साताको मुखाले बोली

१. वाम गठबन्धनले दुई तिहाई मत ल्यायो भने म राजनीतिबाट सन्यास
लिन्छु ।
अर्जुननरसिंह केसी, नेपाली काँग्रेस केन्द्रीय सदस्य
२. नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिषीले सातपटक प्रधानमन्त्री हुन्छ भनेका छन् रे । अब ज्योतिषीले उनलाई घरको प्रधानमन्त्रीचाहिँ बनाइदेला तर देशको प्रधानमन्त्री अब जनताले बनाउदैनन् ।
केपी शर्मा ओली, एमाले अध्यक्ष
३ बाम गठबन्धनले जितेमा यो मुलुकमा रुन र हास्न पनि पाइदैन
शेरबहादुर देउवा–नेपाली काँग्रेस सभापति
४. अबको प्रधानमन्त्री मै हुँ, म जतिको बलियो कोही पनि छैन ।
बामदेव गौतम–नेकपा एमाले
५.ओली ज्यू नेपाली काँग्रेसमा प्रवेश गर्नुहोस् तपाईलाई प्रधानमन्त्री बनाउन म पहल गर्छु ।
शेखर कोइराला– के.स. नेपाली काँग्रेस
६. सुनसरीलाई विकासको नमूना बनाउने धोको छ ।
विजयकुमार गच्छदार–बरिष्ठ नेता ने.का.
७. मरेको बाघको जुँगा उखेल्ने धेरै भए तर म जिउँदो बाघको जुँगा उखेल्न तयार छु ।
गगन थापा–के.स. नेपाली काँग्रेस
८. प्रधानमन्त्री बन्ने सपना देखेकी छु ।
आरजु देउवा–नेपाली काँग्रेस
९. सत्तामा पुगेपछि भं्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने वाम गठबन्धन
कसरी कम्युनिष्ट ?
बाबुराम भट्टराई–अध्यक्ष नया शक्ति पार्टी

तपाईको प्रतिक्रिया