विभिन्न भाषा भाषीको संस्कृति झल्कने गरी भेडेटार महोत्सव हुदै

धरान÷प्रदेश नं. १ कै पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित धनकुटाको भेडेटारमा छैठो भेडेटार फुड फेस्टिवल हुने भएको छ ।
पर्यटक प्रवद्र्धनका लागि प्रत्येक बर्ष आयोजना गरिदै आएको फेस्टिवल आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी यस बर्ष पनि अंग्रेजी नया बर्षको अवसर पारेर आगामी पौष १६ देखि १८ गतेसम्म तीन दिन आयोजना गर्न लागिएको होटल एसोसिएसन भेडेटारले जानकारी दिएको छ ।
सागुरीगढी गाउपालिकामा पर्ने धनकुटामा रहेका अन्यन्तै आकर्षक पर्यटकीय स्थल शैलुङ्ग डाडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा
रहेको सूर्योदय वौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडा, अजङ्गको बरको रुख, थाउजेन विग बुद्ध लगायत भेडेटार वरपर रहेका दर्जनौ भन्दा बढी पर्यटकीय स्थलको जानकारी गराउदै पर्यटकलाई आकर्षित गराउन यस बर्ष पनि तीन दिने भेडेटार फुड फेस्टिवलको आयोजना गर्न लागिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिला
राज लावतीले बताउनुभयो ।
छिनछिनमा मौसम परिवर्तन हुने भेडेटार मौसमका कारण पनि रमणीय स्थल भएपनि पर्यटकहरु यस सम्बन्धि अनविज्ञ हुने गरेकाले पनि भेडेटारको
प्रचारकै लागि होटल एसोसिएसनले प्रत्येक बर्ष अंग्रजी नयाँ बर्षको समयमा फुड फेस्टिवलको आयोजना गर्नेै
गरेको होटल एसोसिएसन
भेडेटारका सचिव जितेन राईले बताउनुभयो ।
आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धिसंगै भविष्यमा यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थान लागि पर्यटन, होटल व्यवसाय, होमस्टे, यहा रहेका व्यवसायीहरुको जीवन स्तर उकास्दै कृषि सास्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत आयोजकले राखेको छ । विभन्न जातीय खानाको स्टलसमेत रहने महोत्सव अवधिमा २० देखि ३० हजार पर्यटक भित्र्याउने र एक करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य आयोजकले गरेको छ । महोत्सवमा ख्यातिप्रँप्त गायक राजेश पायलसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया