धरान÷धार्मिक पर्यटकीय क्षेत्र मानिएको सुनसरीको बराहक्षेत्र नगरपालिका अर्को पहिचान बनाउने उद्देश्यमा जुटेको छ ।
बराहलाई ऐतिहासिक धार्मिक क्षेत्रमात्र नभई खेलकुदको उर्वरभूमि बनाउन त्यहाका स्थानीय युवाहरु सक्रिय भएका छन् । उनीहरुले फुटबलका विकासका लागि एकाडेमी सञ्चालन गरेर सानै उमेरदेखि फुटबल प्रशिक्षण दिने अभियानमा जुटेका हुन् ।
खेलकुदको उर्भरभूमि बनाउदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न अग्रसर समेत भएका छन् । फुटवल प्रतियोगिताको आयोजना गरी एकाडेमि खोल्ने उद्देश्यसहित त्यहाको सक्रिय युवाहरुको संस्था न्यू स्टार क्लबले आगामी फागुन २६ देखि चैत्र ३ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिता भरौलको खेल मैदानमा आयोजना गर्दैछ ।
बराहलाई फुटबल खेलको विकासको लागि वातावरण निर्माण गर्ने, स्थानीय, क्षेत्रीय, राष्टिूय स्तरका फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्ने, खेलाडीहरुलाई संगठित गर्ने, नव प्रतिभालाई अवसर दिने, बराहक्षेत्र नगरपालिकालाई खेलकै माध्यमबाट परिचित गराउने, फुटबल प्रशिक्षण सञ्चालन गर्ने लगायतका उद्देश्यका साथ भरौल गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तता दिन लागिएको गोल्डकप प्रतियोगिताको संयोजक कृष्ण तामाङले बताउनुभयो ।
आयो्जना हुन लागेको तेस्रो
भरौल अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगितामा आयोजक न्युस्टार कलबसहित मोरङ्ग युनाइटेड क्लब, रेड हर्ष क्लब इलाम, विर्ता युनाइटेड क्लब झापा, राष्टिूय जागृति क्लब इटहरी, बराह टूेनिङ्ग सेन्टर बराह, चर्च ब्याइज क्लब काठमाण्डौसहित भारतको कञ्चनजंघा एकाडेमीले प्रतिष्पर्धामा भाग लिने भएका छन् ।
स्थानीय स्तरबाट खेलकुद प्रतियोगिता आयोजना हुदा राष्ट्रिय खेलाडी उत्पादन हुन सहयोग पुग्ने र यसले राष्टूलाई सहयोगमात्र हैन खेलाडीलाई अनुशासन, युवापुस्तालाई समेत कुलतबाट बचाउन सहयोग पुग्ने बराहक्षेत्र नगरपालिका वडा नंं ५ का वडा अध्यक्ष एवम् पूर्व राष्ट्रिय धावक आशाराम चौधरीले बताउनुभयो ।
पहिलो र दोस्रो गोल्डकप सफलतापूर्वक सञ्चालन गरेको गोल्डकपबाट उठेको रकमबाट फुटबल एकाडेमी सञ्चालन गरिने क्लबका सदस्य देवेन्द्र विष्टले बताउनुभयो ।
पछिल्लो समय खेलकुदमा समेत राजनीतिक हावी भएकोले नेपालमा फुटबल खेल खस्किएको न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बताउनुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा) का सुनसरी महासचिव समेत रहनु भएका अध्यक्ष कार्कीले मोफसलमा हुने गरेका यस्ता गोल्डकपले राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
पहिलो र दोस्रो गोल्डकपमा विजेताले १ लाख र उपविजेताले ५० हजार प्रदान गर्दै आएको आयोजक न्यु स्टार क्लबले यसपटक भने पुरस्कारको राशिमा वृद्धि गर्दै विजेताले २ लाख, उपविजेताले १ लाख सहित टूफी र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १५ हजार, सम्पूर्ण खेलको म्यान अफ द म्याचलाई ३५ हजार, सर्वाधिक गोलकर्तालाई १० हजार र राइजिङ्ग प्लेयरलाई ५ हजार नगद प्रमाणपत्र र ट्रफी प्रदान गर्ने भएको छ । २२ लाख ५५ हजार अनुमानित बजेट सार्वजनिक गरेको क्लबले प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम खेलकुदकै विकासमा लगाउने समेत जानकारी दिएको छ ।

