धरान÷उपचारमा संलग्न चिकित्सकले गरेको लापारबाहीका कारण विरामीको अवस्था नाजुक भएको आरोप लगाउदै विरामीका आफन्तले दोषीलाई कारबाहीको माग गरेको छ ।
गत पौष २४ गते इटहरी ५ जनता बस्तीकी २७ बर्षीया आशिका लिम्बुको पित्त थैलीमा भएको पथरी शल्यक्रियामार्फत निकाल्ने क्रममा
विराटनगरको विराट नर्सिङ्ग होमका चिकित्सक आरके सिंहले लापारबाही
गरेको आफन्तको आरोप छ ।
शल्यक्रियाका क्रममा डा. सिंहको लापारबाहीका कारण आन्द्रामा प्वाल परी इन्फेक्सन भएकै कारण शल्यक्रियापश्चात विरामीको अवस्था झन विग्रिएकोले अस्पतालमै आइसियुमा भर्ना गर्नुपरेको आशिकाका श्रीमान् कृष्ण सम्हाम्फेले बताउनुभयो । उहाले १४ दिन सोही अस्पतालमा आइसियुमा राख्दा ठीक नभएपछि अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेर अस्पताल चोखिन खोजेको आरोप उहाको छ । अहिले पनि प्रतिष्ठानको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गराउनु परेको विरामीका पति कृष्णको भनाई छ ।
हालसम्म पनि आशिकाको होस नखुलेको बताउदै हालसम्म २० लाख भन्दा बढी उपचारमा खर्च भइसकेको उहाको भनाई छ ।
उपचारमा गल्ति भएकै कारण यस्तो हविगत भएको भन्दै गल्ति गर्ने चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्तिको माग आफन्तको छ । उपचारका लागि नर्सिङहोम जानु भएका छिमेकी नयनकुमार विश्वकर्माले चिकित्सकको यो हदैसम्मको लापारबाही भएकोले उपचारमा संलग्न चिकित्सकलाई हदैसम्मको कारबाहीको माग गर्नुभएको छ ।
सल्यक्रियापछि विरामी झन झन गम्भीर बन्दै गएकाले उपचारमा संलग्न चिकित्सक डा. सिंहले लापारबाही गरेको आफन्तको आरोप छ । प्रतिष्ठानमा डा. नरेन्द्र पण्डितको टोलीले आशिकाको उपचारमा भरमग्दुर कोशिश गरे पनि विरामीको अवस्था बीसको उन्नाइस पनि नभएको इजमको भनाई छ ,।
यसै सम्बन्धमा बुझ्नज विराट नर्सिङ्ग होमका प्रबन्धक पदम
विडारीलाई मो. नंं ९८५२०२६३५६ मा पटक पटक सम्पर्क गर्दा पनि उहाको फोन उठेन ।
