सुनसरी ÷ औजार दैनिकका कार्यकारिणी एंव विजयपुर एफ.एमको समाचार शाखामा कार्यरत पत्रकार
रणध्वज लोहारलाई पितृशोक परेको छ । लोहारका पिता रामबहादुर बिश्वकर्माको ६५ बर्षको उमेरमा आफ्नै निवास धरान उप–महानगरपालिका ६ पानमारामा निधन भएको हो । लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पिडित विश्वकर्माको आईतवार विहान निधन भएको थियो । स्व.विश्वकर्माको तीन छोरा मध्ये कान्छा छोराको र श्रीमतीको पहिले नै मृत्यु भईसकेको छ । उनलाई भावपुर्ण हार्दिक श्रद्धाञ्जली दिनका लागि औजारदैनिकका अध्यक्ष मोतीराज सुनुवार, औजारदैनिकका प्रधान सम्पादक भिम राई ज्वाला, संयुक्त बामगठबन्धनका सुनसरी क्षेत्र १ न.का प्रतिनिधि सभा उम्मेद्धवार जयकुमार राई, क्षेत्र न.१ ‘क’ सुनसरीका प्रदेशसभा उम्मेद्धवार प्रदिप भण्डारी, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी, प्रेस चौतारीका केन्द्रिय महासचिव राजेश राई, नया शक्ति पार्टी सुनसरी क्षेत्र न.१ प्रतिनिधि सभाका उम्मेद्धवार दलमर्दन कामी, विजयपुर एफएमका स्टेसन म्यानेजर हिमाल
राई, नेकपा एमालेका विभिन्न तहका नेतागण, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कासहित पदाधिकारी सदस्यहरु, धरानका सबै पत्रकारहरुको उपस्थितीमा विश्वकर्माको सम्मान स्वरुप एक मिनेट मौन धारणसहित अन्त्योष्टि आईतबार नै मोरङ बुढीखोलामा भएको थियो ।

