विराटनगर । पूर्वी क्षेत्रमा गुन्डागर्दी तथा आतंक फेलाउँदै आएका गुन्डा नाइके एलिस गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महेन्द्र चोकको एक होटेलबाट गुरुङलाई
विराटनगर प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसीले जानकारी दिए ।
हत्याको प्रयासदेखि रकम असुलीको उजुरी समेत परेका गुरुङ पहिलेदेखि नै प्रहरीको खोजीमा थिए । विराटनगरका पेट्रोलपम्प सञ्चालक पशुपति भगतमाथि आक्रमण गरेपछि गुरुङ प्रहरीको खोजी सूचीमा परेका थिए ।
पक्राउ परेका गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । फरार भए पनि गुरुङले विभिन्न नम्बरबाट कल गरेर व्यवसायीसँग फिरौती माग्ने गरेका थिए ।
गुरुङ विराटनगरमा घरजग्गा
कारोबार तथा होटेल व्यवसाय सञ्चालन गर्दै आएका छन् । पर्शुराम बस्नेतको समूहमा रहेर गुन्डागर्दी गर्दै आएका गुरुङले पछिल्लो समय छुटै समूह बनाएको प्रहरीले जनाएको छ ।

