मोदीले घोषणा गरेको ‘भारत–नेपाल शिक्षा मैत्री कार्यक्रम” शुभारम्भ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषण गरेको ‘भारत–नेपाल शिक्षा मैत्री कार्यक्तम’ अन्तर्गत करिब २० जना नेपाली विद्यार्थीको समूहलाई
भारतका प्रतिष्ठित विद्यालयको ४––६ साताको भ््रामण आयोजना गरिने भएको छ ।
मोदीले गत साउन १८ र १९ मा नेपाल भ्रमणका क्रममा नेपालमा विभिन्न विषयहरुमा अण्डरग्राजुएट र पोष्टग्राजुएट तहमा अध्ययनरत नेपाली विद्यार्थीहरुको लागि यो कार्यक्रम स्थापना गर्ने घोषणा गरेका थिए ।
भारतीय राजदूताबासले शनिबार एक विज्ञप्ति जारी गरी कार्यक्रम सुरु भएको जानकारी दिएको छ । कार्यक्रमले युवा मष्तिस्कलाई
भारतीय जीवनका विभिन्न पक्ष तथा भारत–नेपाल सम्वन्धवारे अझ
राम्रोसँग बुझ्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
‘यसले हाम्रा दुई देशबीचका जनताबीच निकट र मैत्री सम्बन्ध अझबढी प्रवद्र्धन गर्नेछ,’ दूताबासले भनेको छ, ं‘भारत–नेपाल शिक्षा मैत्री कार्यक्रम” अन्तर्गत प्रथम समूह भारत प्रस्थान गर्न गइरहेको घोषण गर्न पाउदा दूतावास हषिर्त छ ।’
विद्यार्थीहरुले भारतका प्रतिष्ठित एवं पुराना विश्वविद्यालयहरु मध्येको एक ‘कलकत्ता विश्वविद्यालय’ को १–२५ नोभेम्बरसम्म भ्रमण गर्दैछन ्। भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद भारतका वर्तमान महामहिम राष्ट्रपति प्रणव मुखर्जी उपराष्ट्रपति एम. हामिद अंसारी र नेपालका राष्ट्रपति रामवरण यादव यस प्रतिष्ठित विश्वविद्यालयका विशिष्ट भूतपूर्व विद्यार्थीहरु मध्येका हुन् ।
कार्यक्रममा कलकत्तामा रहेका ऐतिहासिक तथा साँस्कृतिक महत्वका स्थानहरुको स्थलगत भ््रामण, शैक्षिक कार्यक्रमहरुमा सहभागिता र स्थानीय तहका नेतृत्वदायी व्यक्तित्वहरुसँग अन्तरक्रिया रहने दूताबासले जनाएको छ । दूतावास यस कार्यक्तमको सफलतापूर्वक सुरुवात गर्न नेपालको शिक्षा मन्त्रालयले गरेको सहयोगको लागि धन्यवाद समेत दिएको छ ।

तपाईको प्रतिक्रिया