भारतीय ऋृषि इंक व्याण्डद्वारा सांगीतिक कार्यक्रम प्रस्तुत

राजधानी÷उदयीमान शक्ति राष्ट्र भारतको ६९ औं गणतन्त्र दिवस र नेपाल भारत कुटनीतिक सम्बन्ध स्थापित भएको ७० बर्ष पुगेको अवसरमा नेपालस्थित भारतीय राजदुतावासले शनिवार एक भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।
दुतावासद्वारा आयोजित भारतको चर्चित व्याण्ड ऋषि इंक व्याण्डद्वारा काठमाण्डौको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा कार्यक्रम सम्पन्न गरेको थियो । सांगीतिक कार्यक्रमको समुद्घाटन राष्ट्रपति विद्यादेवी
भण्डारीले गर्नुभएको थियो ।
भारतमा दर्शक एवम् स्रोताहरु माझमा मल्टी जानरा व्याण्डका रुपमा चिनाउने ऋषि इंक व्याण्डले सुफि गीत वुल्लाको जानाबाट कन्सर्ट शुरु गरेको थियो । खचाखच भरिएको आर्मी अफिसर्स क्लबमा स्रोताहरुले प्रस्तुति दिएका प्रत्येक गीतमा वान्समोरको हुटिङ्ग गरेका थिए । व्याण्डले आफनो दोस्रो प्रस्तुति पाकिस्तानका चर्चित गायक नुसरत फतेह अली खानको सनु इक पल चैन न आवे पस्किएको थियो । उसले खानको गीतलाई इम्प्रोभाइज्ड भर्सनमा सुनाएको थियो । हिन्दी गीत मात्र नभएर नेपालको रेसम फिरीरी–
रेशम फिरीरी गीत समेत पस्केको थियो । रेशम फिरिरिको प्रस्तुति दिँदा दर्शकदिर्घाबाट उठेका स्रोतहरु नाचेका थिए ।
सात सदस्यीय टोलीको व्याण्डमा ऋषि दत्त किवोर्डमा, ऋषि प्रसन्न बाँसुरीमा, शान्ता रोशन भोकलमा, तरित पाल तबलामा, अनुग्रह व्यास गितारमा र गौतम मेनन ड्रम सेटमा व्यस्त रहेका थिए । व्याण्डले झण्डै दुई दुर्जन गीतहरु पिया हमर जानले गई, छन्ना मेरे आ, गुलाबी आँखे, करम कर दिजिए, दिल सम्भलजा जरा, लग जा गले, तुमको मै चाहुँ, वरखुदा तुम्ही हो जस्ता गीतहरु पस्किएको थियो ।

तपाईको प्रतिक्रिया