धरान÷लागू औषध कारोबारी संख्यामा दिनप्रतिदिन वृद्धि हुदै गएको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा लागू औषध बेचविखनलाई राम्रो आम्दानीको स्रोतका रुपमा लिएर युवा पुस्ता यसमा संलग्न भएको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
लागू औषध कारोबारलाई न्युनिकरण गर्ने प्रहरीले अभियान नै चलाएको ६ महिनाको अवधिमा धेरै कारोबारी र लागू औषध धरान प्रहरीले बरामद गर्न सफल भएको उहाले बताउनुभयो । उहाका अनुसार गत साउनदेखि माघको पहिलो सातासम्म लागू औषधका ६५ मुद्धा दर्ता गरिएको छ भने लागू औषध ओसारपसारमै यो अवधिमा ९३ जनालाई कारबाही गरिएको छ । जसमध्ये ४ जना महिला रहेको डिएपसी पौडेलले
बताउनुभयो ।
प्रहरीले ६ महिनाको अवधिमा ४८ बोतल डाइलेक्स, ४ सय ४२ एम्पुल एभिल, डाइजेलाभ ४ सय ३८ एम्पुल, लुपिजैसिक ४ सय ३० एम्पुल, नाइट्रोसन ३ सय ११ गोटी, ब्राउनसुगर २०.५ ग्राम, स्पास्मो प्रोक्सिभन १ हजार २ सय ५ क्याप्युल,
कोरेक्स १ बोतल र गाजा ९.५२ केजी
बरामद गरेको छ ।
लागू औषध राम्रो आम्दानीको स्रोतको रुपमा लिदै युवा पुस्ता यसमा संलग्न भएको पाइएको डिएसपी पौडेले बताउनुभयो े । उहाँले प्रक्राउ गरिएका लागू औषध कारोबारीमा २० देखि ४० बर्ष उमेर समूहका रहेको समेत जानकारी दिनुभयो ।
अहिले प्रयोग कर्ता भन्दा पनि काराबारीको संख्यामा बृद्धि भएकोले यसको न्युनिकरणका लागि प्रहरी सक्रियतापूर्वक लागेको उहाले जानकारी दिनुभयो । उहाले धरानलाई केन्द्रविन्दु बनाएर पहाडी इलाकासम्म लागू औषधको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।
