धरान÷ःधरान १४ विजयपुरलाई अन्तर्राष्टिूय स्तरमा ऐतिहासिक, धार्मिक पर्यटकी गन्तव्य परिचित गराउन विजयपुरबासी कम्मर कसेर लागेका छन् ।
मन्दिरै मन्दिर भएको यस स्थानमा स्थानीय आफै जागरुक भएर धरान उपमहानगरपालिकालाई झक्क्याउदै आफूले समेत लगानी गरेर पूर्वाधार निर्माणमा जुटेका हुन् ।
धार्मिक पर्यटकीय स्थानको रुपमा सम्भावना बोकेको यस स्थानमा विगतदेखि नै मन्दिरसम्म पुग्ने बाटोघाटोको अत्यन्तै समस्या रहेको थियो । यहाका प्रचलित मन्दिर पिण्डेश्वर, बुढास्ुब्बा, दन्तकाली र पञ्चकन्याको दर्शन तथा सेनकालिन समयको बुद्धिकर्ण हाङको दरबार स्थल अवलोकन लागि आउने धार्मिक पर्यटकहरु मुस्किलले दर्शन गरेर जाने भएपछि पछिल्लो समय यी सबै मन्दिरमा पुग्ने बाटाघाटाहरु धमाधम निर्माण हुन थालेका छन् ।
धरान उपमहानगरपालिकाले यस क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि २ करोड निकासा दिएसंगै हौसिएका स्थानीयहरु अपुग रकम आफैले जम्मा गरेर टोलटोलमा बाटो पु¥याउने अभियानमै जुटेका हुन् ।
एसियाकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला र विजयपुरमा भएका मन्दिर धरानको गहना भएकोले यी दुई क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम शुरु गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।
यस विषयमा स्थानीय दिनहु जस्तो वडा अध्यक्ष कृष्ण भट्राईसग सल्लाह लिने, छलफल गर्ने र विजयपुरको वृहत्तर विकासका योजना तर्जुमा कसरी गर्ने जस्ता कुरामा गहन वहस र छलफलमा जुट्ने गरेका छन् । धरान उपमहानगरपालिकाले यस क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर काम गरेका कारण भौतिक पूर्वाधार निर्माणले तिब्रता पाएको धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरका वडा अध्यक्ष कृष्ण भट्टराई बताउनुहुन्छ ।
यस वडाका महिला हुन् या पुरुष सबै सक्रिय रहेकै कारण अहिले धरान १ रेडक्रसबाट बुढासुब्बा जाने बाटो, धरान ३ तुर्केबाट पिण्डेश्वर मन्दिर जाने बाटो, विजयपुरबाट पञ्चकन्या मन्दिर जाने बाटो मात्र हैन विजयपुरलाई जोड्ने शाखा बाटो समेत धमाधम निर्माण हुन थालेका हुन् । पछिल्लो समयमा स्थानीयहरु निर्माण उपसमिति नै गठन गरेर शाखा बाटो निर्माण गरेर विजयपुरलाई जोड्न अग्रसार बनेका छन् ।
विजयपुरको अस्तित्वलाई नामेट नगर्न तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न १४ नंं वडा समितिका टोलबासी नै सक्रिय भएर लागेको तीनधारे तुर्के सडक उपभोक्ता समितिकी कोषाष्ध्यक्ष तारा पोख्रेलले बताउनुभयो ।
धार्मिक ऐतिहासिक महत्व बोकेको यस स्थानमा रहेको पिण्डेश्वर मन्दिरमा प्रत्येक बर्ष साउन महिनाको सोमबार सप्तकोशीको जल ल्याएर चडाउनेको भीड लाग्ने गर्दछ भने नेपालीहरुको महान चाड दशैको समयमा दन्तकाली मन्दिरको महत्व धेरै रहेको छ । दशैको फूलपातिका दिन यस मन्दिरमा फूलपाति भित्र्याएपछि विधिवत रुपमा दशै पर्व शुरु भएको मानिन्छ । यस्तै बुढासुब्वा मन्दिरको महिमा सुनेर देश तथा विदेशबाट दर्शनका लागि आउने गरेका छन् । यस्ता ऐतिहासिक महत्वको मठ
मन्दिरको प्रचार प्रसार, संरक्षणका साथै आन्तरिक तथा वाह्य पर्यटक बढी भन्दा बढी भित्र्याउनकै लागि उनीहरुले देखाएको सक्रियता सबैका लागि प्रशंसनीय कार्य बनेको छ ।

