मकालुद्वारा जेब्रा क्रशिङ

बिराटनगर मकालु एकेडेमी
बिराटनगरले बिराटनगरस्थित हाम्रो चोकमा जेब्रा क्रशिङ बनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय
बिराटनगरको सहकार्यमा मंगलबार उक्त जेब्रा क्रशिङ बनाइएको थियो ।
त्यसैगरि बुधबार मकालु एकेडेमीमा पोखरिया बिद्यालयका विद्यार्थीलाई पनि सहभागी गराइ जिल्ला ट्राफिक प्रहरी कार्यलय बिराटनगरद्वारा ट्राफिक नियमसम्बन्धि चेतनामूलक कक्षा दिइएको थियो ।
उक्त कार्यक्रममा बिद्यार्थीहरुलाइ प्रयोगात्मक रुपमा जेब्रा क्रशिङबाट बाटो पार गराइ बाटो काट्दा ध्यान दिनु पर्ने
कुराहरु सिकाइएको थियो ।
यसरी निजि तथा सरकारी बिद्यालयको संयुक्त उपस्थितीले विद्यार्थीहरुबिच आपसी सम्बन्ध प्रगाढ रहने तथा निजि र सरकारी स्कुलका बिद्यार्थीहरु समान हुन भन्ने कुरा झल्काउने कुरामा विश्वस्त रहेको मकालु एकेडेमीका प्रधानाध्यापक राम प्रसाद पौडेल बताए ।

तपाईको प्रतिक्रिया