धरान÷अग्रस्थानमा रहेर मुलुकको सबै परिवर्तनको नेतृत्व गरेको नेपाली काँग्रेस पहिलो पटक सर्वत्र चैट भएको छ । प्रजातन्त्र पुन स्थापनापश्चात सदैव अपराजित रहँदै आएका काँग्रेसका हेभिवेट भनेर चिनिने प्रायः सबै उमेद्वार पराजित भएका छन् ।
प्रदेश नं. १ को पाँचथरबाट भिष्मराज आङदेम्बे, झापाका कृष्ण सिटौला, मोरङ्गबाट डा. शेखर कोइराला, महेश आचार्य, अमृत अर्याल, धनुषाबाट विमलेन्द्र निधि, तनहुँबाट रामचन्द्र पौडेल, ओखलढुंगाबाट रामहरि खतिवडा, सोलुबाट बलबहादुर केसी, नुवाकोटबाट अर्जुननरसिंह केसी, नुवाकोटबाट डा. रामशरण महत, काठमाण्डौबाट प्रकाशशरण महत, नविन्द्रराज जोशी सबै वाम गठबन्धनका उमेद्वारसँग पराजय भएका छन् ।
नेपाली काँग्रेसको लज्जास्पद
पराजयसंैगै यतिबेला सबैतिरबाट पार्टी नेतृत्वको क्षमतामाथि प्रश्नचिन्ह उठ्न थालेको छ। नेतृत्वप्रति त्यसरी प्रश्न उठ्नु पनि स्वभाविक हो । अझ कोइरला परिवारको विरासतसँग जोडिएको
मोरङ्गमा काँग्रेसको पराजयले मुलुकभरिका काँग्रेसका कार्यकर्तालाई स्तब्ध बनाएको छ । यद्यपि वाम गठबन्धनका प्रत्यासी एमालेका उमेद्वार एवम् पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग
थोरै मत अन्तरले पराजित हुनु भएका नेपाली काँग्रेसका प्रत्यासी डा. शेखर
कोइरालाले आफ्नो पराजय स्वीकार गर्दै लोकतन्त्रको जन्मभूमि विराटनगरको
विरासत जोगाउन कठिन मोडमा पनि आफू कटिबद्ध हुने बताउनु भएको छ । उहाँले विज्ञप्ती निकालेरै त्यस्तो प्रतिबद्धता जनाउनु भएको हो । तर नेपाली काँग्रेसबाट समानुपातिक सूचिमा रहनु भएकी सुजाता कोइरालाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कारण नेपाली काँग्रेसले पराजय भोग्नु परेको भन्दै नेतृत्व परिवर्तनको कुरा उठाउनु भएको छ । सुजाता कोइराला झै काठमाण्डौबाट निर्वाचित भएका गगन थापाले तत्काल विशेष महाधिवेशन बोलाएर पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । यस्तै नुवाकोटबाट पराजित अर्जुन नरसिंह केसीले पार्टी अब यही हिसाबले अगाडि बढ्न नसक्ने प्रष्ट पारिसक्नु भएको छ । यतिबेला मुलुकभरिका नेपाली काँग्रेका कार्यकर्ताहरु नेतृत्वकै अक्षमताका कारण काँग्रेस हारेको भन्दै नेतृत्वप्रति आक्रोस पोखिरहेका छन् ।

