धरान÷विपन्नताका कारण जाडोले स्कुल जान समेत नसकिरहेका स्कुले बालबालिकाहरुलाई धरान–२ स्थित
रहेको आवर फिटनेश सेन्टरले सोमबार न्याना स्विटरहरु वितरण गरेको छ ।
धरान उपमहानगरपालिका भएर पनि दुर्गम वडाको रुपमा चिनिएको वडा नं. ४ हर्दिया दानाबारीस्थित आधारभूत प्राविमा अध्यनरत ५६ जना छात्र छात्राहरुलाई सेन्टरले न्याना स्विटर वितरण गरेको हो । आवर फिटनेश सेन्टरका सञ्चालक अमन श्रेष्ठका अनुसार केही दिन यताको कठ्यांग्रिदो जाडोले त्यस क्षेत्रका बालबालिका विद्यालय जान समेत बञ्चित रहेको सुनेपछि मानवीय संवेदनशीलतालाई रोक्न सकिएन । जाडोकै कारण तराईमा दर्जन भन्दा बढीले ज्यान गुमाएको लगायतका समाचारले समेत आफूलाई प्रभावित बनाएपछि विद्यालयका छात्रछात्रालाई आफ्नो सानो सहयोगले थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले झण्डै १७ हजार रुपैया बराबरको स्विटर वितरण गरेको श्रेष्ठले बताउनुभयो ।
सेवक अभियानको संयोजनमा
धरान उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मानबहादुर राईको प्रमुख आतिथ्य र विद्यालयका प्रद्यानाध्यापक
चरण चौधरीको समुपस्थितिमा सेन्टरका सञ्चालक अमन श्रेष्ठले स्विटरहरु
वितरण गर्नुभएको थियो ।

