प्रतिनिभिसभा र प्रदेशसभाको निर्वाचनले दलका नेताहरुलाई यतिबेला मज्जाले गाँजेको छ । सबै पार्टीका उमेद्वार मतदाताहरुको घरदैलोमा पुगेर निर्धक्कसँग भनिरहेका छन् मैले जितेमा यो दिन्छु र त्यो दिन्छु ।
पाँच बर्षमा एकपटक आउने प्रतिनिधिसभा र प्रदेशसभाका घर दैलो गर्दै आएका उमेद्वारहरुलाई मतदाताहरु पनि धक फुकाएर माग्न पछि परेका छैनन् । अधिकांश मतदाताको माग प्रायः आफ्नो लागि नभएर समाजकै लागि हुने गरेको छ । पुल, खानेपानी, आवास क्षेत्रको समुचित व्यवस्था, सडक, स्कुल, विद्युत, स्वास्थ्य केन्द्र या अस्पताल आदि नै मतदाताको माग हुने गरेको छ ।
रजनैकि दलका उमेद्वार आफ्नो पाँचबर्षे स्थायी जागिरका लागि आपूmलाई मत माग्छन् भने मतदाता सामुहिक हितका लागि आग्रह गर्छन् । नेपालमा यो क्रम आज दशकौँ देखि चल्दै आएको छ । हामीले त्यस्त्रो बलिदान दिएर ल्याएको लोकतन्त्र आश्वासन बाँड्नु, दिनु र लिनुमै सीमित हुदै गएको त होइन ? हरेक स्थानमा यतिबेला दलका उमेद्वार र मतदाता बीचमा लेनदेनकै मात्र गफ हुने गरेको छ अर्थात मुलुक लेनदेनमय भएको छ । आश्वासन बाँड्ने, लिने दिने काममा एमाले सर्वाधिक अग्रह स्थानमा देखिएको छ । निर्वाचन घोषणा भएपछि नेकपा माओवादी केन्द्रसँग रातारात गठजोड भएपछि एमाले अहिले हौसिएको छ भने नेपाली काँग्रेस अत्याधिक अत्तालिएको छ ।
लोकतान्त्रिक पद्धतिमा भद्धा आश्वासन बाँड्नु, लिनु र दिनु राम्रो होइन । नेपालका मतदाताहरु सदैव यस्तै आश्वासन लिनु र दिनुबाट हैरान भएका छन् । युवा जमातको आक्रोस समेत राजनैतिक दलका नेताहरु तर्फ नै सोधिएको छ । जीविको पार्जनका लागि भरपर्दो
रोजगारको अवसर नपाउँदा उनीहरु एकसय डिग्री भन्दा बढी तापक्रम भएका खाडी मुलुकमा आफ्नो रगत पसिना बगाइरहेका छन् । मुलुकको अर्थतन्त्रमा सर्वाधिक टेवा पु¥याउदै आएका र उनीहरु नै हजारौको संख्यामा कफनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरिरहेका छन् । यस सम्बन्धमा दलका कुनैपनि उमेद्वारले युवाहरुलाई
रोजगारीको अवसर सिर्जना गर्ने कुरा गर्दैैनन् । उद्योग धन्दा खोलेर युवाहरुलाई स्वदेशमै रोजगार दिन्छौं भन्दैंनन् । फलानो पार्टीले जित्यो भने अधिनायकवाद आउँछ, फलानोले जित्यो भने हाँस्न र रुन पनि पाइदैन, के हामीले लोकतन्त्रको सर्टिफिकेट आइएसओ भएको सानापाको केन्द्रीय कार्यालयबाट लिनुपर्ने हो आदि दन्तबझानले मतदाता आफनो पक्षमा पार्ने खेतिमात्र भएको छ दलका उमेदवारहको निर्वाचन अभियान ।
मलुक एक्काइसौ शताब्दीको संघारमा छ । शताब्दी अनुसार गर्नुपर्ने काम मार्गचित्र कुनै दलका उमेदवारसँग छैन । केवल सत्तामा पुग्ने सिडिको रुपमा मतदातालाई छल, बल कपटले प्रभावित गर्नु नै उनीहरुको दिनचर्या बनेको छ । नत्र अबको १५ दिन पछि म नै प्रधानमन्त्री हुन्छु, अबको प्रधानमन्त्री म नै हो, अब ५० बर्ष फलानो पार्टी ैमा पुग्न सक्दैन, फलानो प्रधानमन्त्री अन्तिम हो भनेर दन्तबझान गर्नुको औतित्य किन ? मुलुकको समृद्धि, विकास, रोजगारका अवसर सिर्जना, निर्यातमुखी उद्योग धन्दाको स्थापना लगायतका कुराहरु दलका उमेद्वारका मुद्दा हने थिए । प्रधानमन्त्री बन्न र सत्तामा पुग्ने काम त विगतमा पनि भएकै हो । पञ्चायत कालको चुनावी झझल्को दिने ढंगले यतिबेला दलका उमेद्वार मतदतादाको घरदैलो गरिरहेका छन् । पञ्चायत र अहिले लोकतान्त्रिक गणतन्त्रबीचको विभेद मतदाताले कसरी खुट्याउने ? २० औं बर्षदेखि एउटै अनुहार पालोपाले सत्तामा पुग्छन् । तर नेपाली जनता सडकमा उत्रने छन् र त्यो अवस्थाको सडकको माग वर्तमान दलका नेताहरुको अनुहार विरुद्ध हुने छ व्यवस्था परिवर्तनका विरुद्ध हुनेछ । यसतर्फ दलका नेताहरुले समयमै सजगता अपननाउने हो कि ?
