते दु:खद निधन भएको थियो । प्रतिष्ठानको सहयोगले बर्षमा कमसेकम एक व्यक्तिलाई मात्र पनि मुटु रोगका कारण अकालमै मृत्युबाट बचाउन सकियो भने अञ्जनाको आत्माले शान्ति पाउने र सबैको स्मृतिमा उनी स्मरणीय
रहने पति श्यामसुन्दर अग्रवालको भनाई छ । उहााका अनुसार प्रतिष्ठानलाई विधिवत रुपमा सञ्चालन गर्न विधानको मस्यौदा तयार गरी समाजकल्याण मन्त्रालयमा पठाइसकिएको छ ।
विराटनगर निवासी जीवनराम अग्रवाल र मीनादेवी अग्रवालको माइली छोरीका रुपमा जन्मनु भएकी स्व. अञ्जना अग्रवालले तीनबर्षकै छादा मातृ वियोगको पीडा भोग्नुपरेको थियो । विराटनगरस्थित अरनिको बोर्डिङ्ग स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेकी उनको वि.सं. २०५८ साल वैसाख ३ गते व्यवसायी एवम् समाजसेवी श्यामसुन्दर अग्रवालसाग दाम्पत्य जीवनको शुरुवात भएको थियो । कोमल हृदयकी धनी अत्यन्तै मिलनसार, मृदृभाषी, सरल तथा धार्मिक प्रवृत्तिको उनी घरभित्र र बाहिर पनि सबैकी प्रिय थिइन् ।
