सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री जनकपुर हुँदै आउने

आगामी मंसिरको दोस्रो साता हुने सार्क शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुादै काठमाण्डौ आउनु हुने भएको छ ।
नेपाल भारत सीमानाका भिट्टामोडबाट मोदी नेपाल प्रवेश गर्ने लगभग निश्चित भएपछि उक्त क्षेत्रको सडकलाई स्तरोन्नति गर्ने कामलाई नेपाल सरकारले तिव्रता दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पट्नाबाटै स्थलमार्ग हुादै जनकपुर आउने भएपछि हाल जनकपुर, जलेश्वरलगायतका स्थानमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा योजनाहरु तयार गरिदैछ ।
भारतीय राजदुतावासले नेपालका सुरक्षाकर्मीहरुसाग समन्वय प्रक्रियालाई अगाडि बढाएको छ । नेपाल भारतको सीमा नाका भिट्टामोडबाट जनकपुरसम्मको लम्बाई १९ किलोमिटर रहेको छ । पटनाबाट भिट्टामोड चारघण्टाको समयमा आवतजावत गर्न सकिन्छ । प्रधानमन्त्री मोदी स्थलमार्गबाटै आउने सूचना प्राप्त भएको यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले यस अगाडि नै दिइसक्नु भएको छ । यसभन्दा अगाडि नेपालको दुई दिने भ्रमणमा साउनको तेस्रो साता नेपाल आउनु भएका मोदीले सार्क सम्मेलनमा नेपाल आउादा जनकपुरको मन्दिर र लुम्बिनीस्थित भगवान बुद्धको जन्मस्थल जाने प्रण गर्नुभएको थियो ।
यतिबेला धेरैले भारतीय प्रधानमन्त्री मोदीको पटनाबाट स्थलमार्ग हुादै नेपाल आउने सम्भावनालाई जानकी मन्दिरको दर्शन गरेर काठमाण्डौ आउने या सार्क सम्मेलन पश्चात जनकपुर जान सक्ने अड्कलबाजी गर्न थालेका छन् । सार्क सम्मेलनमा आउादा एक दिन बढी नै नेपाल बस्ने भन्ने मोदीको यसभन्दा अगाडिको भनाईलाई मनन गर्दा यही अवधिमा उहााले लुम्बिनी र जनकपुर जानसक्ने अनुमान गरिएको छ । नेपाली कााग्रेसका तर्फबाट धनुषाबाट विजयी भएका सभासद महेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदी स्थलमार्गबाटै नेपाल आउने भएकोले भिट्टामोड–जनकपुर सडकखण्ड मर्मत तिब्र गतिमा अगाडि बढाइएको, जानकी मन्दिरमा रंगरोगन र सरसफाईमा स्थानीय र सरोकारवाला जुटिसकेको बताएका छन् ।
यस भन्दा अगाडि भारतले परराष्ट्र मन्त्रालयमार्फत नेपाल
सरकारलाई गोप्य सुरक्षासम्बन्धी सूचना दिएको थियो । जसमा भारतीय विमान अपहरण, भारतीय दुतावासमा अधिकृतहरुको अपहरण, नेपालका रनजैतिक नेताहरुको हत्या हुनसक्ने जनाइएको थियो । सोही सूचनाको आधारमा यतिबेला आतंकवादीहरुको घुसपैठलाई मध्यननजर गरी नेपालका विमान स्थल, संदिग्न व्यक्तिहरुको आवत जावतमा निगरानी गर्ने काम भइरहेको गृह प्रशासनले जनाएको छ । सार्क सम्मेलनमा कडा सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन समेत दिइसकेको छ । शिखर सम्मेलन तयारीका सम्बन्धमा गृह मन्त्रालयमा शनिवार बसेको बैठकमा गृहमन्त्री बामदेव गौतमले सुरक्षा व्यवस्थ कडा पार्ने निर्देशन दिएका हुन् । गृहमन्त्री गौतमले १८ औा सार्क शिखर सम्मेलनका क्रममा भरत विरोधी समूह सक्रिय हुन सक्ने भन्दै मातहतका सुरक्षा निकायलाई चनाखो रहन दिर्नेशन दिएको छ । बैठकमा सुरक्षा तयारी र सम्भावित थ्रेटबारे छलफल भएको थियो । नेपालमा कुनै पनि समूहको अन्तर्राष्ट्रिय आतंकवादी संगठन समूहसाग प्रत्यक्ष सम्बन्ध नभएकोले आन्तरिक रुपमा कुनै थ्रेट नभएको निष्कर्ष बैठकको थियो । तथापि, गृहले आन्तरिक रुपमा नेकपा माओवादी, थ्रेटर नेपाल लगायतका समूहको गतिविधि निगरानी गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया