धरान÷अबको निकास आर्थिक विकास सम्बृद्धि छ हाम्रै पालामा भन्ने नारा लिएर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट सुनसरी क्षेत्र नं. १ को समानुपातिकमा सुनिता मरिक डोम यतिबेला मतदाता समक्ष पुगिरहेकी
छन् ।
स्नातकसम्म अध्ययन गरेकी
मरिकले कम्प्युटरमा डिप्लोमा सÏटवेयर इन्जिनिरिङ्ग, जगरण मिडिया सेन्टरबाट पत्रकारिता तालिम लिई पत्रकारितामा संलग्न रहेको, मासिक पत्रिका नेपाली मञ्चको सह सम्पादक, कानुनी सहयोग तथा परामर्श केन्द्रमा महिला शसक्तीकरण तथा नेतृत्व विकास सम्बन्धी काम गरेकी मरिक दलित संघ, सस्थामा दलितको हक र अधिकारका लागि आवाज उठाउदै आएकी छन ।
धरानमा लागू औषध तथा चेलीबेटी बेचबिखन नियन्त्रण संस्था गठन गरी सचिवको जिम्मेवारी सम्हाली सकेकीले धरानमा लोक संगीत तथा लोपोन्मुख बाजागाजाको संरक्षण गर्न मैत्री संगीत प्रतिष्ठानको संस्थापक सदस्य भएर काम गरिन् । समानुपातिक उमेद्वार मरिक २०४६ सालको आन्दोलन पश्चात
राजनीतिमा सक्रिय रहँदै आएकी छन् । कलेज जीवनमा स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध भएर काम गरेकी थिइन् । २०६१ सालमा नेपाली काँग्रेसको भातृ संगठत नेपाल दलित सघको केन्द्रीय सदस्य, २०६३ सालमा नेकपा माओवादीमा आवद्ध भई दलित मुक्ति मोर्चाको नगर कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटी हुँदै केन्द्रीय कमिटी तहमा समेत पुगेकी थिइन् । वि.सं. २०६४ मा भएको पहिलो सविधानसभाको निर्वाचनमा समानुपातिकमा सिफारिस भएपनि
राजनैतिक पूर्वाग्रह तथा दलित समुदायको भनी पछि नेतृत्वले उमेद्वारी रद्ध गरेको थियो । नेपालको संविधान २०७२ जारी हुनु अघि संयुक्त दलित अधिकार मञ्चमा आवद्ध भई दलित आन्दोलनमा सहभागी भएकी मरिक नयाँ शक्ति पार्टी नेपालमा शुरुवाती अवस्थाबाट संस्थापक सदस्य
रहेकी छन् । आफ्नो उमेद्वारी सम्पूर्ण दलित समुदायको सिंगो प्रतिनिधित्व हो भन्ने मरिक राज्यबाट विभेदमा पारिएका महिला, दलित, मुस्लिम, मधेशी, पिछडा वर्गका लागि आफू सदैव काम गर्ने अठोट गर्छिन् । मेरो उमेदवारी यिनै समुदायलाइ केन्द्रित रहन्छ उनले भनिन् ।
समानुपातिक तर्फकी उमेद्वार
मरिक भन्छिन् यो निर्वाचन कुनै
परम्परागत र सामान्य निर्वाचनको निरन्तता नभएर देशलाई लोकतान्त्रिककरणको युगबाट समृद्धिकरणको युगमा प्रवेश गराउने एउटा विशिष्ट माध्यम हो । उनी भन्छिन् यो निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिहरुको विजयको लागि आ–आफ्नो ठाउँबाट अधिकत्तम र
सकारात्मक भूमिका खेल्नु पर्ने मरिकको ठहर छ । उनी भन्छिन् नेपाल यो अवस्थासम्म आइपुग्न हजारौ बीर सहीदहरुको बलिदानलाई विर्सनु हुँदैन । उनले आÏनो पार्टीको इन्द्रेणी राष्ट्रवादको परिकल्पनालार्इ सकार गर्न दश बुँदे प्रतिबद्धता समेत जाहेर गरेकी छन् । जसमा प्रदेश नं. १ को राजधानी
धरानमा राख्न पहल गर्ने, धरान १ स्थित पुरानो अस्पताललाई आधुनिक ट्रम्प सेन्टर र धरान सिटी हस्पिटलको रुपमा स्थापनाको पहल गर्ने,
सुनसरी क्षेत्र नं. १ मा छुवाछुतमुक्त र दुव्र्यसनमुक्त सहरका रुपमा घोषणा गर्ने पहल गर्ने, पिछडिएका दलितभित्रको पनि दलित राई मुलका डोम, चमार, मुसहर जातिको आर्थिक, शैक्षिक तथा सामाजिक स्थिति सुधार्नको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने, बालविवाह जस्तो कुप्रथाको अन्तको पहल गर्ने, व्यवस्थापिका संसदका लागि पूर्ण रुपले समानुपातिक निर्वाचन प्रणाली र कार्यपालिकाको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा दृढतापूर्वक लाग्ने, महिलाहको सर्बै क्षेत्रमा समानन्तर र राज्यको सबै अंगहरुमा समावेशी समानुपतिक प्रतिनिधित्वको हकलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याउन पहल गर्ने बताएकी छन् ।
यसैगरी प्रत्यासी मरिकले नेपालको संविधान संसोधन गरी नागरिकता सम्बन्धी प्रावधानमा भएको महिला विभेदको अन्त्य गर्ने, पुरष सरह महिलाको नाम र वंशबाट सन्तानले नागरिकता पाउने व्यवस्था गर्ने, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पहिचानको अधारमा नागरिकता दिलाउन साथै उनीहरुलाई शिक्षा, स्वास्थ्यमा विशेष प्रोत्साहन र विवाहको अनुमति दिने कानुनी व्यवस्थाको पहल गर्ने, विश्वमा देखा परेको जलवायु
परिवर्तनको असरलाई कम गर्न आफनो प्रदेशमा व्यापक रुपमा वृक्षरोपण, सोलार, गोवरग्याँस जस्ता वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने, सुकुम्बासी भूमिहीन अव्यवस्थित रुपमा बसोबास गरिरहेकाहरुलाई यथास्थानमा एकीकृत नमूना बस्तीको रुपमा विकास गरी अधिकार सम्पन्न बनाउने प्रतिबद्धता मरिकले गरेकी छन् ।
