धरान÷ बिगत ६ बर्ष यता माछाको ब्यबसायीक उत्पादन सुरु भएको धनकुटामा माछापालन ब्यवसायले फस्टाउन भने सकेको छैन । धनकुटामा माछा पालनको प्रसस्त सम्भावना भएपनि प्राबिधिक ज्ञान र भारतिय माछाको उपलब्धता, सिचाइ सुबिधा, बित्तिय संस्थाले लगानिमा चासो नदिईदा कृषकले भने जति उत्पादन भने गर्न सकेका छैनन् ।
२०६७÷६८ सालवाट माछापालनको ब्यबसायीक सुरुवात भएको धनकुटामा ६ बर्ष बित्दा पनि आषातित बन्न सकेको छैन । स्थानिय स्तरमा उत्पादित माछाको माग र उत्पादनको प्रसस्त सम्भावना रहेको छ । छ बर्षको अबधिमा धनकुटामा चार हेक्टर क्षेत्रफलवाट बार्षिक पाँच मेटिूकटन मात्रै माछा उत्पादन हुदै आएको छ । पहाडी क्षेत्रमा उत्पादन गरिएको माछा खान स्वादिलो हुने तथा आयातित माछा भन्दा ताजा हुने भएकाले स्थानिय क्षेत्रमै उत्पादन गरिएको माछाको माग बढि छ । जिल्लामा उत्पादन भएको माछालाइ बजारको कुनै समस्या नरहेको तथा माग धान्नै मुस्कील रहेको धनकुटा बुढिमोरङ्गका माछापालक कृषक देब इवाहाङ्ग बताउनु हुन्छ ।
हाल जिल्लामा उत्पादन भएको माछाले थोरै मात्र माग जिल्लाको माग धान्ने गरेको
छ । ९० प्रतिसत भन्दा बढि माग भारतिय र तराइको बजारबाट आपुर्ति हुने गरेको छ । माछा कृषकलाई माछा पालन गर्नको प्रबिधिकको समस्यामात्र हैन लागत बढि पर्छ । यसैका कारण तराइ तथा भारतको माछाले बजार पिटेको छ । कृषकहरुका लागि आम्दानीको मुख्य आम्दानीको स्रोत भएपनि माछापालन ब्यबसाय फस्टाउन नसकेको जिल्ला कृषिबिकास कार्यलय धनकुटाका प्राबिधिक सुर्य साप्कोटाले जानकारी दिनभयो ।
माछा पालन ब्यबसाय फस्टाउन नसकेका पछि तिन बर्ष यता जिल्ला कृषि बिकास कार्यालयले उपलब्ध गराउदै आएको सेबा सुबिधा समेत कटौति गरेको छ । यस अघि कार्यलयले माछाका भुरा तराइवाट निसुल्क ढुवानी गराउदै आएको थियो । यता माछा पलन गर्न आर्थिक रुपमा समस्या समेत हुने गरेको छ । बैक तथा बित्तिय संस्थाले कृषि क्षेत्रमा थारै ब्याजमा लगानी गर्ने गरेको सुने पनि यस क्षेत्रमा लगानीमा चासो नदिएका कारण माछा पालन ब्यबसायमा समस्या रहेको स्थानिय कृषक मुना सुब्बाको भनाइ छ ।
जिल्लाको लेउति, बाख्रे तथा पात्ले खोला आसपासका बिभिन्न स्थानमा ब्यवसायीक रुपमा माछा उत्पादन हुने गरेको छ । धनकुटाको उच्च क्षेत्रमा असला, सहर, तथा तल्लो क्षेत्रमा मुङ्ग्री, रौ, कमनकार्भ ग्रासकार्भ लगायतका माछा ब्यवसायीक रुपमा सफल देखिएका छन् ।

