सचेतनात्मक नाटक प्रदर्शन गरिने

धरान÷ विगतदेखि नै नाटकको माध्यमबाट सचेतना फैलाउदै आएको धरानको रंगभूमि एकेडेमीले दोस्रो पटक सचेतनात्मक नाटक‘ईङघङ’ प्रदर्शन गर्ने भएको छ ।
रंगभूमि एकाडेमीले आइतबार धरान ९ पूर्ण पथमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना धरान–८ स्थित सभागृहमा आगामी माघ ९ देखी १६ गतेसम्म प्रर्दशन गर्न लागेको बताएको हो । विष्णु मोक्तानको लेखन तथा निर्देशनमा प्रदर्शन हुन लागेको सो नाटकमा अशिक्षा, गरिबी र छुवाछुतको विषयलाई प्राथमिकताका साथ उठान गरिएको छ । यसका साथै पछिल्लो समय पश्चिमा संस्कृतिले गाज्दै गएको नेपालमा मौलिक संस्कृति
हराउदै गएको भन्दै यस विषयलाई समेत नाटकमा समावेश गरिएको निर्देशक मोक्तानले बताउनुभयो ।
एकघण्टा ४५ मिनेट लामो नाटकमा मोक्तानका अलवा कलाकार दीपेन्द्रसिंह दर्नाल, प्रेशिका निरौला, तुलसा थापा, संकर थापा, केबि लिम्बु, हरि इवाहाङ, कुमारी राई, उदीप लिम्बु, निश्चल कुलुङ, सोनाम मगर, मिलन चाम्लिङ रहेका छन् । विनायक राईको संगीत रहेको नाटक करिव १२ लाखको लगानीमा मञ्चन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया