धरान/महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्ति
धरानमा भव्यताका साथ मनाइएको
छ । धरान ४ स्थित रहेको लक्ष्मी वाचनालायले विगतका बर्षहरुमा झै यस पटक पनि स्रष्टाहरुलाई एकै स्थानमा उभ्याई सम्मान परिचर्चा तथा कविता गोष्ठी सम्पन्न गरेको छ ।
प्रा.डा. गोपाल भण्डारीको सभापतत्विमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा.टंक न्यौपाने, प्रा.डा. हरिप्रसाद दाहालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको विविध पक्षमाथि टिप्पणी गर्नुभएको थियो । सो अवसरमा साहित्यकार बद्री पलिखे, लोकगायक सुरेश गन्धर्व, जग्गादाताहरु मरोपरान्त लोकबहादुर राई, मोहन सिटौलालाई सम्मान गरिएको थियो भने वेणु आचार्य, गिरिराज आचार्य, श्री सुब्बा, बम देवान, हिक्मत खड्का, सुदिप पाख्रिन, प्रफुल्ल भण्डारी, भरतमणि भट्टराई, बद्री भिखारी, लोकनाथ लुइटेल, पवन गदाल, राजीव आचार्य, परिक्रमा श्रेष्ठले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट आदिकवि भानुभक्त आचार्यको द्वि सतवार्षिकीका अवसरमा प्रदत्त भानुभक्त स्वर्ण पदकबाट विभुषित लक्ष्मी वाचानालयका सभापति प्रा.डा. गोपाल भण्डारीलाई प्रमुख अतिथि श्रीमति गंगा सुवेदीले प्रमाणपत्र र स्वर्ण पदक प्रदान गर्नुभएको थियो । कार्यक्रममा वाचानालयका उपसभापति भिष्म काÏले, कुन्ता शर्मा, सचिव पुष्प ढकाल, कोषाध्यक्ष सुमन श्रेष्ठ, सदस्यहरु विश्वराज शर्मा, माधव थपलिया, रमेश घिमिरे, सागर सुवेदी, सिद्धिकर्ण शर्मा, हेमन्तराज अर्याल, आनन्द आचार्य, प्रा.डा. खेम दाहाल, ऋषिराज राई, प्रा. नारायणप्रसाद कट्टेल, मनप्रसाद सिटौला, अमरराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
