धरान/नेपाल खानेपानी संस्थान कब्जा गर्ने नियतले मात्र धरानेहरुलाई ऋणको भारत बोकाइ झण्डै २ अर्ब २५ करोड रुपैयाको अल्पकालीन योजना अगाडि सारेको एडिवीको विरुद्धमा
धरानका भूतपूर्व सैनिकहरु एकजुट भएका छन् ।
ब्रिटिश गोरखा भूतपूर्व सैनिक संघको आयोजनामा शनिवार धरानको सैनिक भवनमा आयोजित वृहत भेलाले एडिवीको विरुद्धमा उनीहरुले एकजुट हुने निर्णय गरेका हुन् । धरानको
चारकोशे जगलमा बोरिङ्ग गरी १० प्रतिशत मात्र पानी बृद्धि गरी सन् २०३१ सालसम्मका लागि मात्र चौवीसै घण्टा पानी दिने एडिवीको हावादारी योजना आफूहरुलाई मान्य नहुने उनीहरुको भनाई थियो ।
वृटिश गोरखा भूपतूपर्व सैनिक संघ सुनसरीका अध्यक्ष गजेन्द्र इस्वोले धरानका भूतपूर्व सैनिकहरु खानेपानी आयोजना दीर्घकालीन रुपमा हुनुपर्छ भन्ने पक्षमा छन्, यसका लागि चतराको पानी भन्दा अर्को विकल्प आफूहरुलाई मान्य नहुने बताउनुभयो । नेपाल खानेपानी संस्थानले ८३ प्रतिशत
धरानेहरुलाई पानी खुवाइरहेको र १० प्रतिशत पानी अल्पकालीन रुपमा थप्न २ अर्ब २५ करोडको ऋणको भार बोकाउने नियत नै गलत भएको अध्यक्ष इस्वोको भनाई थियो । वृशिट गोरखा सैनिकहरु दीर्घकालीन आयोजना,
पारदर्शिता, मितव्यायिता रजवाफदेहिताको पक्षमा रहेका छन् । खानेपानी संीस्थाले २०३१ सम्मको अल्पकालीन योजनाका लागि ३१ करोड ४० लाख भए पुग्ने सर्भे डिजाइन
गरीसकेको र दीर्घकालीन रुपमा चतराबाट धरानमा पानी ल्याउन ८० देखि ९० करोड भए पुग्ने बताइसकेको अवस्थामा २ अर्ब २५ करोड ऋण केका लागि ? इस्वोको प्रश्न थियो ।
धरान नगरपालिकाले धराने जनतासाग कुनै प्रकारको छलफल नै नगरी आफू खुशी गलत नियतले एडिवीसाग सम्झौता गरेको भन्दै भूतपूर्व सैनिकहरुले सो अवसरमा आक्रोस समेत पोखेका थिए । आयोजना लाद्न जबरजस्ती गरे कडा आन्दोलनमा उत्रने समेत उनीहरुले चेतावनी दिएका छन् । सो अवसरमा संघीय समाजवादी पार्टीका सचिव ताजुव लिम्बुले एडिवी र यसका मतियारले धरानबासीमाथि ऋण अनुदान दिएको भन्दै व्यापार गर्न खोजेको आरोप लगाउनुभयो । उहााले भन्नुभयो एडिवीमा सरकारले एक प्रतिशतमा ऋण लिएर हामीलाई ५ प्रतिशतमा लगाएको छ । एडिवी व्यापार गर्न आएको हो । यसैगरी विगतदेखि नै एडिवीका विरुद्धमा संघर्ष गर्दै आएको जनसरोकार मञ्च नेपालका अध्यक्ष कृष्ण नारायण पलिखेले भन्नुभयो हामीले एडिवीको भन्दा पनि धरान नगरपालिका र सरकारले गरेका गलत प्रक्रियाको विरोध गरेका हौं । खानेपानी संस्थानले अल्पकालीन योजनाका लागि ३१ करोड ४० लाख र दीर्घकालीन योजनाका लागि ८०–९० करोड मात्र लाग्ने भन्दाभन्दै किन २ अर्ब २५ करोडको योजना ल्याइयो ? जन प्रतिनिधि नभएको अवस्थामा परियोजना सम्झौता गर्नु नै गलत रहेको उहााको कथन थियो । संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र तामाङ्गले परियोजना २०३१ पछिका बारेमा विस्तृत धारणा नआएकोले पनि परियोजना
धरानबासीको हितमा नरहेको बताउनुभयो ।
यसैबीच एडिवीको अल्पकालीन योजनाको विरुद्धमा गठित सर्वदलीय तथा सर्वपक्षीय खानेपानी समितिलाई पुन: विस्तार गरिएको छ । विस्तारित समितिमा सुनुवार सेवा समाज धरानका अध्यक्ष ऐसा सुनुवार, नेपाली कााग्रेस धरान नगर समितिका सदस्यहरु बसन्त राई, मनिता घिमिरे, किशोर विक रहेका छन् । हालसम्म ६४ वटा राजनैतिक दल, संघ संगठनहरु संघर्ष समितिमा आवद्ध भइसकेको संयोजक सुजेन्द्र तामाङ्गले जानकारी दिनुभयो ।
