भेडेटार सडक उत्सव सम्पन्न

भेडेटारलाई प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने सागुरी गढी पाउपालिकाबासीको चाहना अनुरुप हिजो मंगलबार छैठौ भेडेटार खाना महोत्सव सम्पन्न भएको छ ।
आन्तरिक तथा वाह्य पर्यटकलाई भेडेटारसम्म ल्याउनेर भेडेटारका अत्यन्तै आकर्षक स्थलहरुको जानकारी गराई विश्वसामू चिनाउने मुल उद्देश्यका साथ पौष १६, १७ र १८ गतेसम्म सञ्चालन भएको खाना महोत्सवको उद्घाटन धनकुटाका प्रतिनिधिसभामा सांसद राजेन्द्र राईले गर्नुभएको थियोे ।
सुनसरी र धनकुटाको संगम स्थलको रुपमा रहेको भेडेटारमा रहेका आकर्षक गन्तव्य स्थल, यहा भएका आर्गगनिक खानाको जानकारी स्वदेशी तथा विदेशीलाई होस् भन्ने उद्देश्ले प्रत्येक बर्ष अंग्रेजी नया बर्षको अवसर पारेर गरिदै आएको भेडेटार खाना महोत्सव छैठौ पटक पनि आयोजना गरिएको भेडेटार होटल एसोसिएसनका सहसचिव आशिष राईले बताउनुभयो ।
विभिन्न सांस्कृतिक नाचगान, राष्टिूय तथा स्थानीय कलाकारहरुकोे महोत्सवभरि वेडोज पस्तुति रहेकोे यो महोत्वसमा तीन दिने महोत्वस अवधिभर यहाका कला र संस्कृति झल्कने मौलिक संस्कृतिको समेत प्रर्दशन गरिएकोे होटल एसोसिएसन भेडेटारका सल्लाहकार टंकप्रसाद लिम्बुले बताउनुभयो ।
त्यसो त भेडेटारकोलाई पूर्वकै गन्तव्य स्थल बनाउन यहा रहेका सबै बर्ग समुदायले समेत साथ दिएका छन् । विगतदेखि नै साहसिक खेलको रुपमा
धरान भेडेटार आसपासलाई बनाउन साइकलिङ्गद्वारा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । यसैबीच २०÷२५ जनाको टोली नै लिएर साइकलकै माध्यमबाट भेडेटार खाना महोत्सव पुग्नु भएका सुनसरी साइकलिङ्ग संघका सदस्य सुधिर लिम्बुले धरानका साथै भेडेटार आसपास साहसिक खेलको सम्भावना बढी भएका स्थान भएकोले आफूहरुले यस क्षेत्रलाई साहसिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रम गर्दैै आएको बताउनुभयो ।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीको अध्यक्षतामा सम्पन्न भएको तीन दिने महोसत्वमा प्रमुख अतिथि रहनु भएका धनकुटाका प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले भेडेटारलाई प्रदेश नंं १ को प्रमुख गन्तव्य स्थल बनाउन आफ्नो तर्फबाट जस्तोसुकै कदम चाल्न पछि नपर्ने सो अवसरमा बताउनु भएको थियो ।
यस गगाउपालिकामा पर्ने धनकुटामा रहेका अन्यन्तै आकर्षक पर्यटकीय स्थल शैलुङ्ग डाडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा रहेको सूर्यदय वौद्ध पार्क, नमस्ते झरना, नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडा, अजङ्गको बरको रुख, थाउजेन विग बुद्ध लगायत भेडेटार वरपर रहेका दर्जनौ भन्दा बढी पर्यटकीय स्थलको जानकारी गराउदै छैठौ बर्षसम्म आइपुग्दा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगामनमा वृद्धि हुदै गएको आयोजकले जानकारी दिएको छ । भेडेटारको विकासमा सहयोग पु¥याएको स्थानीय अग्रज कुलबहादुर लिम्ब र पत्रकारिताको क्षेत्रबाट भेडेटारको विकासमा कलम चलाउने पत्रकार्र सन्तोष काफ्ले लाई सम्मान समेत गरिएको थियो । महोत्सवमा विभिन्न प्रकारका घरेलु उत्पादनका सामाग्री तथा खानपिनका २२ वटा स्टल राखिएका छन् । महोत्सव अवधिभर २ करोड भन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया