घण्टाघरबाट हेर्दा

ग्रहदशा बिग्रेको थ्यो रे
आफै त महादेउ उत्तानो टाङ्ग कस्ले दिन्छ बर भन्ने अवस्थामा पुग्या काँग्रेसको बुई चढेर जंघार तर्न खोज्या राप्रपाका कमलाउले भन्या ग्रहदशा बिग्रेकाले चुनाउ हा¥या रे । भन्नेलाई भन्दिए नि सुन्नेलाई कुरी कुरी लाग्ने । चुनाउ हार्न मात्र तिनका ग्रहदशा बिगेको त पक्कै थे’न । कहिले संविधान च्यात्ने, कहिले उत्कृष्ट भन्ने, कहिले हिन्दु राष्ट्र हुनुपर्ने, कहिले सबै धर्म हुनुपर्ने कहिले गणतन्त्रको विरोध गर्ने अनि सत्तामा लेपासिन पुुगेसी अब्बल गणतन्त्रवादी हुने कहिले राजसंस्था चाहिन्छ भन्ने अनि सत्तामा पुगेसी थुतुनै नखोल्ने मुसे चरित्र देखाएसी कमलाउले कताबाट चुनाउ जित्थे ? हुन त मुसे चरित्र कमलाउको अहिलेको नभएर उहिल्यैको हो । मतदाताले नपत्याएर आफ्नै घरेलु जिल्ला मकवनपुरबाट बल्याड्याङ्ग खाएका मुसे काजीले काठमाण्डौमा आफ्ना नन्दीभृंगी बोलाएर ग्रहदशा बिग्रेकोले चुनाउ हारेको फुइँ लगाएछन् । अस्तिका चुनाउमा हार्ने जति सबैका ग्रहदशा बिग्रेका थे क्यारे ।
फागुनसम्म पसल चल्ने भो
यस पटकको निर्वाचनमा बाम गठबन्धनले राम्रै व्यापार ग¥यो । टन्नै मुनाफा आर्जन ग¥यो । व्यापार पनि चल्यो मुनाफा पनि आर्जन ग¥यो तर दुई महिनासम्म लोकतान्त्रिक पसलेले खान दिनु त परै जाओस् छेउसम्म पर्न नदिने भयो । लोकतान्त्रिक पसलेको व्यापार चौपट्ट भा’छ । व्यापार चौपट्ट भएसी त्यसै त्यसै भाउन्न र खरो त हुने नै भयो । नचलेको पसल धेरै दिन त्यसै रुगेर बस्दा नि नहुने । उसलाई बडो मुस्किल प¥या छ । राष्ट्रियसभाको निर्वाचनको वहानमा निर्वाचन आयोगका मुखिया अयोधी चाचाले माघ २५ सम्म दोकान बन्द गर्नु नपर्ने चाँजो मिलाइ द्या छन् । त्यतिन्जेलसम्म लोकतान्त्रिक पसलेका साहुजी वाल्वाटारे काजी ढुक्क छन् । त्यसपछि आफूले खाइपाई आएको सबै बाम गठबन्धनले खाइदिने भए भनेर काजी र कजिनी दुवै पिरोलिएका छन् रे ।
राष्ट्रपति नमाग्ने रे
झालेमालेका नेता झल्लाझलुले अस्तिका दिन बडो गज्जबको कुरा गरे । यसो दमकतिर टहलिदै आ’रैछन् उनले आफ्नो मनको कुरा दुई चार जना आउरे भाउरेका अगाडि राखि हालेछन् । उन्ले मलाई राष्ट्रपतिको पदको लोभ छैन म लुप्त हुन भनेछन् । अब उमेरले नि नेटो काट्न लाग्यो । पर्धानमन्तरी र पार्टी अध्येक्षे दुवै पड्काइसक्या खनालले
राष्ट्रपति पदमा आँखा गाड्या रै’छन् ।
राष्ट्रपति हुन पाए बाँकी जीवन सरकारी खर्चमै वित्ने झलुको भित्री मनसुवा
रै’छ । अब उनलाई राष्ट्रपति दिने कि नदिने भन्ने खप्रओको तजविजको कुरा हो । खप्रओको ग्रिन सिग्नल कस पटि लक्षित हुन्छ त्यसैले राष्ट्रपति पड्काउने त हो । अनि दमकमा आएर दनादन झलुले आफ्नो मनको वह पोखेर किन बार्गेनिङ्ग ग¥यो होलान् ?
खप्रओमा झाडापखाला
झालेमालेका अध्येक्षे खप्रओर्ला कोल्ड डाइरिया चल्या छ रे । समयमै देउवाले पर्धानमन्तरी नदिँदा खप्रओलाई झाडापखाला लाग्या आशंका डा. साहेवहरुको छ । पर्धानमन्तरी पा’भे त्यसै त्यसै सिंहदरबारको कर्सीले राप फाल्थ्यो । विचाराले यो समयमै पाएनन् । तर केही छैन देउवा काजीले उपचार खर्चको व्यवस्था गर्दिया छन् रे । खप्रओ सरकारी खर्चमा थाइल्याण्ड गएर उपचार गर्ने
सुरसार गर्दैछन् । हैन हौ त्यस्तो जाबो झाडापखाला लाग्दा नि थाइलाण्ड नै पुग्नुपर्छ ? खप्रओहरुले नै त्यत्रो मनमोहन कलेज खोल्या छन् त ? जाबो झाडा पखालाको उपचारसम्म त्यहाँ नहुने रै’छ कि क्या हो ? हुन त मनमोहन हस्पिटल झाडापा पखाला लाग्या, खप्पर दुख्या, पेट दुख्या, पिँध दुख्याहरुको उपचार गर्न खोल्या नै होइन । त्यो त किड्नी झिक्न खोल्या हो । ओली बाको किड्नी झिकेर पनि काम लाग्ने खालको छैन रे । अनि विचरा थाइल्याण्ड नगएर कहाँ जाऊन त ?
ढुंगामुढा चक्काजाम
उहिल्यै उहिल्यै नेपालाँ एउटा कहावत थियो झालेमालेका तीन काम ढुंगा, मुढा, चक्काजाम । अहिले यी तीन कुरा सबै दलमा लागू भा’छ । आखिरी यो गनतन्त्र न हो । सुगन्धले सुगन्ध दिन्छ, दुर्गन्धले दुर्गन्ध दिन्छ । अहिलेको गनतन्त्र नि सडकाँ ढुंगा हानेर ल्या त हो । ढिलो चाँडो यसले आफ्नो स्वरुप नदेखाउने कुरै भएन । अब हेरौ न यतिबेला
राजधानी माग्नेहरुले झालेमालेको उहील्यैको कहावतलाई देखासिखी गर्न थाल्या छन् । बाँदर लड्ने भीरमा पनि
राजधानी चाहियो रे, पानीको थोपै खान नपाउने ठाममा पनि राजधानी चाहियो रे, बर्षामा चुर्लुम्म डुब्ने ठाममा नि
राजधानी चाहियो रे, गर्मीमा टिक्नै नसक्ने ठाममा पनि राजधानी चाहियो रे । यो
राजधानीको मागले कतिको ज्यान लिने हो कुन्नि । हुन त ढुंगा हानेर गनतन्त्र ल्याएझै राजधानीका लागि पनि ढुंगा नहानी पार लाग्ला जस्तोचाहिँ छैन । बरु कस्ले सडकाँ उभिएर ज्यादा ढुंगा हान्न सक्छ
राजधानीका लागि कम्पिटिसन गराइदे लन्ठै साफ । कि कसो हौ ?
सिध्याउने भए
पहिला पहिला काँग्रेसमा चार दाह«ी, चार अनाडी, एक धन्धुकारी भन्थे । अहिलेचाहिँ दुई दाह«ी, दुई साडी, दुई अनाडी र एक धुन्धुकारी देखिएका छन् । ती दुई दाह«ीमा फर्मुला मन्सुर र विमलेन्द्र निधि, दुई साडीमा आरजु र डिना, दुई अनाडीमा बालकृष्ण खाँड र ज्ञानेन्द्र कार्की अनि एक धन्धुकारीमा उही क्या । अहिले वाल्वाटार काजीले संसदीय दलको नेतामा ज्ञानेन्द्र कार्कीलाई अगाडि सारेका छन
रे । सार्ने भए नि जे गर, जसो गर, जतासुकै लैजाउ मलाई भन्ने मान्छे काजीबालाई चाहिया छ । अरु सबै बटारसिंह मान्त्र छन् । परक्क बटारिन्छन् । काजीले भनेको मान्नु भन्दा पनि उल्टै पौठेजोरी खेलुला झै गर्छन् । धन्न ससदीय दलको नेतामा वाल्वाटारे कजिनीलाई अगाडि सारेनन् । त्यसरी अगाडि नसाुर्नचाहिँ पक्कै कुनै जन्तरे गाँठो प¥या हुनुपर्छ । पार्टीचाहिँ सिध्याउने भए जस्लाई अगाडि सारे नि केही लचारपाटोचाहिँ लाग्ने देखिएन ।
खप्रओ प्रचण्ड सम्वाद
यतिबेला श्रीस्वास्थानी ब्रतको कथा घरघरमा चल्या छ । खपओ र प्रचण्डको सम्वाद कुमारीजीको भन्दा कम छैन । चुनाउमा वहुमत ल्याए पनि सिंहदरबार छिर्न नपाएर बालकोटतिरै डल्लो परेर बस्या ओलीले अस्तिका दिन कुमारीजीले झै प्रचण्डाउलाई आज्ञा गरेछन् । प्रचण्डाउ काम्रेड शेरबहादुर देउवाले वाल्वाटार छोड्न विलम्ब गरे । झट्ट बाल्वाटार छोडेर बुढानिलकण्ठतिर सर्न चाँजोपाँजो, भनसुन, दबाब दिनुप¥यो । रात रहे अग्राठ पलाउँछ भन्छन् । एक पटक फेरि पनि पर्धानमन्तरी भएर वाल्वाटारको कुर्सीमा हल्लिएर भित्तामा फोटो टास्ने र वाल्वाटाराँ आराम गर्ने रहर थ्यो । खप्रओको आज्ञा सुन्नसाथ प्रचण्डाउले नि कुमारजीकै शैलीमा भन्देछन् काम्रेड त्यो अत्यन्तै उपयुक्त कुरा हो । झालेमालेको अध्येक्षे बनेर मलाई त्यो कालो कुर्सी कहिले सुम्पिने होला । मलाई नि एक पटक झालेमालेको अध्येक्षे बनेर भित्तामा फोटो झुण्ड्याइ हाल्न मन लाग्या थ्यो । प्रचण्डाउको कुरा सुनेसी खप्रओको अपानवायु नै बन्द भे’छ । बरु आफ्नो वास्थ्यापचार गर्न बैंककतिरै जाँदा वेश होला भन्ठानी त्यसैको चाँजोपाँजो मिलाउन थाल्या छन् रे ।
अन्त्येमा
प्रदेशको राजधानी माग्दै आन्दोलनमा उत्रेका धनकुटेलीहरु आन्दोलन गर्दा गर्दा थाकेछन् क्यारे । हाम्लाई प्रदेशको राजधानी चाहियो भनेर विचराहरुले कहिले थाल ठटाउँदै जुलुस निकाले, कहिले खुट्टा फट्काउदै सडकमा चिच्च्चाए, केही धनकुटेलीहरु वाल्वाटारे काजीलाई दबाब दिन वाल्वाटारै पुगेर ज्ञापनपत्र बुझाउदै आमरण अनसन पनि बसे । तर कतैबाट राजधानी झर्लाजस्तो देखिएन । उनीहरु अझै आक्रोसित भएर आम हड्तालमा उत्रिए । तर वाल्वाटारे काजीले प्रदेशको राजधानी नतोक्ने जस्तो देखिएसी विचराहरुको त्यत्रो कठिन संघर्ष गेल भैँस पाइन मे
पररु सहित भा’छ ।

तपाईको प्रतिक्रिया