धरान/ लामो समयदेखि कलजो खरावी भएर विरामी परेका एक यातायात मजदुरलाई धरानका यातायात मजदुहरुले उपचार गर्नका लागि आर्थिक संकलन गर्ने भएका छन् ।
धरान ८ सकुम्वासी टोलका ४० वर्षिय राजन कार्कीको उपचारका लागि १२ लाख भन्दा वढी खर्च लग्ने भएपछि धरानका यातयात मजदुुहरुले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका प्रेम प्रसाद पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय कार्की वचाउ अभियानको लागि सहयोग समिती गठन गरेका छन् । कार्कीको २०७१ साल साउन देखि जण्डिस भएपछि हाल उपचाररत रहनु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानमा उपचार सम्भव नभएपछि कार्कीलाई थप उपचार गर्न काठमाण्डौ लगिएको भएपनि उपचार सम्भव नभएको श्रीमती मुनुका थापा कार्कीले पत्रकार सम्मेलनमा वताउनु भएको छ ।
हाल सम्म उपचार खर्च ३ लाख रुपैया खर्च भैसकेको परिवारले जनाएको छ । कलजो खरावी भई विरामी भएका कार्कीलाई थप उपचार गर्नका लागि
भारतको हैदराबाद लैजानु पर्ने सम्वन्धित रोगका चिकित्सकले सुझाव दिएपछि धरानका ४ वटा यातायात मजदुर संगठनहरुले कार्की वचाउ अभियानका लागि आर्थिक संकलन गरिने भएको नेपाल यातायात मजदुर संगठनका कोशी अन्चल कार्यवाहक अध्यक्ष लक्ष्मी वानियाले वताउनु भएको छ ।
यातायात मजदुरहरु जुनसुकै राजनीतिक संगठनमा आवद्ध भए पनि आपत्त विपत्त परेको बेलामा सबैले सहयोग गर्ने राहत संकलनका संयोजक पोख्रेलले बताउनुभयो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहनु भएका कार्कीको औषधी उपचारका लागि तत्काल यातायात मजदुर संगठनहरुले १५ हजार प्रदान गरेका छन् । पुुर्वान्चल वस व्यावसायी संघले पनि ५ हजार सहित कार्य समितीका पदाधिकारीवाट जनही १ । १ हजार संकलन गरी २० हजार रुपैया सहयोग प्रदान गरिने प्रतिवद्धता संयोजक सरोज श्रेष्ठले वताउनु भएको छ । कार्कीलाई आर्थिक सहयोग गर्न चाहनेहरुका कृषि विकास वैक धरान शाखामा श्रीमती मेनुका थापा कार्कीको खाना नं ०६०११००००००६४८९ रहेको छ । श्रीमती , २ छोरा र आमा भएका कार्की धरानवाट सञ्चालन हुने वसमा कन्डक्टरको रुपमा कार्यरत रहनु भएको
थियो ।
