नेपाली सेना दिवस ः आस्था र भरोषाको मेरुदण्ड

विगतका बर्षहरुमा झै यस पटक पनि नेपाल र नेपालीका गौरव, राष्ट्र, राष्ट्रियताप्रति समर्पित, राष्ट्रिय अखण्डता, राष्ट्रको सम्प्रभुसत्ताको संरक्षक आस्था र भरोसाको मेरुदण्ड नेपाली सेनाले आÏनो स्थापना दिवस अर्थात सेना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाली सेनाले आज जुन गौरपूर्ण गाथा गरेको छ त्यस्तो
गौरवपूर्ण गाथा संसारका कुनै पनि मुलुकका सेनाको विरलै पाइन्छ । राष्ट्रिय अखण्डताको सुरक्षा, आन्तरिक शान्ति सुव्यवस्थामा अग्रणी भूमिका, दैवीप्रकोपको उद्धारमा प्रेरणदायी सक्रियता, द्वन्द्वग्रस्त मुलmुकमा शान्ति सुव्यवस्थामा अहम् भूमिकामा नेपाली सेना सदैव दुई कदम अगाडि रहने छ ।
इतिहासदेखि वर्तमान सम्म आइपुग्दा नेपाली सेनाको भूमिकामा आज हरेक नेपालीले गौरव गर्ने गरेका छन् । नेपाल एकीकरण अभियान नेपाली सेनाको इतिहासमा एउटा कोशेढुंगा थियो । त्यसताका एउटा बलियो सैनिक संगठन बिना एकीकरण सम्भव हुनै सक्दैनथ्यो । नेपाली सेनाको सैनिक संरचनाको विकासका लागि बाहिरबाट हतियार तथा प्रविधि भिœयाई
गोरखामा सेना संगठित गरियो । गोर्खाली फौजले नुवाकोट तथा सन् १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई साही नेपाली सेनाको रुपमा चिनिन थालियो । शाही नेपाली सेनाको वीरता, स्वामी भक्ति तथा साधारणतया शत्रुपनि प्रभावित हुन थाले । शाही नेपाली सेनासँग लडेको लडाईमा उनीहरुको वीरताबाट प्रभावित भई वृटिश इन्डिया कम्पनीले पनि आफ्ना नेपाली भर्ति शुरु ग¥यो । जुन अहिलेसम्म गोर्खाली सेनाको रुपमा कायम छ ।
बेलायतीहरु तिनलाई गुर्खाज भन्ने गर्दछन् । अझैसम्म कतै केही गलत बुझाई छ  कि शाही नेपाली सेना बेलायती तथा
भारतीय गोर्खा सेनाको हिस्सा हो । जबकि भारत तथा बेलायतमा रहेका गोर्खाली फौज विदेशी सैनिक संगठनका हिस्सा हुन् । जसमा नेपाली युवालाई भर्ति गर्ने गरिन्छ । शाही नेपाली सेना नै सक्कली गोर्खाली फौज हो । नेपालको राष्ट्रिय सेना हो । जुन देश १७४४ देखि स्वतन्त्र, सार्वभौम रहिरहेको छ जहाँ कहिले पनि कुनै औपनिविेशक शक्तिलाई छिर्न दिएन  । यो नेपाली सेनाको सबैभन्दा ठूलो सफलता हो । नेपाली सेनाको सञ्चालन तथा शुरुवात वडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । नेपाली सेना दक्षिण एसियाको सबैभन्दा पुरानो सेना हो, यो सेना नेपाली एकीकरणको शुरुवातसँगै बन्न शुरु भएको थियो । हाल नेपाली सेनामा ९७ हजारको जनशक्ति रहेको छ ।
नेपालमा माओवादीको विद्रोहको शुरुवात पछि केही जनशक्ति नेपाली सेना तथा नेपाल प्रहरीबाट लगि नेपाल शसस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल सशस्त्र बल रक्षक फोर्समा पनि जाने गर्छन् । नेपाली सेना वाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका अवस्थामा विकास निर्माणमा समेत सक्रिय रहने गरेको छ । खासगरी सेनाले बनाएका सडक मार्गहरु देशका प्रायः सबै भागमा रहेका छन् । त्यसैगरी राष्ट्रिय सम्पत्ति विद्युत, टेलिफोन स्टेशनहरु, ऐतिहासिक गढी
दरबारहरुको सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सुरक्षामा सक्रिय रहदै आएको छ । यसका अलावा अन्य विकास निर्माण, प्राकृतिक विपत्तिमा उद्धारको कार्यमा समेत सेनाको अहम् भूमिका रहदै अएको छ । नेपाली सेनाको गठन कहिले अर्थात कुन मितिमा भयो भन्ने ठ्याक्कै भन्न र उल्लेख नभएपनि
महाशिवरात्रीलाई सेनाले आफ्नो स्थापना दिवस अर्थात सेना दिवसको रुपमा मनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया