नसुध्रिए फुट्छ रे
झालेमालेका उत्तानोचित्त नेता बाउदेउ गौतमले भन्या पर्धानमन्तरी खप्रओ नसुध्रिए पार्टी फुट्छ रे । न बाउदे सुध्रिउन न खप्रओ सुधिउन । आफ्नै घरेलु जिल्लामा वाम लहर आ’बेला उत्तानोचित्त भएर चुनाउमा पछारिएका वाउदेउले खप्रओलाई चुनौति दिएको देख्दा घण्टाघरलाई समेत आश्चर्जे लाग्या छ । खप्रओ चानचुने मान्छे हुन भन्ठान्या छन् कि क्या हो वाउदेउले । खप्रओ जे बोल्छन् सिद्धियो । बग्या खोला फर्किएला तर खप्रओले बोलेसी कमानबाट छुट्या तीर जस्तै हो भन्ने कुरा विचरा वाउदेउलाई अझै हेक्का रै’नछ । अस्तिका दिन वाउदेउललाई के कुरामा चित्त बुझेन कुन्नि यस्तै भे पार्टी फुटाउने सम्मको धम्की दे’छन् । वाउदेउको यो धम्की कुनै नौलो भने होइन । तिन्ले पहिलो पनि फुटाएकै हुन् । अन्तमा केही सीप नलागेसी फेरि आएर टाँसिएकै हुन् । अब पनि वाउदेउले र्पाी फुटाए भने उन्का पछि को लाग्ला र † यसो दुई चार जना लागि हाले नि तिन्लाई कस्ले पत्याउला ? कहाँ जान्छस् हराउने विलाउनेको देशमा भनेजस्तै हुने त हो ।
राजपाको हैसियत छैन
यो सत्ता भन्ने कुरा नि बडो कमालको चिज रै’छ अब हेरौ न मधेश आन्दोलन गर्दा सँगै गरेका फोरम,
राजपा यतिबेला कुकुर विरालो जस्ता भएका छन् । जहाँ भेटेपनि एकले अर्कलाई झम्टने । झम्टने मामलामा संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादव दुई चार कदम अगाडि देखिएका छन् । खप्रओले सत्तामा लागेसी फोरम अध्येक्षेका खुट्टा यतिबेला भुइमा छैनन् । फोरम सरकाराँ जानु हुँदैन भनेर राजपाले के भन्या थ्यो उपिन्द्र बुरुक्क उफ्रिए । त्यो राजपाको सरकारमा जाने हैसियत नै छैन भनेर अब प्रदेश न. २ मा उपिन्द्रले झालेमालेसँग मिलेर प्रदेश सरकार बनाउने रे । क्या गजब छ । हैन ती उपिन्दर छेपाराले झैँ रंग फेर्न बडो बहादुर रै’छन् । खप्रओलाई दुई तिहाई वहुमत चाहिया छ उपिन्दरलाई सत्ता । राजपाको यो हरि विजोग हुने भयो ।
प्रक्राउ म्याद टा“स
नेकपा चन्द, झालेमाले र माउवादी केन्द्र बीचमा यतिबेला रोचक भिडन्त देखिया छ । भिडन्तको मुद्दा पनि कम्ता गज्बजको छैन । राज्येले विप्लवलाई अँठ्याउनका उन्को घरैमा पुगेर म्याद टाँस गरेसी भिडन्तको शुरुवात भा’रैछ । विप्लवको घरमा म्याद टाँस गरेसी विप्लवले नि अब प्रचण्डाउ र खप्रओको घरमा प्रक्राउ पूर्जीको म्याद टाँस गर्ने
रे । हैन यसरी म्यादमात्र टाँसाटाँस गर्ने कि अँठ्याउने नि हो ? माउवादी र झालेमालेसँग राज्येको सत्ता छ भने चन्दसँग जनसत्ता छ रे । कुनचाँिह सत्ता बलियो छ भन्ने कुरा भोलिका दिन थाहा भै’हाल्छ । हिजो सँगै खाएका सँगै लडेका, सँगै हिडेका माउवादी र विप्लव बीचको दूरी पनि राज्ये सत्ताले नै बढाएको पक्कै हो । हेरौ प्रक्राउ म्याद टाँसाटाँसको रिले दौड कहाँ पुगेर टुगिन्छ ?
कार्वाही गर्ने रे
माउवादी केन्द्रका अध्येक्षेबाट झालेमालेको नेता भएका प्रचण्डाउले अस्तिका दिन पश्चिमतिर गएर भनेछन् भ्रष्टाचारीलाई एक एक गरेर जेल हालिन्छ । न्यायालयका न्यायाधीशलाई महाअभियोग लगाएर हँटाइन्छ रे । क्या वात ? यसलाई भन्छन् आफ्नो आङ्गको भैसी नदेख्ने तर अरुको आङ्गको चाहिँ जुम्रा देख्ने । प्रचण्डाउले भ्रष्टाचारीको कुरा अलिकति अपाच्य जस्तै लाग्यो । लडाकु शिविरमा भएको करोडौ रुपैया प्रचण्डाउले एक्लै बजाएको भनेर उनैका आसेपासे फलक्या, फलाक्यै छन् । पूर्व लडाकुहरुले सत्तो
सराप गरिरहेका छन् । अब अहिले आएर तिनै प्रचण्डाउ भ्रष्टाचारीलाई छोडिदैन जेल हालिन्छ भनेर लम्बेतानको भाषन ठोकिरा’छन् ।
मलद्वारलाई हरिद्वार….
चाट्न पाएसी नेताको मलद्वारलाई नि हरिद्वार देख्ने प्रवृत्तिले नेपाली काँग्रेस प्रजापरिषद् बन्लाकी भन्ने सन्त्रास उत्पन्न भा’ छ । नेप्लिज काँग्रेसका चैतेहरुलाई यतिबेला पार्टी चाहिएको छैन शेरबहादुरलाई मात्र चाहिएको छ । किन नचाहियोस् त वडामा चुनाउ जिन्त्न नसक्नेलाई स्याल बहादुरले सांसद, मन्त्री बनाइद्या छन् । पार्टी भाँडमा गए नि शेरबहादुरचाहिँ भाँडमा गए आफूहरुको जहाजै डुब्ने देखेकाहरु पार्टीका पदहरु सबै स्याल बहादुरकै पोल्टामा पु¥याउन छलवल कपट
गरिरा’छन् । संसदीय दलको नेतामा शेरबहादुरको विकल्प छैन भनेर भजन गाइरहेका छन् । स्यालबहादुुरबाहेक अरुको नामै सुन्न चाहँदैनन् । हुन त नमक खाएसी’ बेइमान पनि गर्नु भएन । हुन त खप्रओले ठिकै भन्या रै’छन् लाँग्रेसमा शेरबहादुर हुन्ज्याल झालेमालेमा सुदिैन सुदिन । बाँकी बुझ्ने काम हरिद्वरेहरुको ।
के को नाटक ?
एउटै कुरालाई धेरै पटक दोहो¥यायो भने पत्यार लाग्न छाड्छ भन्थे कुरो सही हो कि क्या हो ? अब हेरौ न बुद्ध नेपालमा जन्मेको हो भनेर जगतलार्इ थाहा छ । अनि भाको कुरामा पनि चिच्याइ चिच्याई भन्नुपर्छ बुद्ध नेपालमा जन्मिएका हुन् भनेर ? यिनीहरुले त भोलि सगरमाथा नेपालमा पर्छ भनेर नारा लगाउलान्, कोकी, गण्डकी, कर्णाली नेपालकै नदी हुन भनेर नारा लगाउलान् । हैन यो देशका के हुन लाग्या हँ । किन भएको कुरामा नाटक गर्नु ? पक्कै पनि यो डलरेहरुको खेति हो । आखिरी डलरेहरु कुनै न कुनै खेति नगरी बस्नै सक्दैनन् । कुन कुराको खेति गर्ने, कुन कुराको खेति नगर्ने तिन्लाई अच्छासँग थाहा छ । मौसमी र वेमौसमी खेति गर्र्न तिनीहरु खप्पिस छन् ।
सुचनेको झटारो
झालेमालेका नेता सुचने माने सुभाषचन्द्र नेम्वाङ्ग व्यंग्य गर्न र अरुलाई झटारो हान्न खप्पिस मानिन्छन् । अस्तिका दिन उन्ले झालेमालेका सांसदहरुलाई ख्याल मजाले झटारो हानेनन् । उन्ले भने अब विगमा जस्तै संसद भवन भित्र मुख च्यातेर हाइ नगर्नुहोला । पत्रिमा ड्याम्म छापिएला । नेम्बाङ्गको झटारोले झालेमोका सांसदहरु यतिेबेला विलखबन्धमा प¥या छन् । हाइहाई गर्दा मुख च्याति हाल्छ । अब हाई गर्दा मुख नच्याति कसरी गर्ने भनेर झालेमालेकै आफ्ना सांसदहरुलई प्रशिक्षण पो दिने हो कि ? नत्र उनीहरु ससदमै नआउन सक्छन् । आएपनि हाई आएको बेला संसद भवन बाहिर निस्कन सक्छन् । यसका लागि उपयुक्त व्यवस्थाचाहिँ गर्नेपर्छ नत्र पत्रिकाले फोटो छाप्याछाप्यै गर्छन् ।
अन्तेमा
फरक–फरक जन्ममितिले यतिबेला उच्च न्यायलयका न्यायाधीश देखि लिएर, प्रहरी प्रशासन,
कर्मचारीहरुमा आतंक नै फैल्याएको छ । कसैले धेरै समय जागिर खान जन्ममिति गडबढी ग¥या छन भने कसैको लापारबाहीले यस्तो भा’छ । न्यायालयका न्यायाधीशबाट शुरु भएको जन्मििमत आतंक यतिबेला नेपालका संसदमा पनि छि¥या छ रे । अस्तिका दिन पर्धानमन्तरी खप्रओले कार्जेकर्ता प्रशिक्षणमा प्वाक्कै बोलिदिए । अहिले संसदमा सबैभन्दा पाका महेन्द्र राय हुन रे । हिजोसम्म तिनै खप्ओले रायलाई भाई भन्थे । अहिले राय खप्रओ भन्दा नि जेठा निस्किए । त्यसको गृुह्य कुरा पनि खप्रओले खोलिदिए । नागरिकतामा उमेर धेरै बनाएको
रै’छ । आÏनो जन्म मितिमात्र सबैतिर ठ्याक्क मिलेको भनेर ओलि यतिबेला गमक्क प¥या छन् ।
