देशैभरि नेपाली का“ग्रेसको लज्जास्पद पराजय

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले इतिहासमै सबैभन्दा लज्जास्पद हार व्योहोरेको छ । आखिरी नेपाली काँग्रेसले यतिसम्मको लज्जास्पद हार किन व्यहो¥यो ?
यथाथ तीतो हुन्छ । पौराणिक ग्रन्थ रामायणका अनुसार रावण रामभन्दा सबै कुरामा अगाडि थिए । राम भन्दा रावण विद्वान थिए, बलवन थिए, शक्तिशाली थिए, सम्पन्न थिए, दुरदर्शी थिए । तर उनमा अहंकार थियो, घमण्ड थियो । अन्ततः त्यही अहंकार घमण्डले रावणको पतन भयो । त्यति विद्वान, शक्तिशाली र दुरदर्शी रावणले एउटी नारी सीताको अपहरण नगरिदिएको भए उनको पतन सम्भव थिएन ।
आज नेपालमा ७० बर्ष पछि नेपाली काँग्रेस पतन हुनुमा काँग्रेस नेृतृत्वमा देखिएको अहंकार, घमण्ड नै प्रमुख कारण भयो । सत्ता बिना नेपाली काँग्रेस बस्नै नसक्ने, सत्ताका लागि जस्तोसुकै कुकृत्य गर्न पछि नपर्ने नेपाली काँग्रेसको स्वभाव भइसकेको थियो । अन्य दलललाइ कसरी पछार्ने र सत्तामा पुग्ने दाउपेजमा मात्र नेपाली काँग्रेस सीमित भएन आफ्नै दलका नेताहरुलाई पछारेर भागशान्ति गरेर सत्तामा बस्ने र एक प्रैकारको सकुनी प्रवृत्ति नेपाली काँग्रेसमा मैलाएको थियो । जीव्नभरि नेपाली काँग्रेस र प्रजातन्त्रका लागि संघर्ष गरेका सन्त नेता कृष्णप्रसाद भट्टराइलाई हराउन गिरिजाप्रसाद कोइरालाले जुन ग्रायन डिजाइन गरे वास्तमा त्यही बेला देखि नेपाली काँग्रेस आन्तरिक रुपमा विचलित भएको थियो, पतोन्नति भएको थियो ।
दोस्रो पटक गिरिजाप्रसाद कोइरालाले सन्तनेता कृष्ण प्रसाद भट्टराईप्रति त्यही प्रवृत्ति दोहो¥याए । पारिवारिक मोहमा चुर्लम्म डुबेका, सत्ता र सक्त भन्दा बाहिर बस्नै नसक्ने कोइराला नेपाली काँग्रेस पतन गराउने पहिलो व्यक्ति हुन् । नत्र नेपाली जनताले विगतमा नेपाली काँग्रेसलाई स्पष्टर भारी बहुमत दिएका थिए । तर जनताको विश्वासलाई काँग्रेसले जोगाउन सकेन । त्यसबेला नेपाली जनताले विकल्प खोज्न चाहेका थिए । ०५१ को मध्यावधि निर्वाचनमा नेपाली काँग्रेसलाई थोरै मत दिएर उसलाई सवक सिकाउन खोजेका थिए तर काँग्रसले यो कुरा बुझ्न सकेन । कहिले राप्रपालाई लिएर सत्तामा बस्ने, आलोपालो सत्ता चलाउने काम मात्र ग¥यो ।
गिरिजाप्रसाद कोइरलाको त्यही प्रवृत्ति शेरबहादुर देउवाले दोहो¥याए । गिरिजाले आÏनी छोरीलाई अगाडि सारेर प्रजतन्त्र कमजोर बनाउने र लुटतन्त्र मच्चाउने काम गरेका थिए भने शेरबहादुर देउवाले आÏनी श्रीमतिलाई अगाडि सारेर त्यसलाई निरन्तता दिए । पछिल्लो पटक शेरबहादुर देउवाले नेपाली काँग्रस घरानाकी प्रधान न्यायाधीश शुशिला कार्कीमाथि आफ्ना हनुमानहरु उचालेर महाअभियोग प्रस्ताव दर्ता गराए, प्रहरीको चेन अफ कमाण्ड मिचेर तेस्रो वरियताकालाई प्रहरी प्रमुख बनाए, अख्तियार प्रमुख लोकमान सिह कार्कीलाई महाअभियोग लगाएर हँटाउने प्रपञ्च रचे । यी सबै काम विधि र विधानलाई मिचेर क्षणिक आर्थिक लाभका लागि गरिएको थियो । जनताका सरोकारका कामहरु नगर्ने तर आर्थिक लाभक लागि श्रीमतिलाई अगाडि बढाएर जे जति काम गरे त्यबाट नेपाली जनता वाक्क भएका थिए । वस्तवमै भन्ने हो भने आम नेपाली जनता नेपाली काँग्रेसको विकल्पको खोजीमा थिए । त्यो विकल्प खोजी आज वाम गठबन्धन बन्न पुग्यो ।
अर्को कुरा नेपाली काँग्रेले कहिल्यै संगठनमा ध्यान दिए । सदैव बीपीको नाममात्र भँजाइ रहयो । नेपाली काँगेसले राणा फाल्यो, पञ्चायत फाल्यो, राजा फाल्यो भनेर भाषण गर्नुभन्दा उसँग अर्को साँगठनिक योजना नै थिएन । राणा, राजा, पञ्चयत फालिए पनि जनताको जीवनस्तर झन झन खस्कदै जानु तर त्यसरी भाषण गने काँग्रेसीहरुको जीव्नस्तर अवभाविक रुपले बढ्न थालेपछि यसपालि नेपाली जनताले विकल्प खोजेका हुन् । अब पनि काँगइ्रेस जनता माझमा गएर केही नगर्ने हो भने प्रजापरिष्ढाद्को हैसियतमा पुग्ने छ ।

तपाईको प्रतिक्रिया