धरान १९ फागुन ः चिठ्ठाको नाममा ठगी गर्ने गिरोहलाई प्रहरीले प्रक्राउ गर्न सफल भएको छ ।
दिनप्रतिदिन चिठ्ठाको नाममा ठूलो रकम ठगी भएको उजुरी प्रहरीमा पर्न थालेपछि प्रहरीको प्रहरी अनुसन्धान व्युरो (सिआवी) र प्रहरीको सक्रियतामा उनीहरुलाई धमाधम प्रक्राउ गर्न सफल भएको हो ।
पछिल्लो समय धरानका रमेश श्रेष्ठले चिठ्ठाको नाममा ठगी भएको उजुरी इलाका प्रहरी कार्यालय धरानमा दिएपछि प्रहरीले सक्रियता बढाएसंगै यस्ता गिरोहमा संलग्न ५ जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक समेत गरेको छ ।
प्रक्राउ पर्नेमा विराटनगर महानगरपालका वड नं. ११ महेन्द्र चौक डेरा गरी बस्ने ४० बर्षीया अनिताकुमारी राउत र उनका छोरा २३ बर्षीय आशिष महत क्षेत्रीलाई प्रहरीले विराटनगरबाट प्रक्राउ गरेको छ भने ६१ बर्षीय टिकाराम जैसी, ३१ बर्षीय यशकुमार थापा र ३७ बर्षका प्रितमबहादुर गुरुङ्गलाई काठमाण्डौबाट सिआइवी र प्रहरीका टोलीले प्रक्राउ गर्न सफल भएको हो ।
प्रक्राउका राउत आमा छोराले पछिल्लो लट्रीको नाममा उजुरी दिने रमेश श्रेष्ठबाट मात्र २ लाख ३७ हजार ठगी गरेको पाइएको छ भने अन्य विभिन्न स्थानका व्यक्तिहरुलाई चिट्ठा परेको भन्दै ७ लाख ४८ हजार भन्दा बढी ठगी गरेको धरान प्रहरीले बताएको छ । पछिल्लो पटक छोरा आशिषले फागुन १० गते आमा अनिता कुमारीलाई विराटनगरकै आइएमईबाट पैसा निकाल्न लाग्ने क्रममा प्रहरीले दुवैलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले बताउनुभयो ।
यस्तै प्रक्राउ परेका लमजुङ रानीबास गाउपालिका वडा नं. ११ का प्रितमबहादुर गुरुडले ५ लाख, नवलपरासी देवचुली–८ बस्ने यशकुमार मगर २० हजार, वाग्लुङ नगरपालिका वडा नंं १२ बस्ने टीकाराम जैसी पाठकले ३ लाख २९ हजार रुपैया ठगी गरेको पाइएको डिएसपी पौडेलले जानकारी दिनुभयो ।
भाइवर तथा इमोको माध्यमबाट सर्वसाधारणलाई बेवकुफ बनाई रकम असुल्ने गरेको बताउदै यसको गिरोह नेपालमा मात्र नभई विदेशमा समेत सक्रिय रहेको उहाले जानकारी दिनुभयो । प्रहरीले ठगी गर्ने व्यक्तिको नाममा आएको रकम आइएमइ सञ्चालन गर्ने सञ्चालकहरुसंग समन्वय गरेर प्रक्राउ गरेको हो ।
यस्ता गिरोहहरु अझै सक्रिय रहेका कारण सचेत रहन सबैमा प्रहरीले आग्रह समेत गरेको छ ।
प्रक्राउ गरेका पाचै जनालाई ठगी मुद्दा अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ भने उनीहरुमाथि अझै अनुसन्धान भइरहेको डिएसपी पौडेलले जानकारी दिनुभयो ।.

