सधै काममा व्यस्त होटल व्वसायी वनभोजमा

धरान  ः सधै अरुको सेवामा तल्लिन होटल व्यवसायीहरु फुर्सद मिलाएर एक दिन सन्देशमुलक वनभोज कार्यक्रममा सहभागी भए ।
होटल व्यवसायीहरुको संगठन होटल एसोसिएसन धरानको आयोजनमा धरान ८ हरियालीमा एकै ठाउमा भेला भएर विगतका दुःख कष्ट भुलेका हुन् ।
सधै व्यस्त रहने उनीहरुले सोही वनभोज कार्यक्रममा प्रदेश नंं १ का सभामुख प्रदीप भण्डारी र धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीलाई सम्मान समेत गरे ।
वनभोज कार्यक्रमले धरानमा रहेका होटल व्यवसायीहरु एकजुट हुन सहयोग पुग्नुका साथै व्यवसायीरुको समस्याका बारेमा पनि बुझ्न सहज हुने भएकोले एक दिने वनभोज कार्यक्रमको आयोजना गरिएको होटल एसोसिएसन धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले बताउनुभयो ।
उहाले होटल व्यवसायमा पानीको आवश्यकता बढी पर्ने भएकोले र पानीको चुहावट रोक्न पनि ’प्रत्येक सेकेण्ड पानीको चुहावटबाट दैनिक १५ देखि २० लिटर पानी बचन गर्न सकिन्छ’ भनेर व्यानरमा लेखिएको बताउदै सुख्खा मौसममा हुने पानीको हाहाकार रोक्न यसले केही सहयोग पुग्ने पुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया