कवि माधव मूलको नाममा अक्षय कोष स्थापना

नेपाल भाषाका बहु प्रतिभाशाली अन्तर्रा्ष्ट्रिय स्तरका कवि माधव मूलका कृतिहरुलाई मृत्युपछि पनि जीवन्तता दिनको लागि उहाँको नाममा अक्षय कोष स्थापना गरिएको छ ।
नेपाल भाषामा उहाँले लेखेको दोश्रो कृति विमोचन कार्यक्रममा उहाँकी छोरी डा. सुजु मूलले १ लाख ५० हजार राशीको अक्षय कोष स्थापना गरिएको घोषणा गर्नु भएको हो । कार्यक्रममा उहाँको मृत्युपछि प्रकाशित दोश्रो कृति ‘जि दुने–मदुम्हजि’ कविता संग्रहको विमोचन कविद्धय श्रीराम श्रेष्ठ र नविन चित्रकारले गर्नु भएको थियो ।
कार्यक्रममा अनुवादक सिल्भीया राजोपोध्याय, उपन्यासकार मल्ल के. सुन्दर, कविद्वय श्रीराम श्रेष्ठ, नविन चित्रकारलगायतले स्वर्गीय मूलको साहित्य , भाषिक, राजनीतिक योगदानको बारेमा चर्चा गर्नु भएको थियो । स्वर्गीय मूलको कविता संग्रह नेपाल भाषा सफू बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रकाशन गरेको हो । चार दशकलामो साहित्य यात्रामा माधव मूलले टुडेज पोएम , नकतिनीया कवितालगायतका कविता संग्रह प्रकाशित गर्नु भएको छ । उहाँको नकतिनिया कविता संग्रहको सिल्भिया राजोपाध्यायद्धारा अनुवादित टुडेज पोएमका दुईवटा कवितालाई सन् २००० मा इन्टरनेशनल लाइब्रेरी अफ् पोएटले एडिटर च्वाइस अवार्ड तथा सन् २००२ मा इन्टरनेशनल सोसाइटी अफ् पोएट्सले मेरिट अवार्ड प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया