धरान÷मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाले यतिबेला प्रदेश न. १ मा गतिलै चर्चा पाएको छ । मूलत ः ठूला राजनैतिक दलहरु बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन गरी दुई धु्रबमा बाँडिएर निर्वाचनमा होमिएका थिए ।
प्रदेश न. १ को ताप्लेजुङ्गबाट एमाले सचिव योगेश भट्टराईले वाम गठबन्धनको जितको पहिलो खाता खोलेसँगै प्रदेश नं. १ का अधिकांश स्थानमा वाम गठबन्धनले वर्चस्व जमाएको छ । प्रदेश न. १ बाट वाम गठबन्धनका चर्चित अनुहारहरु इलाम क्षेत्र नं. २ बाट सुभाषचन्द्र नेम्वाङ्ग, १ बाट झलनाथ खनाल, झापा क्षेत्र नं. १ बाट माओवादीका सुरेन्द्र काकी (राम), झपा क्षेत्र न. ३ बाट वाम गठबन्धनको समर्थनमा राप्रपाका महामत्री राजेन्द्र लिंगदेन, झापा क्षेत्र नं. ५ बाट केपी शर्मा ओली, मोरङ्ग क्षेत्र नं. ६ बाट लालबाबु पण्डित, क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका मिनेन्द्र रिजाल, सुनसरी क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी क्षेत्र नं. ३ बाट विजयकुमार गच्छदार, धनकुटाबाट राजेन्द राई, उदयपुर क्षेत्र नं. २ बाट डा. नारायण खड्काले आÏना प्रतिद्वन्द्वीभन्दा अत्याधिक मत ल्याएर विजयी भएका छन् ।
प्रतिनिधिसभाका चर्चित कतिपय हेभिवेट भनेर मानिएका लोकतान्त्रिक गठबन्धनका उमेदारहरुको पराजयलाई
राजनैतिक विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् । मोरङ्ग क्षेत्र नं. ६ बाट डा. शेखर कोइराला, क्षेत्र न. ४ बाट महेश आचार्य, क्षेत्र नं. ३ बाट अमृत अर्याल, झापा क्षेत्र नं. ३ बाट कृष्ण सिटौला, झापा क्षेत्र नं. १ बाट विश्वप्रकाश शर्मा, सुनसरी क्षेत्र नं. १ बाट अशोक राई, धनकुटाबाट सुनिलबहादुर थापा, संखुवासभाबाट दिपक खड्का, ओखलढुंगाबाट रामहरि खतिवडा, सोलुखुम्बुबाट बलबहादुर केसी आÏना प्रतिद्वन्द्वीभन्दा निकै कम मतले पराजित भएका छन् । उनीहरुको पराजयप्रति
राजनैतिक विश्लेषकहरु भन्छन् यो सबै
राजनैतिक धुव्रीकरणँगै साँगठनिक संरचना नै हो ।
उता प्रदेशसभामा पनि वाम गठबन्धनले दुई तिहाइकै वर्चस्व कायम गरेको छ । प्रदेशसभातर्फका हेभिवेट प्रत्यासी एमाले सचिव तथा प्रदेश नं. १ का संयोजक भीम आचार्य, सुनसरी क्षेत्र नं. १ (ख) बाट आफ्ना प्रतिद्वन्द्वी भन्दा अत्याधिक मतले विजयी भएका छन् । यस्तै प्रदेशसभा (क) मा प्रदीप भण्डारी, भोजपुर प्रदेशसभा (ख) बाट वाम गठबन्धनका शेरधन राई, सुनसरीक्षेत्र नं. २ (ख) बाट नेपाली काँग्रेसका राजीव कोइराला समेत आÏना प्रतिद्वन्द्वी भन्दा अधिक मतले विजयी भएका छन् ।

