राष्ट्रिय युवा जनस्वयमसेवकमा राई

इटहरी÷नेकपाको भातृ सगठन राष्ट्रिय युवा जन स्वयम सेवकको तेस्रो राष्ट्रिय सम्मेलनले बलराम
राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आइतबार विराटनगरमा सम्मेलन आयोजना गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि संगठनले इटहरीमा कार्यक्रमको आयोजना गरेको थियो । राष्ट्रिय युवा जनस्वयम् सेवक अब नयाँ विचार,योजना र नेतृतव सहित योङ्गरेड फोर्स (थ्यलन चभम ायचअभ) को नामबाट अगाडि आएको छ । सम्मेलनले उपाध्यक्षमा मिना चलाउने, महासचिवमा दिपराज शेर्पाली, सचिवमा देव गुरुङ्ग, कोषाध्यक्षमा प्रेम विक सहित ४५ जनाको कार्यसमिति समेत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया