नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले एकपटक भन्नु भएको थियो आÏनै कोखबाट जन्मिएको सन्तान राक्षसी भयो । उहाँले त्यो कुरा त्यसबेला गिरिजाप्रसाद कोइराला एण्ड कम्पनीको प्रवृत्तिका विरुद्धमा व्यंग्य गर्नुभएको थियो ।
२००१ सालमा नेपाली काँग्रेसमा दुर्दशा नै भएको धेरैलाई आज पनि हुन सक्छ । आÏनो वहुमतको सरकार हुँदाहुँदै कोइराला एण्ड कम्पनीका केही ठेकेदारहरुले उचालेर संसद विघटन गरी मध्यावधि निर्वाचन गराउँदाको परिणाम काँग्रेसले आजसम्म पनि भोगिरहेको छ । आज कोब्इराला एण्ड कम्पनीको हुवहु सिको र रोग शेरबहादुर देउवा कम्पनीमा सरेको छ ।
पदका लागि शेरबहादुर देउवा जुनसुकै हदसम्म जान सक्छन् भन्ने दृष्टान्त दई बर्ष यताका उनका कार्यशैली गतिविधिहरुले छर्लङ्ग बनाइसकेको छ । पार्टी सभापतिका लागि देउवाले करोडौ रुपैयाँ खर्च गरेर महाधिवेशन र महासमिति सदस्य खरिद गरेका थिए । पहिलो चरणमा सफल नभएपछि दोस्रो चरणमा कृष्णप्रसाद सिटौला लगायतलाई प्रलोभनमा पारे र सभापतिमा निर्वाचित भए । पार्टी सभापतिमा निर्वाचित भएपछि देउवामा एकपछि अर्को महत्वाकांक्षा बढ्दै गयो । आÏना समकक्षी प्रतिष्पर्धीहरुलाई अगाडि आउन कसरी रोक्ने , पार्टीको आदर्श, मूल्य, मान्यता सबै गुमाएर भएपनि केव सत्तामा कसरी पुग्ने, वैचारिक रुपमा कुनै साइनो नै नभएको दलसँग साँठगाँठ गरेर भए पनि सत्ताको स्वाद लिन देउवाले कुनै कसर बाँकी राखेनन् ।
झण्डै साढे नौ महिना देउवाले सरकरको नेतृत्व नगरेको भए नेपाली काँग्रेस आजको दुर्नियत अवस्थामा पुग्ने थिएन । ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड डिना संग्रौला, विमलेन्द्र निधि लगायतका केही दर्जनलाई मात्र देउवाले काखी च्यापे र अरुलाई घुएत्रोले हान्ने काम गरे । नेपाली काँग्रेसका अधिकांश इमान्दार, पदीय आकांक्षा राख्ने प्रतिबन्धित अवस्थादेखि नै संघर्ष गर्दै आएकाहरुले देउवा समग्र नेपाली काँग्रेसका सभापति हुन भन्ने महसुस नै गर्न पाएनन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले लज्जास्पद पराजय भोग्नुको पछाडिको रहस्य काँग्रेसका पुराना कार्यकर्ता केवी गुरुङ्गले वडो इन्ट्रेष्टिङ्ग ढंगले खोल्नु भएको छ । सर्वसाधारणमा भिजेका, पाच्य र सर्वस्वीकार्य व्यक्तिलाई टिकट दिइएन । जसले टिकट पाए उनीहरुले किनेका थिए । जसले पाएनन् उनीहरुले किन्न सकेनन् । अर्थात टिक
रकम लिएर विक्री गरिएको थियो । गुरुङ्गको यो भनाईले देउवा प्रवृत्तिको उजागर गरेको छ ।
निर्वाचनमा हरेक दल आÏना उमेद्वारलाई जिताउन भित्री अन्तरविरोध बिर्र्सिएर लागे तर शेरबहादुर देउवा एण्ड कम्पनी कथित काँग्रेसहरु आÏनै उमेद्वार हराउने अभियानमा लागे । काँग्रेसले काँग्रेसलाई जिताउन लागेको देखिएन हराउन लागेको देखियो । अर्थात काँग्रे्रेसकै कारण काँग्रेसले निर्वाचनमा पराजय भोग्यो । यसको सम्पूर्ण श्रेय पार्टी सभापति शेरबहादुर देउवामै जान्छ । पराजयको जिम्मेवारी देउवाले लिएर पार्टीका बाँकी पदहरुमा अरुलाई जिम्मेवारी दिनुपर्छ । तर देउवा सबै पद आफैमा केन्द्रित गर्न लालायत देखिन्छन् । पार्टीमा नेतृत्व पुस्तान्तरण हुँदैजानुपर्नेमा पछिल्लो पटक देउवाले संसदीय दलको नेतामा समेत जुन प्रकारले ¥याल चुहाए त्यो समग्र पार्टीका लागि राम्रो होइन । सबैमा जिम्मेवारी वाँडफाँड गर्दा जस अपजसको भागिदार पनि सबै हुन्छन् । तर देउवामा त्यो प्रवृत्ति र चरित्र कहीँ देखिएन । काँग्रेसमा यही नेतृत्व थप केही समय रहेमा आगामी २० बर्षसम्म कँग्रेस आगाडि आउन सक्दैन ।

