दुहवी÷नेपाली काँग्रेसका प्रभावशाली नेता उपप्रधानमन्त्री, संघीय मामला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको संरक्षण, दिगो विकास र समृद्ध नेपाल नेपाली काँग्रेसबाट मात्र सम्भव भएकोले मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा अत्याधिक वहुमतले नेपाली काँगसलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
सुनसरीक्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उमेदर समेत
रहनु भएका गच्छदारले आफ्नो निर्वाचन क्षेत्रका मतदताहरुलाई मात्र नभएर मोरङ्गका विभिन्न स्थानमा आयोजित नेपाली काँग्रेसका चुनावीसभालाई सम्बोधन गर्दा उक्त कुरा बताउनु भएको हो ।
विहानदेखि बेलुकासम्म कार्यकर्ता भेटघाट, चुनावी सभा र कोणसभामा व्यस्त रहँदै आउनु भएका गच्छदारले एकैदिन दुहवी, सोनापुर, एकम्बा, पूर्व कुसाहा खनार, इटहरी, औरावनी, सिमिरिया लगायतका स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भन्नु भयो नेपाली काँग्रेस मुलुककै सबैभन्दा पुरानो पार्टी हो । मुलुकमा जे जति राजनैतिक परिवर्तन र विकास भएका छन् त्यो सबै नेपाली काँग्रेसबाटै सम्भव भएको हो, काँग्रेसकै नेतृत्वमा सम्भव भएको हो ।
केही दिन यता वाम गठबन्धनकी एमाले प्रत्यासी भगवती चौधरीले विजय गच्छदारले यो क्षेत्रका लागि के ग¥यो ? म पाँचबर्ष भित्रमा विजय गच्छदारले भन्दा धेरै काम गरेर देखाउछु भनेर मतदताहरुलाई भ्रममा पारेर अनर्गल प्रचार गरिरहेको प्रति मन्त्री गच्छदारले आक्रोस पोख्दै भन्नुभयो मेरो तुलनामा भगवती चौधरीले आपूmलाई दाँज्नै मिल्दैन । सबैलाई थाहा छ विजय गच्छदार लोकतन्त्र प्राप्तिका लागि मरेर बाँचेको मान्छे हो । सात बर्ष जेल, सात बर्ष प्रवास बसें, राजकाजको मुद्धा खेपें । उहाँले मतदाताहरुलाई भन्नुभयो तपाईहरु भगवती चौधरीलाई सोध्नुस् तिमी लोकतन्त्र प्राप्तिका लागि कति जेल बस्यौ, कति राजकाजको मुद्दा खेप्यौ, प्रहरीको लाठी कति खायौ । म एकल महिला हुँ भनेर, साडी बाँडेर, अरुका प्रति अनर्गल हल्ला पिटाएर अब कोही भ्रममा पर्नेवाला छैनन् ।
मन्त्री गच्छदारले भन्नुभयो महिलाहरु चरित्रवान हुन्छन् । सत्य बोल्छन् । तर भगवती चौधरी जथाभावि गाली गर्दै हिड्छिन् । उनको त्यो गाली र बर्बराहट पराजित मानसिकताको उपज हो । उहाँले भन्नुभयो आज सुनसरीक्षेत्र नं. ३ का सबै ठाउँमा विजुली पु¥याएको छु । साना ठूला सबै खोलामा पुल बनाएको छु, सडक कालोपत्रे बनाएको छु कुनै कालोपत्रे हुने क्रममा
छन । दयनीय अवस्थाका विद्यालयका भौतिक संरचना निर्माण गरिदिएको छु । दक्ष युवा जनशक्तिलाई विभिन्न ठाउँमा रोजगार उपलब्ध गराएको छु । अनि विजय गच्छदारले के ग¥यो भनेर प्रश्न गर्दै मततादालाई भड्काउदै हिड्ने ? आज भगवती चौधरी निर्वाचन प्रचारमा हिड्दा गाडीमा दौडिन्छन् त्यहाँ उन्ले पुल देखिनन् ? सडक देख्दिनन् ? उहाँले भन्नुभयो म यस ठाउँको विकासका लागि तपाईहरुसँग भोट मागिरहेको छु । नेपाली काँग्रेस जे बोल्छ त्यो गर्छ जे बोल्दैन त्यो गर्दैन । विजय गच्छदार पनि जे बोल्छ त्यो गरेरै छाड्छ । आज सुनसरी क्षेत्र नं. ३ का बासिन्दा पश्चिमतिर जानुभयो भने त्यहाँका मान्छेले तपाईहरु विजय गच्छदारको क्षेत्रका बासिन्दा हुनुहुदो रै’छ । तपाईहरु भागमानी हुनुहुन्छ भन्छन ।
उहाँले अगाडि भन्नुभयो १५ बर्ष अगाडि मैले नै भगवती चौधरीलाई समाज कल्याण मन्त्रालयमा अधिकृतको नोकरी लगाइदिए । त्यहाँ काम गर्दा उनको एनजिओ, आइएनजिओसँग सम्पर्क भयो । उनीहरुबाट पैसा लिने, राष्ट्र बैंक तथा अन्य बैंकबाट दुई प्रतिशतमा
रकम लिएर यहाँका बासिन्दालाई २५ प्रतिशत ऋणमा लगानी गरेर महिलाले महिलाकै शोषण गरिरहेकी छिन् । महिलाहरुको शोषणा गरेर अर्बाै आर्जन गर्नुको अलावा उन्ले के गरेकी छन् गच्दारको प्रश्न थियो । चुनावी अभियानमा मन्त्री गच्छदार जुन जुन ठाउँमा पुगेर कार्यक्रममा सरिक हुनुभयो त्यही त्यही ठाउँमा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहरै चलेको थियो । नव प्रवेशी सबैलाई मन्त्री गच्छदारले लोकतन्त्रको संरक्षण र विकासका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभएको थियो ।
त्र

