माननीय प्राध्यापक डा. कृष्णबहादुर छन्तेल थापा । संविधानसभाको दोस्रो निर्वाचनमा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित । वि.सं. २०१० साल माघ ७ गते गुल्मी क्षेत्र नं. १ भासै छम्तेल टोलमा जन्मनु भएका थापाको माविसम्मको शिक्षा गाउामा पूरा भयो । २०२६ सालमा एसएलसी दिएपछि २०२७ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ आउनुभयो ।
काठमाण्डौमा एक जना नातेदार गिरिप्रसाद बुढाथोकी जो त्यस बेला रक्षा मन्त्री समेत हुनुहुन्थ्यो । उहााकै अभिभावकत्वमा केही समय सागै बस्नुभयो । बुढाथोकीबाट उहााले धेरै कुरा सिक्ने मौका पाउनुभयो । पाटन कलेजबाट आइएस्सी गरेपछि भानुभक्त मेमोरियल कलेजको वार्डनको रुपमा काम गर्न थाल्नुभयो थापाले । दुई बर्ष त्यहाा अध्ययन गरेपछि ३०३२ सालमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्नुभयो । वि.सं. २०३४ सालमा अधययन पूरा गरेपछि पोखराको पृथ्वी नारायण कलेजमा एसिस्टेन्ट लेक्चरबाट अध्यापनको कार्यलाई अगाडि बढाउनुभयो ।
२०७० मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कााग्रेसले टिकट दिादासम्म क्याम्पस सर्भिसमा उहााले ३६ बर्ष व्यथित गर्नुभयो । जम्माजम्मी उहााले ४० बर्ष अध्यापनमा विताउनुभयो । गिरीप्रसाद बुढाथोकी एकजना योद्धा हुनुहुन्थ्यो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पनि उहााले लड्नुभएको थियो । उहाा अलि सामाजिक गतिविधिमा सक्रिय रहनुहुन्थ्यो । मगर सुधार कार्यक्रममा उहााले ठूलो योगदान दिनुभएको थियो । २०१२ सालमा रिटायर्ड भएका आर्मीका मानिसलाई काठमाण्डौमा जम्मा गरेर मगरहरुको सुधार कसरी गर्न सकिन्छ भन्ने करामा व्यापक छलफल गर्नुभयो । २०१४ सालमा मगर मगरहरुको पश्चिमााञ्चल सम्मेलन गुल्मीकै भासैमा गर्नुभयो । त्यसबेला मुलुकभरिबाट ५ सय जना मगरहरु जम्मा भएका थिए । त्यही सम्मेलनबाट अुगुवा चयन हुनुभयो । २०१५ सालमा नेपाली कााग्रेसले ८९ क्षेत्रबाट टिकट दियो । उहाा निर्वाचित पनि हुनुभयो । वि.सं. २०१७ सालमा राजाबाट प्रजातन्त्र ‘कु’ भएपछि नेपाली कााग्रेस विद्रोहमा उभियो तर बुढाथोकी गाउामै बस्नुभयो । कतै लाग्नु भएन । उहाा आफै क्याप्टेन भएर होला उहाा कसैसाग डराउनु हुन्थेन । फेरि भासै गाउा पूरै आर्मीहरुको बस्ती भएको ठाउा हो । वि.सं. २०१८ सालमा शम्शेरबहादुर खत्रीलाई समातेर घााटी काटी गुल्मी बजारमा डुलाएको थियो । उहाा नेपाली कााग्रेसका योद्धा हुनुहुन्थ्यो । ०१८ सालको जेठमा काठमाण्डौ बोलाइयो । उहाा पहिला भारतीय दुतावास जानुभयो र पछि दरबारबाट मानिस लिन आएपछि पछि लाग्नुभयो । राजाले उहाालाई ल बूढा तिमी गृह सहायक मन्त्री भयौ भनेर मन्त्री बनाइयो । बूढा ०२८ सालसम्म मन्त्री हुनुभयो । शैक्षिक र राजनीतिमा उहाामाथि ठूलो प्रेरणा गिरीप्रसाद बुढाथोकीको परेको थियो । नेपाली कााग्रेसको सक्रिय सदस्य लिएर २०५२ सालदेखि थापा सक्रिय हुनुभएको हो । पहिला उहाा गुल्मी काठमाण्डौ सम्पर्क समितिको कोषाध्यक्ष, अध्यक्ष, सम्पर्क महासंघको सचिव हुनुभयो । २०५६ सालको आम निर्वाचनमा उहाा अत्यन्तै सक्रिय हुनुभयो । २०४८ सालमा झकबहादुर पुन जो उहााका आफ्नै भान्जाले नेपाली कााग्रेसबाट निर्वाचित हुनुभयो । २०५१ मा झकबहादुरले निर्वाचनमा पराजय भोग्नुभयो । २०५६ सालमा उहााकै सक्रियतामा पुन: झकबहादुर पुन निर्वाचित हुनुभयो । हुन त २०५६ सालमा पनि टिकटका लागि जिल्ला, क्षेत्रले केन्द्रमा नाम पठाएको थियो । २०५७ सालमा महाधिवेशन हुादा महाधिवेशन प्रतिनिधि, त्यसपछि महासमिति सदस्य हुनुभयो । राजनीतिमा लाग्दा जेल जीवनको अनुभव नभए पनि यदा कदा प्रहरीसाग घच्याकघुचुक परिरहने थापाको कथन छ । २०६४ सालमा अस्वस्थको कारणले उहाा जिल्लामा बस्न सक्नु भएन । २०७० मा सात जनाको नाम सिफारिस हुादा उहााको नाम अन्तिममा थियो । नेतृत्वले उहाालाई अन्तत: टिकट दियो र थापाले अत्याधिक मत ल्याएर विजयी हुनुभयो । लामो समय शिक्षक पेशामा रहेर पार्टीका हरेक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रुपमा सघाउदै अन्तत: सभासदमा निर्वाचित हुनुभएका थापा यसपटकको तिहारको अवसरमा
धरान घुम्न आउनु भएको थियो । खासमा भन्नुपर्दा उहाार्ले धरानलाई समधी गाउा बनाउनु भएको छ । नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ का सल्लाहकार श्याम सुब्बा थापाका सम्धी हुनुहुन्छ । अत्यन्तै मिजासिलो, अत्यन्तै सभ्य भाषा प्रयोग गरेर मात्र बोल्न रुचाउने थापासाग यसपटक हामीले मुलुकको वर्तमान राजनैतिक अवस्था, दलहरुको गतिविधि, जनतामा छाएको नैरास्यता, तोकिएको समयमा संविधान जारी हुनेमा बढ्दै गएको आशंका आदिका बारेमा वार्ता गरेका छौं । प्रस्तुत छन् धरान साप्ताहिकले उहाासाग गरेका वार्ताका
सारसंक्षेप :
त्रतपाई नेपाली काँग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सभासद हुनुहुन्छ । यतिबेला विशेष महत्वका साथ
धरान डुल्न आउनु भएको छ ।
धरान यहाँलाई कस्तो लाग्यो ?
–धरानमा म पहिले पनि धेरै पटक आइसकेको छु । धरान मेरा लागि एउटा रमणीय स्थान हो । यहााका राई लिम्बु र हामी पश्चिमका मगरहरको सास्कृति मिल्दोजुल्दो छ । हाम्रो अर्को मिल्ने कुरा भनेको आर्मी हो । धरानमा पनि धेरै भूपूहरुको बसोबास छ भने गुल्मी पनि भूपू आर्मीको बस्ती हो । मेरो बाजेलाई जर्मनी बूढा भन्थे गाउामा किनकि बाजे पहिलो विश्वयुद्धमा जर्मनीमा लड्नु भएको थियो । मेरो बुबा दोस्रो विश्वयुद्धमा जापानसाग लड्नु भएको थियो । मेरो दाइ इण्डियन आर्मी, भाइ नेपाली आर्मीमा । ममात्र शैक्षिक क्षेत्रमा आवद्ध भभएा । पााच भाइमा ममात्र सिभिलयन हुा । अरु सबै आर्मीमा । हाम्रो आर्मी कल्चर, मतवाली कल्चर मिल्ने भएकोले पनि मलाई धरान मन पर्छ । सरसफाइका दृष्टिले धरान धेरै
राम्रो छ ।
त्रधरान आउनुको अहिले प्रमुख उद्देश्य के होला ?
–मेरो बुहारी यही धरानकी हुन् । जसरी पनि सम्धीसाग भेटघाट गर्नुपर्यो भनेर आग्रह गरेपछि म केही दिनका लागि धरान आएको हुा । यो मेरो एकदम
पारिवारिक भेटघाट हो ।
त्रअलिकति राजनैतिक विषयवस्तु कोट्याउँ, नेपालमा दोस्रो संविधानसभाले माघ ८ गते संविधान जसरी पनि जारी गर्ने भनेको छ । धेरै विषयमा अहिले पनि विवाद छ । तपाईहरु जस्ता एउटा जिम्मेवार सभासदहरु यसरी बाहिर हिड्नु भएको छ । यसले सर्वसाधारणमा कस्तो सन्देश जाला ?
–अहिले हाउस बन्द छ । चाडपर्वकै लागि भनेर कात्र्तिक १३ गतेसम्म बन्द छ । १४ गतेदेखि हाउस सञ्चालन हुन्छ । यो फुर्सदको समयमा एउटा पारिवारिक भेटघाटमा मात्र म यहाा आएको हुा ।
त्रहाउसले मात्र संविधान लेखिदैन होला । बाहिर बसेर पनि एउटा निर्णयमा पुग्न किन्थ्यो कि हैन र ?
–नेपाली राजनीतिमा के छ भने सिनियर नेताहरु जहिल्यै पनि सिनियर भएर उनीहरुमात्र छलफल गर्छन् । म एउटा शैक्षिक क्षेत्रबाट आएको कुनाले मैले यसैगरी बुझेको छु । अहिले १४ गते सम्मलाई संसद ब्रेक छ, म मात्र हैन स्वयम् प्रधानमन्त्री पनि टीकाका लागि बाहिर जानुभएको छ । चाडपर्वका समयमा पारिवारिक भेटघाटमा हिाड्दा सविधान लेखनमा कुनै बाधा हुादैन ।
त्रतोकिएकै समयमा संविधान जारी हुन्छ ? के लाग्छ यहाँलाई ?
–अहिले मैले ठ्याक्कै भन्न मिल्दैन । मेरो नितान्त व्यक्तिगत कुरा भन्ने हो भने संविधान भनेको कुनै पत्रपत्रिका छापेजस्तो हैन । यो भनेको ठूलो कुरा हो । चारबर्षसम्म सिन्को नभाचिएको करालाई नेताहरुले आÏनो मेटिफेस्टोमा एक बर्षमा लेख्छौ भन्दै हुने कुरा हैन ।
त्रत्यसो भए माघ ८ गते संविधान जारी हुन्छ भन्ने कुरामा तपाई विश्वस्त हुनुहुन्न ?
–म त्यस्तो निराशावादी पनि हैन र अरुलाई दोष दिने पक्षमा पनि छैन । म अहिले झ्याप्प भन्दा माघ ८ गते जनताले मागेको र नेताले बोलेको संविधान जारी हुन्छ भनेर म भन्न सक्दिना । यदि संविधान जारी गर्नुपर्ने हाम्रंो समय सीमा हो भने त्यो अपूरो संविधान आउाछ ।
त्रत्यसो भए पूर्ण संविधान
आउँदैन ?
–आउादैन, अहिलेसम्म जुन हुनुपर्ने निर्णय हो त्यो शुरु भएकै छैन ।
त्रमाओवादी अध्यक्ष प्रचण्ड र मधेशवादी दलहरुले सहमतिबाट संविधान जारी नभएमा प्रक्रियाबाटै बनाउनुपर्छ भनेर आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । तर अहिले प्रक्रियाबाट सविधान जारी गरिए नमान्ने चेतावनी दिदैछन् । उनीहरुको नियत के होला ?
–चोरको बानी जाओस् न सिद्राको गन्ध जाओस भन्ने उखानै छ नि । मधेशवादी दल र माओवादी भनेको उनीहरु अवसरको खोजीमा हिाड्ने र अवसरको उपयोग मात्र गर्ने हुन भन्ने मेरो बुझाई छ । उनीहरु गुड पोलिटिकल पार्टी नै हैनन् । माओवादीहरुको कुरै नगरौा । उनीहरु विद्रोहबाट आएका हुन् । उनीहरुको पोलिटिकल सिच्योसन, स्टाटर्स, कन्डिसन, इम्प्रुभ गर्नुभन्दा पनि व्यक्तिगत विकासका लागि आएका हुन् । उनीहरुले अहिलेसम्म यस्तै चरित्र देखाउादै आएका छन् ।
राष्ट्रिय राजनीतिको कुरा गर्दा जहिले पनि एउटा कुरा एकातिर उठाउाछन् अर्को
कुरा अर्कोतिर उठाउाछन् । अन्तमा आफ्नो पद, सत्ता, आर्थिक लाभको कुरामा विश्वास गर्छन् । भर्खरैमात्र अर्थात भदौ १३ गेदेखि संसद २२ गते सम्म आवरुद्ध गरे । प्रचण्डलाई राजनैतिक संयन्त्रको संयोजक बनाउादा संसद खुल्यो । त्यसैले उनीहरु पदमा बढी विश्वास गर्छन् ।
त्रसंविधान बनाउन कुन दल बढी इमान्दार हुनुपर्छ जस्तो लाग्छ
यहाँलाई ?
–डेफिनेट्ली यसमा अरुको कुरै रहादैन । सरकारको नेतृत्व नेपाली कााग्रेस र एमालेले लिएका छन् । त्यसैले यी दुवै दल बढी इमान्दार हुनुपर्छ ।
त्रमाओवादीले दश बर्ष जनयुद्ध
गर्यो । सविधानसभाको एजेन्डा माओवादीको हो । तर संविधानसभाबाट पनि सविधान बनाउन माओवादी चाहिरहेको छैन
नि ?
–थुप्रै इस्यु उनीहरुले उठाइरहेका छन् । अलि जेनियुन इस्यु उठाउनु भनेर मैले भन्ने गरेको छु । अस्ति जनजातिको कुरा उठाए । मैले भने सान्दर्भिक इस्यु उठाउनु भने । जनताको इस्यु उठाउनु पर्छ, नेताले अन्तर्राष्ट्रिय कुरा उठाउनु हुादैन । संविधान भनेर कहााको कुरा कहाा जोड्छन् । म गाउा जाादा कसैले पनि संविधान कहिले आउाछ भनेर साह्रै सोध्दैनन् । उनीहरु हाम्रो यहाा धारो छैन, स्कुलको भवन भत्कियो, अस्पताल, बाटो, विजुलीको कुरा गर्छन् ।
त्रसर्वसाधारणलाई संविधानसँग
सरोकार देखिएन ?
–खासै भन्ने हो भने सर्वसाधारणलाई संविधानसाग सरोकार छैन । उनीहरु विकासका कुरामा सरोकार राख्छन् । इने, गिने, चुनेहरु सविधानमा यस्तो र उस्तो हुनुपर्छ भन्छन् । म एउटा संविधानसभाको सदस्य भएकोले हामी सविधान बनाउाछौ त भन्नुपर्यो । सविधान बनेकै छैन । पुरानैलाई हेरफेर गरेर बनाउने हो कि । नयाा भन्ने कुरा सविधानमा एउटा मात्र कुरा हुन्छ त्यो हो गणतान्त्रिक भन्ने मात्र । अरु त पुरानै छााटकाट गर्ने, मिलाउने त हो । गणतान्त्रिकचाहिा विल्कुल नयाा हो । पहिला राजतन्त्रात्मक भन्ने थियो ।
त्रराजनीतिक संयन्त्रको अध्यक्ष संयोजक पनि प्रचण्डलाई दिने, अनि उहाँ विभिन्न दलसँग मोर्चा बनाएर आन्दोलन पनि गर्ने । यो द्वैध चरित्रले सविधान आउन
सक्छ ?
–द्वैध चरित्र त प्रचण्डको विशेषता हो । सविधानसभाबाट सविधान बनाउने भनेर माओवादीले जनयुद्ध गरेकै हैन । जनयुद्ध केही टाठाबाठाहरुले आÏनै व्यक्तित्व विकास गरेर सत्तामा पुग्ने माध्यममात्र बनाएका हुन् । माओवादीले एउटा मात्र काम गर्यो त्यो हो कम्युन विकास । तर अहिले त्यो कम्युनमा अहिले एकजना मानिस पनि छै्रनन् । प्रचण्ड, बाबुराम, नारायण काजी लगायतका स्टाटर्स कसलाई थाहा छैन । भन्ने बेलामा सर्वहाराको कुरा गर्ने अनि थुपार्ने बेलामा सबै आफैमात्र थुपार्ने ।
त्रयदि माघ ८ गते सधिान आएन भने के हुन्छ मुलुकमा ?
–त्यस्तो केही हुादैन । नेताहरुले पो भन्या हुन त माघ ८ गते सविधान बनाउाछौ भनेर त्यो न कार्यकर्ताले भनेका छन् न जनताले भनेका छन् । यो एक बर्ष भनेको गेम प्लानमात्र हो । संविधान एउटा किताव लेखेजस्तो त हैन नि । संविधान भनेको ठूलो कुरा हो ।
त्रयहाँ एउटा कुरा के छ भने एकै पटक पूर्ण संविधान ल्याउनुपर्छ भन्ने आवाज उठ्ने गरेको छ । पहिला संविधान जारी गरेर विस्तारै परिमार्जन गरेर जान सकिदैन ? भारतमा पनि आज ४० पटक संसोधन भइसकेको छ नि ।
–छोरो जन्मदा पनि पूर्ण रुपमा जन्मदैन । दाह्री एकै पटक उम्रदैन । यो कुरा सबैले बुझेका छन् । शायद यसैलाइ राजनीति भनेको हो क्यारे । उनीहरुले बढी बुझेका छन् । जनतालाई दिए पनि हुने नदिए पनि हुने भएको छ ।
त्रएकथरिको भनाई छ संविधान जारी भयो भने राजनैतिक दल (जो अवसरको खोजीमा मात्र दल भएका छन्) को दोकान बन्द हुने भएपछि संविधान बनाउन चाहँर्दैनन् ?
–सत्य नै हो त नभनौ मेरो मान्यता पनि त्यही हो । आफै नेता जी बन्न पाएका छन् । संविधान जारी भएपछि उनीहरु कहाा पुग्छन् त्यो त्यसैबेला थाहा हुन्छ ।
त्रकाँग्रेस र एमाले तथा समर्थक दलको प्रक्रियामा जाँदा दुई तिहाई बहुमत पुग्छ जसलाई संसारले मान्छन् । किन दुई तिहाइ बहुमत बहुमतले सविधान जारी गर्न सकिदैन ?
–हामी एक बर्षलाई हैन पााचबर्षको अवधि छ । एक बर्षमा सविधान जारी गर्ने कुरामा नेताहरुलाई विश्वास छैन । चार बर्षमा केही भएन अब एक बर्षमा कसरी आउाछ । हामी रोपन्विल र कमिटमेन्ट गरिरहेका छैनौं । पूर्ण सविधान त आउनै सक्दैन । प्रक्रियामा जाने भने कुरामा १५ गते सम्मलाई म्याद थप गरिएको छ । त्यसबेलासम्म सहमति भएन भने प्रक्रियामा जाने कुरा हुन्छ ।
त्रसंविधान लेख्ने कुरामा सबैभन्दा नमिलेको कुरा के हो ?
–अहिले तीनवटा कुरा देखियो राज्य पुनसंरचना, राज्य व्यवस्था र न्यायापालिकाको
कुरा । पुन संरचना भन्ने जुन शब्द छ त यसलाई धेरैले बुझेका छैनन् । राज्य व्यवस्था वा राज्य पुनसंरचना भन्ने
कुरा कसैको कन्सेप्टमा छैन । नेपालमा स्टेट दिनुपर्छ २ सय ४० बर्षसम्म
राज्य पुन संरचनाको कुरा कहिल्यै आएन । कहिल्यै नसुनेको र गर्नुपर्ला भनेर सोचेको पनि थिएन । त्यस्तो अवस्थामा यो
कुरा आएकोले जनता अलमलमा पर्नु स्वभाविक हो । अर्को कुरा नेताजीले
धेरै बुझे जस्तो लाग्दैन । तर उहााहरु अभिव्यक्ति दिादा धेरै बुझेजस्तो गरेर अभिव्यक्ति दिनुहुन्छ । आवश्यकता के हो डिफाइन भएको छैन । जे जति इस्यु उठिरहेको छ नेताहरुको नीजि अभिव्यक्ति हो । उनीहरुले अन्तर्राष्ट्रिय उदाहरण दिन्छन् । पञ्चायतकालमा एउटा कुरा मलाई मन पथ्र्यो त्यो हो नेपाली माटो सुहाउादो । अहिले उठेको इस्युहरु नेपाली माटो सुहाउादो नै छैन, केही होला । अति चर्को रुपमा उठेका इस्यु नेपाली माटो सुहाउादो छैन र हाम्रो ओरिजिनल पनि छैन । म शैक्षिक क्षेत्रबाट अएकोले राजनीतिको धरै बहस गरेको पनि छैन । जातीय राज्यको कुरा भनेका छन् । मलाई पनि बोल भन्छन् । तर दुई चारवटा जातको राज्य बनाएर हुादैन । नेपालमा १ सय २० जाति
छन् । अब कति राज्य बनाउने ? यो नमिल्ने कुरा हो । पहिचान दिने धेरै
कुरा छ । साझा पहिचान दिऔं । भौगोलिक, साास्कृतिक, धार्मिक नाम दिऔं, जसले यो कुरा उठाएका छन् उनीहरु संविधान बनाउनै चाहादैनन् । जसले बनाउनै चाहेका छैनन् उनीहरुले जे बोल्दा पनि हुन्छ ।
त्रककस थियो यसभन्दा अगाडिको सविधान सभामा । जसको कारणले संविधान बन्न सकेको थिएन । अहिले फेरि बनाइएको छ भन्ने सुन्नमा आएको छ, के हो यो ?
–मलाइचाहिा थाहा छैन । पहिला ककसकै कारणले संविधान बन्न सकेन भन्ने हैन । त्यसबेला एउटा कारण यो पनि होला तर अरु धेरै कारणहरु छन् ।
त्रककस बन्यो भने के
गर्नुहुन्छ ?
–ककस बन्ने सम्भावना छैन ।
त्रपार्टीभित्र अर्थात नेपाली काँग्रेस र एमाले बाहेकका दलहरु त ककस बनाउने प्रयास गरिरहेको भन्ने सुन्नमा आएको छ नि ?
–मलाइचाहिा थाहा छैन । हामी पार्टीको निर्देशन अनुसार हिाड्छौं । पार्टीको निर्देशन विपरीत जान सकिदैन । प्रतिपक्षले त्यस्तो प्रयास गरेका हुन् । तर उनीहरुले नै ककसको औचित्य पुष्टि गर्न सकेका छैनन् ।
त्रयहाँ अर्को कुरा पनि उठ्ने
गरेको छ, संघियताले मुलुक टुक्रन्छ भन्ने । यहाँलाई के
लाग्छ ?
–संघीयताले नै मुलुक टुक्रन्छ भन्ने चाहिा हैन । नियत खराब भयो भनेचाहिा टुक्रन सक्छ ।
त्रएउटा सानो उदाहरण दिउँ, सिके
राउत भन्ने व्यक्तिले मधेश छुट्टै देश बनाउने अभियानमा लागेकाको अभिव्यक्तिप्रति कुनै सभासदले विरोध गरेको देखिएन किन होला ?
–अरुले किन गरेनन् मलाई थाहा छैन । तर उनी एउटा साइको भएको व्यक्तिको अभिव्यक्तिको पछि लाग्नु जरुरी छैन ।
त्रत्यसो भए राउत साइको भएका व्यक्ति हुन् ?
–हो, नत्र भने उसको जस्तो फकेशन के हो ?
त्रत्यस्ता व्यक्तिलाई छोड भनेर मधेशवादी दलले दबाब दिइरहेका छन् नि ?
–होला, हामीले त्यस्तो गरेका छैनौं ।
त्रहिजो माओवादीले रोल्पाबाट जनयुद्ध थाल्दा दुई चारजना बन्दुक पड्काउदैमा केही हुँदैन भनेर वास्ता नगर्दा दश बर्षमा भयावह भएर आयो । कही त्यस्तै त हुँदैन ?
–त्यसबेलाको अवस्था र अहिलेको अवस्थामा फरक छ ।
