तल्लो स्तरबाट समयमै संविधान बनाउन दबाब दिने

धरान/शीर्ष तीन दललाई माघ ८ गते संविधान  निर्माण गर्न संघीय लिम्बुवान पार्टी नेपालको तल्लो स्तरबाट नै दबाब दिने भएका छन् ।
केही समय अगाडि धनकुटाको भेडेटारमा भएको लिम्बुवानजन्य पार्टीहरुको एकीकरण पश्चात गठन भएको संघीय लिम्बुवान पार्टी नेपालको धरान नगरपालिका वडा नंं. २२ को गठन गर्ने क्रममा लिम्बुवान कार्यकर्ताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले संविधान जातीय आधारमा नभई भौगोलिक र ऐतिहासिकताको आधारमा पहिचानसहितको संघीयता भएको संविधान तोकिएकै समयमा निर्माण गर्न प्रमुख दलहरुलाई दबाब दिने बताउदै प्रक्रियाको आधारमा संविधान बन्यो भने आफूहरुलाई मान्य नहुने  त्यो संविधान जलाइदिने चेतावनी समेत दिएका छन् । लिम्बुवानजन्य पार्टी एकीकरणपश्चात सुनसरी जिल्लाको धरानबाट पहिलो पटक वडा स्तरीय कमिटी गठन गरिएको र यसको प्रमुख उद्देश्य तोकिएकै समयमा सबैले मान्य संविधान निर्माण गर्न दबाब दिने रहेको संघीय  लिम्वुवान पार्टी, नेपालका सुनसरी अध्यक्ष गजेन्द्रमान क्याक लिम्बुले जानकारी दिनुभयो । उहाले तोकिएकै समयमा संविधान निर्माण गर्नुपर्ने र संविधानमा अरुण पूर्वका नौ जिल्लालाइ लिम्बुवान बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका धरान नगर अध्यक्ष अनुप
राईको अध्यक्षतामा सम्पन्न सो भेलाले यम लिम्बुको अध्यक्षतामा ४५ सदस्यीय २२ नं. वडा कमिटी समेत गठन गरिएको छ ।
सुनसरी जिल्ला गजेन्द्रमान क्याक लिम्बुको प्रमुख आथित्यमा सम्पन्न वडा गठन कार्यक्रममा संगठनका केन्द्रीय सदस्य स्वर्णिम हाड फोम्बो, युके प्रवास समितिका उपाध्यक्ष नवराज लिम्बु, धरान नगर उपाध्यक्ष रितेश लिम्बु लगायतले अरुण पूर्वका नौ जिल्लालाई अब बन्ने संविधानमा लिम्बुवान बनाउन दबाब दिनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया