धरान÷ सँमुदायिक विद्यालयमा पूर्वाञ्चलमै पहिलो पटक प्लस २ का लागि विज्ञान संकाय सञ्चालन गर्ने पूर्वाञ्चलकै सबैभन्दा पुरानो विद्यालय पब्लिक उच्च माविले विज्ञान प्रदर्शनी गर्ने भएको छ ।
धरान १२ चतरालाइनमा रहेको विद्यालय प्रांगरणमा आगामी माघ १७ र १८ गते प्रदर्शनी गर्न लागेको विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
‘प्राविधिक तथा वैज्ञानिक शिक्षा आजको आवश्यकता, दक्ष, असल र प्राविधि जनशक्ति उत्पादन गर्ने हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ आयोजना हुन लागेको सो मेलाको प्रमुख उद्देश्य सामुदायिक विद्यालय तथा नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विज्ञानतर्फ आकर्षित गनु नै रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिनुभयो ।
विद्यार्थीहरुबीच विज्ञान प्राजेक्ट प्रतिष्पर्धा, मनोरञ्जनात्मक खेल, निःशुल्क स्वास्य शिविरका साथै विविधि सांस्कृतिक कार्यक्रमहरु प्रदशनीको मुख्य आकर्षक रहेको विद्यालय अभिभावक संघका अध्यक्ष एवम् कार्यक्रम संयोजक हरि कार्कीले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको स्तरलाई उकास्न नीजि विद्यालयलाई समेत सहभागी गराई यो विज्ञान प्रदर्शनी तथा शैक्षिक मेला लगाउन लागिएको उहाले जानकारी दिनुभयो ।
७ लाख ५ हजार लागत लाग्ने सो विज्ञान प्रदर्शनी तथा शैक्षिक मेलामा धरान क्षेत्रमा रहेका सृुजना प्रविधि, कृषि, शैक्षिक संस्था,
सरकारी तथा गैर सरकारी संघ संस्था तथा अन्य व्यवसायिक समूहहरुको समेत सहभागिता रहने आयोजकल जनाएको छ ।
